बागलुङको दुर्गममा पुरुषको कपाल र दाह्री काटेर एक महिलाले वार्षिक डेढ लाख रुपैयाँभन्दा बढी कमाउँछिन् । महिलाको त के कुरा, पुरुषहरूले समेत अपनाउने हजाम पेसालाई नेपाली समाजमा राम्रो दृष्टिले हेरिँदैन । यही चुनौतीबीच झकमायाले विगत आठ वर्षदेखि हजाम पेसालाई निरन्तरता दिँदै आएकी छन् ।
उनले दैनिक १ हजार रुपैयाँसम्म आम्दानी गर्छिन् । एकजना पुरुषको कपाल काटेबापत ३० र दाह्रीसहित ७० रुपैयाँ लिने गरेकी झकमायाले दैनिक २० देखि २५ जनासम्मको कपाल÷दाह्री काट्छिन् ।
सदरमुकाम बागलुङ बजारदेखि ११० किमी पश्चिम रणसिंह किटेनी गाविस–१ मा जन्मिएकी झकमायाले यही पेसाबाट आफू आत्मनिर्भर भएको बताउँछिन् । “म आफूलाई भाग्यमानी ठान्छु,” उनी भन्छिन्, “यस्तो काम गर्ने आँट जोसुकै महिलाले गर्दैनन् ।”
सदरमुकामदेखि टाढा बुर्तिवाङ बजारमा सैलुन खोलेकी झकमायाले हजाम पेसा अपनाउन लाज मान्ने पुरुषहरूलाई चुनौती दिएकी छन् । यो पेसामा ९० प्रतिशतभन्दा बढी व्यक्तिहरू भारतीय रहेको उनको अनुमान छ । “एक त नेपाली पुरुष यो पेसामा छैनन्, त्यहीमाथि नेपाली,” उनी भन्छिन्, “मैले गरेको यो काम धेरैका लागि चुनौती हो ।”
बिहान ९ देखि बेलुकी ७ बजेसम्म झकमायाको सैलुनमा पुरुषहरू कपाल काट्न, दाह्री बनाउन र महिलाहरू कपाल स्ट्रेट गर्न, कपाल मिलाउन आउँछन् । यो पेसा सुरु गर्नुको कारण भने रोचक छ । “म सानैबाट अग्ला मान्छेहरूको टाउकोमा हात नपुग्दा कुर्सी राखेर कपाल काटेको सपना देख्थें,” उनले सुनाइन्, “आज त्यो सपना विपनामा परिणत भएको छ ।”
सुरुका दिनमा आफ्नो पेसालाई समाजले नपचाए पनि पछिल्लो समयमा समाजका प्रतिष्ठित व्यक्तिहरूले समेत हौसला दिएको उनले बताइन् । “महिला दिदीबहिनीहरूले पनि यस्तै पेसा अपनाएर आत्मनिर्भर बनून्,” उनको कामना छ ।
प्रकटकुमार शिशिर