ओबामा सर्वाधिक शक्तिशाली

चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको यस वर्षको विश्व शक्तिशाली व्यक्तिको सूचीको अमेरिकी राष्ट्रपति बाराक ओबामा परेका छन् । पछिल्लो वर्ष शक्तिशाली व्यक्तिको सूचीमा पहिलो नम्बरमा रहेका चिनियाँ राष्ट्रपति हु जिन्ताओ यस वर्ष तेस्रो नम्बरमा परेका छन् । 
शक्तिशाली व्यक्तित्वको सूचीमा भारतकी कंग्रेस अध्यक्ष सोनिया गान्धी ११औँ स्थानमा परेकी छिन् । उनी गत वर्ष ९औँ स्थानमा थिइन् । यसैगरी, भारतीय प्रधानमन्त्री मनमोहन सिंह पनि गत वर्षभन्दा एक स्थान तल झरेर १९औँ स्थानमा आइपुगेका छन् । 
यस वर्षको शक्तिशाली व्यक्तित्वको सूचीको दोस्रो नम्बरमा रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिन आइपुगेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा २००९ को शक्तिशाली व्यक्तित्वको नम्बर एक स्थानमा थिए । तर, २०१० मा भने चिनियाँ राष्ट्रपति हु जिन्ताओले ओबामाको स्थान लिएका थिए । 
फोब्र्सका अनुसार आर्थिक क्षेत्रमा राष्ट्रपति बाराक ओबामाले अझै चुनौतीको सामना गर्नु परिरहेको छ । तर, विदेशनीतिमा भने उनले यस वर्ष कैयौँ सफलता हात पारेका छन् । 
फोब्र्स पत्रिकाले लेखेको छ- ओबामाको रोजगारसम्बन्धी विधेयक पनि असफल रह्यो । ऋणको सीमा बढाउने सम्बन्धमा पनि उनले सफलता हात पार्न सकेनन् । आर्थिक क्षेत्रमा सुधार आउन नसक्दा उनको लोकपि्रयतामा कमी आएको छ । तर, अहिले फेरि ओबामाले सर्वाधिक शक्तिशाली व्यक्तिको स्थान हात पारेका छन् । 
पत्रिकाका अनुसार पहिलो स्थानका लागि ओबामाका एकमात्र प्रतिद्वन्द्वी हु जिन्ताओको प्रभावमा केही कमी आएको छ । 
२०११ मा पाकिस्तानमा छिरेर अल कायदा प्रमुख ओसामा बिन लादेनविरुद्ध कारबाही गर्न ओबामाले दिएको आदेशलाई फोब्र्स पत्रिकाले प्रमुखता दिएको छ । यस कारबाहीमा ओसामा बिन लादेनको मृत्यु भएको थियो । 
यस वर्ष सर्वाधिक शक्तिशाली व्यक्तित्वको सूचीमा दोस्रो नम्बरमा रहेका रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनको फेरि पनि राष्ट्रपति बन्ने अधिक सम्भावना रहेको छ । सूचीमा चौथो नम्बरमा जर्मनीकी चान्सलर एंगेला मर्केल छिन् भने ५औँ नम्बरमा माइक्रोसफ्टका अध्यक्ष बिल गेट्स रहेका छन् । साउदी अरबका शाह अब्दुल्लाह छैटौँ नम्बरमा छन् । 
यसैगरी, सातौँ नम्बरमा क्रिश्चियन धर्मगुरु पोप बेनेडिक्ट- १६ छन् । सर्वाधिक शक्तिशाली व्यक्तित्वको नवौँ नम्बरमा सोसल नेटवर्किङ साइटका संस्थापक २७ वर्षे मार्क जकरवर्ग परेका छन् । 
बि्रटेनका प्रधानमन्त्री डेभिड क्यामरुन दशौँ स्थानमा छन् । यस वर्ष सार्वजनिक गरेको विश्वका ७० सर्वाधिक शक्तिशाली व्यक्तित्वको सूचीमा विकिलिक्सका संस्थापक जुलियन असान्ज र आइएमएफका पूर्वप्रमुख डोमिनिक स्ट्रास कान परेका छैनन् । यसैगरी, पूर्व टक शो सञ्चालक ओपरा विन्प|mी पनि सूचीमा परेकी छैनन् । यसैगरी ओसामा बिन लादेन र स्टिव जब्सको मृत्यु भएकालेे उनीहरूलाई पनि सूचीमा समावेश गरिएको छैन । 
तिब्बती धर्मगुरु दलाई लामा यसपटक १२ स्थान तल झरी ५१औँ स्थानमा पुगेका छन् । यसैगरी, सर्वाधिक शक्तिशालीको सूचीमा दुई आपराधिक व्यक्ति पनि संलग्न छन् । मेक्सिकोका ड्रग किंग मानिने जोओक्विन गुजमैन लोएरा ५५औँ स्थानमा छन् भने दाउद इब्राहिम ५७औँ स्थानमा । 
नया पत्रिका