प्रकृतिसँग पराजित भएको दिन

-मञ्जु निरौला
मान्छेले विज्ञानमा जतिसुकै प्रगति गरे पनि, प्रकृतिसँग चुनौती गरे तापनि, प्राकृतिक प्रकोपसँग कहिले प्रतिस्पर्धा गर्न सकिन्न । प्राकृतिक प्रकोप संयोग मात्र नभई मान्छेको नियन्त्रणबाहिरको कुरो हो । जापानमा गएको शक्तिशाली भूकम्प सुनामीले अवश्य पनि मान्छेलाई चुनौती दिएको सङ्केत हो । वैज्ञानिक यन्त्रले जतिसुकै सङ्केत दिए तापनि मौसम वैज्ञानिकले ठोकुवा गरे तापनि प्रकृति विनाश आएरै छाड्छ, तहस-नहस पारी मान्छेको दैनिक जीवनलाई अलपत्र पारी दैनिक लीला मच्चाइछाड्छ ।
अमेरिकामा पनि २०११ मा विभिन्न दैवीप्रकोपका घटना भए । भनिन्छ, 'अमेरिकाको मौसमलाई विश्वासै गर्नै सकिन्न ।' जाडोमा हिमपातले गर्दा लाखौँको जनधन क्षति गराई मान्छेको जिन्दगी लथालिङ्ग पारिदिन्छ । गर्मीमा हुन्डरी 'टि्वस्टर' आएर घरको जगै बेपत्ता पारी गाउँघर-सहर नै सखाप पारिदिन्छ । कहिले बाँध फुटेर, बाढी आएर 'कटि्रना' नामक आँधी तुफानले लुजियाना राज्यलाई तहस-नहस पारिदिएको घटना छ । यो वर्ष अचम्मले अगस्टको २३ तारिख भुइँचालो आई न्युयोर्क, डिसी, बोस्टनवासी त्रस्त बने । केही विनाशकारी घटना हुन पाएन, तर अति नै संवेदनशील समाज भएको अमेरिकामा सञ्चार जगत्ले एक हप्तासम्म भुइँचालोको खबर प्रवाह गरिनै रहे । भूकम्पको खबर सेलाउन नपाउँदै अगस्टको २७ तारिख 'टोर्नेडो' अर्थात् आइरिन सामुदि्रक आँधी तुफान आउँदै छ भनी अमेरिकी सञ्चारमाध्यमले नागरिकलाई सचेत गराउन थाले । जतिसक्दो सरकारले जनताको सुरक्षालाई ध्यानमा राखी सामुदि्रक सहरबाट बसाइँ सार्ने जमर्को गर्छन् । नर्थ क्यारोलिनामा तहस-नहस पार्ने सङ्केत पाएपछि नगरवासी सहर छाड्दै जान थाले । डिसी क्षेत्रवरिपरि हामीले पनि सूचना पाउनेबित्तिकै खानेपानी, मैनबत्ती, खानापिनाको व्यवस्था गर्न थाल्यौँ । नभन्दै बत्ती पनि गयो । फोन र चुलो बाल्न नपाइने भयो । बजारबाट दूध र पाउरोटी त ल्याइयो, तर पि|mज नहुँदा खाना सुरक्षित राख्न कठिन । ठाउँ-ठाउँका वृद्ध-वृद्धा, बिरामीलाई अस्पतालबाट सार्न लागेको समाचार सुनियो । प्राकृतिक प्रकोपसँग जुध्ने क्षमता भए तापनि लाचार भएर अमेरिकामा रहेका मान्छे आˆनो बचावटको सुरक्षा गर्दै रहे ।

न्युयोर्कको म्यानहाटन जलाशय बन्छ भनी शनिबार अगस्ट २७ तारिख सम्पूर्ण रेलको सवारी बन्द गर्ने घोषणा गरियो । बिजुलीबत्ती नआउन सक्छ, अतयव अग्ला-अग्ला भवनबाट लिˆट नचल्न सक्छ भन्ने सूचना दिइयो । एकप्रकारले जनघनत्व बाक्लो भएको न्युयोर्कवासीको जनजीवन नै प्राकृतिक प्रकोपले ठप्पै भएको थियो । चार-पाँच वर्षअघि 'कटि्रना' आउँदा तुरुन्तै उद्धार गरिएन भनी अपि|mकन-अमेरिकन भएको नाताले हामीलाई भेदभाव गरियो भनी राष्ट्रपति बुसको उछित्तो काढियो । हामीले पसिनाको कमाइ कर बुझाएका छौँ । हाम्रो सुरक्षा, हेरचाह सरकारले गर्न सकेन भनी यहाँका दिग्गजहरू गुनासो पोख्छन् । चर्चा-परिचर्चामा यहाँका राष्ट्रपतिले जनताबाट कटु वचन सुन्नुपर्छ ।
आफू त परियो कान्तिपुरी मनुवा, देशले अन्धकारमा जीवन बिताउने अनुभव भोगेकै हो । टुकी, मैनबत्ती बाल्ने, दाउरामा भात पकाउने चलन भोगेकै हुनाले यहाँको दुःख-कस्टले केही लछारपाटो नलाग्ने भएको छ । दुःखमा खारिएको प्राणी भइएको छ ।
फोनमा कुरो गरौंँ, फोनमा चार्ज छैन । टीभी हेर्न बत्ती छैन । खाना पकाउँ ग्यास छैन । अचम्मको अनुभव बटुलियो । चाहे जस्तोसुकै टीका-टिप्पणी गरोस् अमेरिकाको नीतिलाई, तर यो देशमा रहेका नागरिकलाई आपतबिपत्मा कुनै भेदभाव नगरी सुरक्षाको मोर्चा कस्ने यहाँको प्रावधानलाई प्रशासनलाई नतमस्तक भई अभिवादन गर्न मन लाग्छ । जस्तोसुकै प्राकृतिक प्रकोपमा पनि लत्ताकपडा, गाँस-बासको व्यवस्था सरकारले पुर्‍याइदिएको घटना हेर्दै गयौँ । अन्धकारमा बस्नै परे तापनि अमेरिकी सरकारको फराकिलो विचारधारालाई प्रशंसात्मक शब्दले साधुवाद दिँदै गयौँ ।
अमेरिकाको मौसम पनि विचित्रको छ । हिमपातले गर्दा दैनिक जीवन नै कठिन बन्न पुग्छ । स्कुल, अफिस र पुस्तकालय बन्दा बन्दीको मारमा पर्छ । गाडी अत्यधिक हिउँको कारणले पार्किङ लटबाट निकाल्न मुस्लिक । गर्मीमा 'ट्वीटर' आँधीको भुमरीले गाउँ-सहर नै ध्वस्त पारिदिन्छ । यो वर्ष आएको आइरिन आँधी तुफानले नर्थ क्यारोलिना, वासिङ्टन डीसी न्युयोर्कलाई छुँदै गए तापनि रोड आइल्यान्ड, मामेटमा कनेक्रीकृयामा ठूलो तहस-नहस गरिछाड्यो । संवेदनशील यहाँका नागरिकले सरकारले गर्ने उद्धार सुरक्षामा केही कमी भयो कि गुनासो पोख्न थालिहाल्छन् । सरकारले आˆनो नागरिकको सुरक्षाका लागि रातो-दिन सतर्क गराए तापनि प्रकृति न हो, विनाशको लीला देखाइछाड्छ । त्यहाँ कुनै शक्ति र विज्ञानको चमत्कार काम लाग्दैन । सामुदि्रक आँँधी आउनेछ भने गाउँ-सहर नै खाली गर्ने आदेश दिन्छन् । प्राकृतिक प्रकोपबाट बचाउन सरकार, प्रशासन, सञ्चार जगत्, चर्चका मान्छे, स्वयम्सेवक, आगो निभाउन बसेका कर्मचारी, अस्पताल र एम्बुलेन्स सदैव नागरिकको सुरक्षामा चिन्तित बनेको अनुभव गरेकी छु । लाग्छ- अमेरिकी जनता भाग्यमानी छन्, जसको उत्तरदायित्व सरकारले सकेसम्म वहन गर्न कोसिस गर्छ ।
गोरखापत्र