कहिल्यै नहार्ने कलमका योद्धा - रमेश विकल रोदन

"म लेख्दा लेख्दै मर्छु, मैले लेख्न छोडेको दिन मेरो मृत्यु हुन्छ" भने जस्तै नेपाली साहित्यका विशिष्ट स्रष्टा रमेश विकल जीवनको अन्तिम अवस्थासम्म पनि सिर्जनारत नै थिए ।
वि.सं. १९८५ कात्तिक २९ गते भाइटीकाको दिन काठमाडौँको आरुवारीमा जन्मेका रमेश विकल नेपाली साहित्यका यशस्वी साधक हुन् । जमिन्दार ब्राहृमण परिवारमा जन्मे हुर्केका भए पनि वर्गीय दृष्टि र वर्गीय पक्षधरताको कारण विकल प्रगतिवादी धाराको नेतृत्व गर्ने प्रगतिशील साहित्यकार बने ।
प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मासँगको सम्पर्कपछि विकल प्रगतिशील विचारतर्फ आकषिर्त भएर साहित्य र राजनीतितिर लागेका थिए । पछि गोविन्दप्रसाद लोहनीबाट माक्र्सवादी शिक्षा पाएपछि विकल वामपन्थी विचारका पक्षपाती भएका थिए । उनले साहित्यकार आनन्ददेव भट्टबाट वि.सं. २०११ मा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।
वि.सं. २००५।०६ तिर श्यामप्रसादको नेतृत्वमा प्रकाशित हस्तलिखित पत्रिका 'सन्देश' को पहिलो अङ्क -२००५) मा नै रमेश विकलको पहिलो कविता प्रकाशित भएको थियो । उनको सार्वजनिक साहित्यिक यात्रा भने वि.सं. २००६ 'शारदा' पत्रिकामा 'गरिब' कथा प्रकाशित भएपछि भएको थियो । यो कथा पनि श्यामप्रसादले नै गोविन्द गोठालेसँग चिनजान गराएपछि छापिएको थियो ।
नेपाली साहित्यिक भण्डारमा कथा, उपन्यास, नाटक, यात्रा, आत्मसंस्मरण, व्यङ्ग्य र बालसाहित्यका ५५ वटा पुस्तक प्रकाशित गरेर रमेश विकलले महìवपूर्ण योगदान पुर्‍याएका छन् । उनका कथासङ््ग्रह - ७, उपन्यास-४, नाटक एकाङ्की-४, यात्रासाहित्य-३, आत्मसंस्मरण-२, व्यङ्ग्य-१, बालसाहित्य-२७ र अनुवादका ७ कृतिहरू प्रकाशित छन् ।
वरिष्ठ आख्यानकार रमेश विकलको न्वारनको नाम इन्दुशेखर हो । गाउँघरमा उनलाई रामबाबु भनेर बोलाउँथे । प्रमाणपत्रको नाम भने रामेश्वर शर्मा चालिसे हो । चित्रकला बनाउँदा उनी रवि चालिसे लेख्थे भने इन्दुशेखरको नामबाट केही कविता लेखेका थिए । नेपाली साहित्यमा रमेश विकलका नामले सुप्रसिद्ध भए । उनी साहित्यका अतिरिक्त चित्रकला र सङ्गीतका पनि ज्ञाता थिए । विकलका बुबा चन्द्रशेखर उपाध्याय हार्मोनियम र तबला बजाएर भजन गाउँथे । यही प्रभावबाट विकलले हार्मोनियम, तबला, भ्वाइलिन र बाँसुरी बजाउन सिके तर रेडियो नेपालको स्वर परीक्षामा असफल भएपछि यो क्षेत्रबाट टाढिए । चित्रकलाको आधारभूत शिक्षा भने चन्द्रमानसिंह मास्के र आनन्दमुनि शाक्यबाट लिएका थिए ।

६ दशकको साहित्य साधनामा ५५ कृतिहरू मार्फत् नेपाली साहित्यको विकासमा उल्लेखनीय योगदान पुर्‍याए वापत रमेश विकल दुई दर्जन भन्दा बढी संस्थाहरूबाट अभिनन्दित र एक दर्जन पुरस्कारहरूबाट सम्मानित भएका छन् । उनको जीवनको पहिलो पुरस्कार मदन पुरस्कार नै थियो । उनको दोस्रो कथासङ्ग्रह 'नयाँ सडकको गीत' -२०१९) बाट वि.सं. २०१८ को मदन पुरस्कार पाएका थिए । उनले यो पुरस्कार पुस्तक प्रकाशन पूर्व पाण्डुलिपिबाट नै पाएका थिए ।
रमेश विकलको विवाह १२ वर्षको उमेरमा सात वर्षकी सुशीलासँग भएको थियो । उनीहरूका दस सन्तान भएको भए पनि तीन छोरी र एक छोराको मृत्यु भएको थियो । हाल दुई जना छोरा र चार जना छोरीहरू रहेका छन् ।
विकल वि.सं. २०५१ देखि २०५६ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्को सदस्य भएका थिए । उनको निजामती सेवा भने वि.सं. २००५ मा भन्सारको नौसिन्दाबाट सुरू भएको थियो । वि.सं. २००६ मा पक्राउ परे र जागिर गयो । त्यसपछि उनी विभिन्न विद्यालयहरूमा अध्यापनतर्फ लागे । वि.सं. २०१८ मा प्रचार विभाग -हाल सूचना विभाग) मा सहायक सम्पादक बने । वि.सं. २०२० मा नेपाल लेखक सङ्घको कार्यालय सचिव भए । वि.सं. २०२१ मा शिक्षा सामग्री केन्द्र -हालको जनक शिक्षा सामग्री केन्द्र) मा अधिकृत स्तरको जागिरे भए । वि.सं. २०३४ देखि २०३६ सम्म परीक्षा नियन्त्रण कार्यालय, वि.सं. २०४५ मा प्राथमिक शिक्षा परियोजनामा सम्पादक बने । वि.सं. २०४६ देखि वि.सं. २०५१ सम्म त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागमा प्राध्यापन गरेका थिए ।
मोहनशमशेर प्रधानमन्त्री भएको खुसीयालीमा निकालिएको सिन्दुर जात्रा हेर्न जाँदा इन्द्रचोकमा भएको भीडन्तमा पक्राउ परे र दस दिन हनुमान ढोकामा थुनिए । श्यामप्रसादकै नेतृत्वमा खोलिएको 'पाँच भाइ' गोप्य सङ्गठनमध्ये एक भाइ बनेका विकल सुरक्षा कानुन अन्तर्गत केही दिन जेल परे । वि.सं. २००९ मा न्यून वैतनिक कर्मचारी आन्दोलनको जुलुसमा सहभागी हुँदा न्युरोडबाट पक्राउ परी भद्रगोल जेलमा परेका थिए । वि.सं. २०११ मा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला नेपाल कम्युनिस्ट पार्टीले गरेको आन्दोलनमा सहभागी हुँदा उनी पक्राउ परेर नख्खु जेल परेका थिए । त्यही जेलमा रूपचन्द्र विष्ट प्रधानमन्त्रीका छोरा कमल कोइराला र गृहमन्त्री डिल्लीरमण रेग्मीका छोरा मदन रेग्मीको कारण विकल पनि छुटेका थिए । यसरी पटकपटकको आन्दोलनमा पक्राउ परेका विकल साहित्यिक सिर्जनामा जत्तिकै व्यवहारमा पनि विद्रोही थिए । उनले परम्परागत रुढी संस्कारलाई तोड्न आˆनो घरको कट्टर सनातनी ब्राहृमण परिवारको चलनलाई भत्काउन इतरजातको मानिसलाई चुलोमा लगेर सँगै खाना खाएका थिए ।
रमेश विकल जीवित हुँदा नै रमेश विकल साहित्य प्रतिष्ठानको गठन भएको थियो । वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको अध्यक्षतामा गठन भएको प्रतिष्ठानका लागि विकलले आˆनो पाँच आना जग्गामा बनेको दुई तल्ले पुख्र्यौंली घर र आˆनो सम्पूर्ण कृतिको लेखकस्व हस्तान्तरण गरेका थिए । यो उनको उदारता र उदाहरणीय कार्यको एउटा नमुना थियो । हाल सो प्रतिष्ठानबाट रमेश विकल वाङ्मय पुरस्कार र सुशीला-रमेश विकल समाज सेवा पुरस्कार प्रदान हुँदै आएको छ ।
न्याय, समानता र प्रजातन्त्रका लागि साहित्यको माध्यमबाट जीवनको अन्तिम अवस्थासम्म सक्रिय रमेश विकल कहिले नहार्ने कलमका योद्धा हुन् । उनको मृत्यु वि.सं. २०६५ पुस २ गते ८१ वर्षको उमेरमा भएको थियो ।
युवा मंच