नातामा भावनाको कदर

-दीपकलाल श्रेष्
सुन्दर घर, सुखसुविधाका सबै साधन, सम्पन्न र शिक्षित परविार तथा राम्रो आम्दानी हुँदाहुँदै पनि कतिपय पारविारकि नाताबीच कुनै मिठास हुँदैन । धेरैले एउटै छानामुनि सँगै बसेर पनि नितान्त एक्लो महसुस गर्नुपर्छ । आज धेरै परविारभित्र सुख, शान्ति तथा सद्भाव छैन । श्रीमान्-श्रीमतीको नातामा खिचातानी, तनाव, कटुता विभिन्न कारणले उत्पन्न हुनसक्छ । धेरै कारणमध्ये एउटा हो, एक-अर्कासँग रसिाउने  प्रवृत्ति र रसिाउँदा बोलचाल बन्द हुने स्थिति । यो सत्य हो कि दुईवटा भाँडा एकसाथ राख्दा आवाज उत्पन्न हुन्छ । यदि आवाज उत्पन्न नहुने हो भने दुवैलाई छुट्टाछुट्टै राख्नुपर्छ । सानोतिनो झैझगडा त हरेक श्रीमान्-श्रीमतीबीच भैरहन्छ । एक अर्कासँग नबोल्ने स्थिति उत्पन्न भए दुवैको मनमा चिन्ता हुन्छ र समस्या जहाँको तहीँ रहन्छ ।

यस्तो स्थितिमा संवादको अभावले तनावलाई अझ बढाउँछ । मानवीय नातामा संवादहीनताको प्रमुख कारण आपसी समझदारीको कमी, सहनशीलताको अभाव, घमण्ड, एक-अर्काको भावनालाई कदर नगर्नु आदि हुन् । कुनै पनि नाता चाहे त्यो साथीको होस् वा श्रीमान्-श्रीमतीको, सासू-बुहारीको होस् वा आमा र छोराछोरीबीचको होस्, बिनासंवाद चल्न कठिन छ । नातालाई कायम गर्न कुनै एक पक्षले केही कष्ट सहनुपर्छ । त्यसैले यस्तो स्थिति आउन नदिन एक-अर्काका गल्तीहरूलाई नजरअन्दाज गरेर संवादलाई अघि बढाउनुपर्छ ।



आजका नारीहरू शिक्षित, आत्मनिर्भर, स्वतन्त्र, जागरुक तथा स्वाभिमानी छन् तर यी गुणले नारीमा स्वार्थी, आत्मकेन्दि्रत तथा आफ्नै भावनालाई मात्रै महत्त्व दिने नारी बनाइरहेको छ । फलस्वरूप आजका कामकाजी महिलाहरू बढी अवसरवादी र स्वार्थपरक हुँदै गएका छन् । 

अहिले मिडिया एक्सपोजरका साथै महिलाहरूको मानसिकतामा पनि धेरै परविर्तन आइसकेको छ । उनीहरू अब खुला वातावरण र घरबाहिर अन्य मानिसहरूबीच उठबस गर्न मन पराउँछन् । यद्यपि महानगरीय सभ्यतामा महिलाहरू के बिर्सन्छन् भने पुरुषहरूलाई यो सुविधा पहिलेदेखि नै प्राप्त हुँदै आएको छ । उनीहरूको मनमा 'म पनि केही हुँ' वा म पनि अरूभन्दा कम छैन भन्ने भावना बढिरहेको देखिन्छ । 

महिलाहरू यहाँसम्म आइपुग्नुमा उनीहरूको संघर्ष पनि एउटा मुख्य कारण हो । यद्यपि  उनीहरूले घरभित्रको परविेशलाई भने घरबाहिर हुँदा पनि सम्झनुपर्छ । परविारमा उनीहरू आमा, बुहारी, श्रीमती एवं छोरी हुन् । यी सबै नाता भिन्दाभिन्दै हुन् । जुन हरेक महिलाले निभाउनुपर्छ । कामकाजी महिलाहरूले घर र बाहिर दुवैतर्फको जिम्मेवारी बहन गर्नुपर्छ । वर्तमान समयमा नारीले आफ्नो इज्जत बचाउने हो भने आफूलाई सन्तुलित बनाउने प्रयास गर्नुपर्छ । ममता, करुणा, त्याग, प्रेम, सहिष्णुता एवं सहनशीलताको भावना जगाउनुपर्छ । साथै महिलाहरूले परविारका सदस्यहरूबीच सन्तुष्ट र प्रसन्न रहनुपर्छ । 

जब परविारमा बोलचाल बन्द हुन्छ तब नातागोतामा तनाव र कटुता उपन्न हुन्छ । अहिले मानिससँग समयको कमी छ । अत्याधुनिक प्रविधिको प्रयोग हुने यो समयमा सधै एक-अर्काबीच संवाद चलिरहेको हुनुपर्छ । 

संवादको क्रमलाई कायम राख्न परविारका सबै सदस्य एकसाथ बस्नुपर्छ । बिहान वा दिउँसो चियाको समय वा रातको खाना खाने समयमा परविारका सबै सदस्य एकत्रित हुनुपर्छ । उक्त समयमा टेलिभिजन बन्द गर्नुपर्छ । 

कुनै सदस्यलाई केही समस्या परे स्पष्टसँग व्यक्त गर्नुपर्छ र परविारको जेठो सदस्यले उक्त समस्या समाधान गर्नुपर्छ । 


: नारी