जिन्स आकर्षण बढ्दै छ


-सङ्गीता घिमिरे
युवा फेसनको सूचक हो- जिन्स । पाइन्ट, सर्ट र ज्याकेट मात्र होइन, जुत्ता र बेल्टमा पनि जिन्सले ँथान पाइसकेको छ । युवा वर्गले निकै रुचाएको जिन्सका जनक हुन्- लेभी ँट्रस । उनी जर्मनीमा जन्मे र आफ्नो उमेरको १८ वर्ष त्यहीा बिताए । यसक्रममा उनले सिलाइको काम सिके । त्यसपछि उनलाई उनका भाइहरूले अमेरिका बोलाए । लेभीका भाइ जोन र लुई अमेरिकामा किराना सामान बेच्ने काम गर्थे । उनीहरू जे ँट्रस ब्रदर्स एन्ड कम्पनीको नामबाट जमिरहेका थिए । जब लेभी अमेरिका पुगे, त्यसपछि भाइहरूले नयाा योजना बनाए सानप|mान्सिँकोमा अर्को एउटा ँटोर खोल्ने । त्यतिबेला सानप|mान्सिँकोमा आवादी बढ्दै गरेको थियो । त्यस नयाा ँटोरको जिम्मेवारी लेभीलाई मिल्यो । लेभी अमेरिकाको नागरिक भएर सानप|mान्सिँकोमा काम सुरु गर्न थाले ।
सानप|mान्सिँकोमा काम सुरु गरेको केही समयपछि लेभीको भेट ज्याकोब डेभिस नाम गरेको एउटा सूचीकारसाग भयो । ज्याकोब लेभीको पसलबाट धागो किन्थ्यो । जसको कारण उनीहरूबीच नियमित कुराकानी भइरहेको हुन्थ्यो । ज्याकोबले नै सबैभन्दा पहिलो पाइन्टमा धातुको हुक लगाउने तरिका पत्ता लगाएको थियो । उसलाई लागेको थियो कि पाइन्टको पकड हुकले बलियो बनाउाछ । लेभी र ज्याकोबले पाइन्ट अड्काउने यो तरिकाको पेटेन्ट लिनुपर्ने ठाने । त्यससागै उनीहरूले मिलेर काम गर्न थाले । दुवैले मिलेर सन् १८७३ मे २० मा हुकले अड्काउने तरिकाको पेटेन्ट लिए । त्यसपछि सुरु भयो लेभिज जिन्स नामबाट जिन्सका पाइन्ट बनाउने काम । सुरुमा खैरो र निलो दुईखालका जिन्सलाई उनीहरूले बजारमा निकाले । खैरो त्यति सफल हुन सकेन, तर निलो जिन्सले बजारमा ठूलो हलचल ल्यायो पहिरनको मामलामा ।

पहिले-पहिले जिन्स पाइन्ट कम्मरअनुसार फरक-फरक हुन्थेन । त्यतिबेलाका पाइन्टमा कम्मरअनुसार पाइन्टलाई एड्जँट गर्ने सुविधा राखिएको थियो । धेरै पछि मात्र फरक-फरक कम्मर साइजमा जिन्सको पाइन्ट आउन थालेको हो । आइरन लगाइरहन नपर्ने धेरै समयसम्म लगाउन सकिने भएकाले किफायती मानिएको जिन्स रफ एन्ड टफ भएका कारण युवाबीच लोकपि्रय बन्यो । अमेरिकामा फिल्म ँटार र रक ँटारले जिन्स लगाउन थालेपछि लिभाइजको जिन्सले ठूलो लोकपि्रयता पायो । आज जुनसुकैखालको जिन्स पाइन्टको पछाडि पकेटमा डबल सिलाइ हुन्छ, जुन लेभीको टे्रडमार्क थियो । लेभीको जिन्सले आज पनि जमाना फेसनमा डुबेको छ ।