जादूको खेलौना

                                            -यज्ञश
सन् १९६१ मा मुम्बई आइपुग्दा जालन्धरको बीसवर्षे ठिटोको सपना 'मायानगरी' जत्तिकै चम्किलो थियो । तर, चार वर्षको संघर्षले पगडी धारण गरेको यो दाह्रीवाला ठिटोका सपनामा टन्नै धूलो जम्मा गरिदियो । सपनाको सहरमा केही अचम्मका मानिस र तिनका व्यवहार देखेपछि उदेक मान्दै एक दिन ठिटो सुटुक्क जालन्धर फर्कियो । फर्किने बेला न गोजीमा पैसा थियो, न हातमा टिकट । आपmनै सहरको स्टेसन पुग्ने रेल भने पटरीमा तैनाथ थियो । आफूसँग थियो त केवल बिस्तारै निभ्छ कि जस्तो भएको आपmनै सपनाको दियो । केटाले रेलको शौचालयमा बसेर यात्रा पूरा गर्‍यो । जीवनले कसैकसैलाई दोस्रो मौका पनि दिन्छ । यो केटो पनि चार वर्षपछि फेरि मुम्बई फर्कियो । यसपटक दाह्री कपाल र पगडीबिना, सफाचट ।

त्यसको ५६ वर्षपछि ब्रेन ह्यामरेजले निधन हुँदा यही केटाको परिचय फरक बनेको थियो, 'गजल सम्राट् जगजित सिंह ।' सोमबार ७० वर्षको उमेरमा मृत्युलाई पनि एउटा संगीतको नोटलाई जसरी शान्त भएर ग्रहण गर्दा जगजित सिंह धेरै दिनदेखि अस्पतालमा थिए । पहिलोपटक गजलमा १२ तारको गिटारको धुन प्रयोग गरेका जगजितको जीवनको तार चुडिँदा यसको आवाजले संसारभरका उनका प्रशंसकलाई दुःखी बनाएको छ, उनका गम्भीर र मोटो आवाजका गजलले जस्तै ।


शास्त्रीय शैलीका गजल र गायकीको दबदबा भएको समयमा गायनमा उत्रेका जगजित तलत मेहमुद, मेहदी हसन, मोहम्मद रफी र किशोर कुमारका प्रशंसक थिए । गजललाई सामान्यजनमा लोकपि्रय बनाउन उनले ठूलो योगदान गरेका थिए । नबुझिने भारीभरकम शब्दका सट्टा सामान्य शब्द र सजिलो लयमा गाएर यिनले 'अर्थ', 'साथ साथ', 'प्रेम गीत', 'दुश्मन', 'सरफरोश' जस्ता फिल्मका माध्यमले ठूलो पर्दालाई पनि आपmनो आवाजले पगालिदिए । जगजितको मृत्युपछि 'अर्थ'का निर्देशक महेश भट्टले भने, 'जगजितको आवाज नभएको भए 'अर्थ' त्यति राम्रो बन्ने थिएन ।' उनले आपmनो स्वरमा अन्तिम गीत 'बन्दुक' नामक फिल्मका लागि रकेर्ड गराएका छन् ।


सेप्टेम्बर २३ तारिखका दिन उनले मुम्बईमा एउटा ठूलो कन्सर्ट गर्दै थिए । गजल गायकीमा आपmनो अलगै पहिचान बनाएका पाकिस्तानी गायक गुलाम अलीसँग उनको जुगलबन्दी हुँदै थियो । र, त्यही दिन उनी बिरामी भएर अस्पताल भर्ना गरिए । केही दिनअघि दिल्लीमा यी दुई दिग्गजले यस्तै कार्यक्रम गरेका थिए । केही वर्षअघि आलोकश्रीको संगीतमा उनले नेपाली गजलको एउटा एल्बम पनि निकालेका थिए ।


ितेज गतिमा बग्ने हावा जब ठूलो रूखका टोड्कामा ठोक्कियो, त्यसबाट निस्किएको आवाजलाई मानिसहरू संसारको पहिलो संगीत मान्छन् । तर, मानिसको गलाबाट निस्कने आवाजको मीठासको रहस्य भने अहिलेसम्म खुलेको छैन । जगजितका प्रशंसक भन्छन्, उनको आवाज त्यस्तै रहस्यमयी थियो । 'होठों से छु लो तुम', 'तुम इतना जो मुस्कुरा रहे हो', 'कागजकी कस्ती', 'तुमको देखा तो ए खयाल आया', 'जादूका खिलौना', 'होसवालों को खबर क्या' करिब असी एल्बममा उनले यस्ता सयौं गीत गाए ।


जगजित र चित्राको स्वरमा 'हम तो हैं परदेश मे' सुन्दा लाग्थ्यो, मानौं छतमाथिको चन्द्रमा साँच्चिकै एक्लो छ । र, उदास चन्द्रमाको आँसु शीत बनेर एकैछिनमा धर्तीमा तप्किने छ !


'पायोनियर' पत्रिकालाई केही वर्ष पहिले दिएको अन्तर्वार्तामा उनले भनेका थिए, '१९६८ मा विविध भारती व्यवसायिक हुनु मेरो करिअरको सबभन्दा ठूलो मोड थियो ।' यो किनभने, रेडियोले विज्ञापन बजाउन थालेपछि जगजितले त्यसका लागि थुप्रै साबुन र अरु उत्पादनका विज्ञापन जिंगल बनाए । 'यो कामबाट मैले पहिलोपटक पैसा कमाएँ,' उनले भनेका थिए ।


जगजितको जीवनसँग नछुटीकन आउने एउटा नाम छ, चित्रा सिंह । सन् १९७० मा जगजितसँग विवाह गर्नुअघि चित्राको थर दत्ता थियो र उनको केहीअघि पतिसँग सम्बन्ध विच्छेद भएको थियो । त्यसको पाँच वर्षपछि जगजित चित्राको यो जोडीले आपmनो पहिलो गजल एल्बम 'द अनर्फगटेवल' निकाल्यो । यो एल्बम कति हिट भयो भन्ने कुरा निकै पुरानो भइसक्यो । एल्बमको कभरमा जगजित र चित्रा सँगै बसेको फोटो थियो । यो फोटो चित्राका पहिलो पतिले खिचेका थिए । जगजित र चित्राको पहिलो भेट पनि यिनै देवोप्रसाद दत्ताले गराइदिएका थिए ।


चर्को गर्मीको मध्याह्नमा हल्का पानी बोकेको हावा चलेजस्तो मधुरो आवाज भएका जगजित-चित्राको जीवनमा भने सधैं यस्तो हावा चलेन । सन् १९९० मा मुम्बईमा भएको सडक दुर्घटनामा दिवंगत हुँदा यो जोडीको एक मात्र सन्तान विवेकको उमेर १८ वर्ष थियो । छोराको मृत्युपछि चित्राले गाउन छोडिन् । तर, जगजित गायनमा फेरि फर्के । त्यसपछि चित्रा केवल जगजितको रेकर्डिङ सुन्नका लागि मात्र स्टुडियोमा जाने गरिन् । अब सायद, यी गायिकाको स्टुडियोसम्म जाने पुल पनि भत्कियो ।


जगजित बेलाबेला आपmना टिप्पणीका कारण पनि चर्चामा रहन्थे । उनी थुप्रै पाकिस्तानी गायकहरूलाई मन पराउँदैनथे । अदनान सामीजस्ता पछिल्लो छिमलका गायकलाई उनी गायक नै मान्दैनथे । 'अदनान त गायक नै होइन, ऊ हिरो बन्न भारत आएको थियो, गल्तीले गायक बन्यो, यस्तालाई पाकिस्तान फिर्ता पठाइदिनुपर्छ,' उनले भनेका थिए ।


तर, यिनै जगजित कुनै दिन एक पाकिस्तानी गायकलाई सहयोग गर्न पाकिस्तानसम्म पुगेका थिए । ती गायक थिए, मेहदी हसन । 'मैले पाकिस्तानी मेहदी हसन होइन, कलाकार मेहदी हसनलाई सहयोग गरेको हुँ,' उनी सामान्य लाग्ने उत्तर दिन्थे तर आपmनो आवाजजस्तै स्पष्ट ।


िधर्मले शिख र मूलले पन्जाबी भए पनि जगजित राजस्थानमा जन्मेका थिए । तीन वर्षको उमेरमा पहिलोपटक स्टेजमा उनले गाए । आपmनो आवाजकै कारण उनले पढेको जालन्धरको कलेजले उनको फिस मिनाहा गरिदिएको थियो ।


एउटा अन्तर्वार्तामा उनले भनेका थिए, 'गायक नभएको भए म धोबी बन्थें होला । किनभने मलाई आइरन -इस्त्री) खुब मनपर्छ । मेरो एउटा पmयाक्ट्री पनि छ, जसले यस्ता मेसिन बनाउँछ ।' यसका अलावा उनको अर्को पनि गजबको सोख थियो, घोडादौडमा बाजी लगाउने । उनले केही घोडा पनि पालेका थिए । तीव्र गतिमा दौडिने घोडामाथि बाजी लगाउने जगजित आपै+mले भने जहिले पनि सुस्त गतिका गीत गाए । मिर्जा गालिबदेखि गुलजार र जावेद अख्तरजस्ता कविका शब्द गाए । गायकीको रेसमा उनी सधैं अगाडि रहे । जीवनको रेसमा भने उनले यसपटक बाजी हारे ।


उनैले गाएको गजलजस्तो 'दुनिया एउटा जादूको खेलौना' होला, जो पाए माटो र हराए सुनै होला । तर, पानीबाट निस्केर आकाशमा फैलने बाफजस्तै उनको स्वर रेकर्ड र सिडीबाट निस्केर संसारभर फैलिइरहनेछ । र, आउने थुप्रै वर्षहरूसम्म आहत- व्यग्र हृदयहरूका साथी बनिरहनेछ । त्यस्तो आवाज, जो उनी हुँदा पनि मीठो थियो, नहुँदा पनि मीठै रहनेछ ।