Showing posts with label personality. Show all posts
Showing posts with label personality. Show all posts

कहिल्यै नहार्ने कलमका योद्धा - रमेश विकल रोदन

"म लेख्दा लेख्दै मर्छु, मैले लेख्न छोडेको दिन मेरो मृत्यु हुन्छ" भने जस्तै नेपाली साहित्यका विशिष्ट स्रष्टा रमेश विकल जीवनको अन्तिम अवस्थासम्म पनि सिर्जनारत नै थिए ।
वि.सं. १९८५ कात्तिक २९ गते भाइटीकाको दिन काठमाडौँको आरुवारीमा जन्मेका रमेश विकल नेपाली साहित्यका यशस्वी साधक हुन् । जमिन्दार ब्राहृमण परिवारमा जन्मे हुर्केका भए पनि वर्गीय दृष्टि र वर्गीय पक्षधरताको कारण विकल प्रगतिवादी धाराको नेतृत्व गर्ने प्रगतिशील साहित्यकार बने ।
प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मासँगको सम्पर्कपछि विकल प्रगतिशील विचारतर्फ आकषिर्त भएर साहित्य र राजनीतितिर लागेका थिए । पछि गोविन्दप्रसाद लोहनीबाट माक्र्सवादी शिक्षा पाएपछि विकल वामपन्थी विचारका पक्षपाती भएका थिए । उनले साहित्यकार आनन्ददेव भट्टबाट वि.सं. २०११ मा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।
वि.सं. २००५।०६ तिर श्यामप्रसादको नेतृत्वमा प्रकाशित हस्तलिखित पत्रिका 'सन्देश' को पहिलो अङ्क -२००५) मा नै रमेश विकलको पहिलो कविता प्रकाशित भएको थियो । उनको सार्वजनिक साहित्यिक यात्रा भने वि.सं. २००६ 'शारदा' पत्रिकामा 'गरिब' कथा प्रकाशित भएपछि भएको थियो । यो कथा पनि श्यामप्रसादले नै गोविन्द गोठालेसँग चिनजान गराएपछि छापिएको थियो ।
नेपाली साहित्यिक भण्डारमा कथा, उपन्यास, नाटक, यात्रा, आत्मसंस्मरण, व्यङ्ग्य र बालसाहित्यका ५५ वटा पुस्तक प्रकाशित गरेर रमेश विकलले महìवपूर्ण योगदान पुर्‍याएका छन् । उनका कथासङ््ग्रह - ७, उपन्यास-४, नाटक एकाङ्की-४, यात्रासाहित्य-३, आत्मसंस्मरण-२, व्यङ्ग्य-१, बालसाहित्य-२७ र अनुवादका ७ कृतिहरू प्रकाशित छन् ।

राष्ट्रगान रचयिताका दुखेसा

-राजेश राई
२७ डिसेम्बर १९११ मा इन्डियन नेसनल कंग्रेस र विधानसभाले आफ्नो गीतलाई भारतकोे राष्ट्रगानको मान्यता दिएपछि रवीन्द्रनाथ टेगोरले भनेका थिए, 'जिम्मेवारी र चुनौती थपिएको छ, अब 'होलटाइमर' लेखक हुनुको विकल्प छैन ।' राष्ट्रगान सय वर्ष पुगेको अवसरमा बितेको वर्ष भारतमा भव्य कार्यक्रम गरेर टेगोरको सम्झना गरियोे । भनिन्छ, राष्ट्रगान लेखेपछि नै टेगोरले धेरै स्तरीय साहित्य सिर्जना गरे ।
यता, नेपालमा ०६४ साउन १८ मा मन्त्रिपरिषद्ले 'सयौँ थुँगा फूलका हामी' गीतलाई राष्ट्रगान बनाउने निर्णय गर्‍यो । लगत्तै रचनाकार व्याकुल माइला पनि उस्तै निष्कर्षमा पुगे, 'अब म 'होलटाइमर' लेखक बनेर राष्ट्रलाई थप राम्रो सिर्जना दिन्छु ।' तिनताका उनलाई अब मैले स्तरीय साहित्य सिर्जना गर्नुपर्छ भन्ने लागेको थियो । तर, विगत पाँच वर्षमा माइलाको स्तरीय सिर्जना के आयो त ? 'केही प्रयत्न गरेँ, तर सोचेजस्तो गर्न सकेको छैन,' तीन साताअघि ललितपुरमा भेटिएका माइलाले सुनाए, 'पूर्णकालीन लेखक बनुँला भन्ने थियो, अहिलेसम्म बन्न सकिएको छैन ।' समयको चाप आफ्नो राम्रो सिर्जनाको प्रमुख बाधक भएको उनले बताए । त्यसो भए कुन कुरामा 'व्याकुल' छन् त अहिले व्याकुल ? 'अतिथि बन्ने शृंखलाबद्ध कार्यक्रम र अर्थाेपार्जनको मेेलोमेसोमै समय बितिरहेकोे छ,' उनले आफ्ना दुःख सुनाए, 'राष्ट्रगानको सर्जक राष्ट्रिय व्यक्तित्व रहेछ, देशभरिबाट विभिन्न सार्वजनिक कार्यक्रममा अतिथि बोलाइन्छ । आधा समय त अतिथि हँुदैमा बितिरहेछ, आधा आर्थिक जोहोमा ।'
माइला मेचीदेखि महाकालीसम्मका कार्यक्रममा बोलाइन्छन् । दैनिक तीन/चारवटा कार्यक्रमको निम्तो आउँछ, उनलाई । 'सबैमा नगए पनि केहीमा जानैपर्ने हुन्छ, नगए पनि हामीलाई बेवास्ता गर्‍यो भनेर चित्त दुखाउँछन्, सबै ठाउँ गयो भने बाँच्नै गाह्रो ।' माइलाले दुःख बिसाए, 'आम्दानीको स्रोत केही छैन, कहिलेकाहीँ त निकै अप्ठ्यारोमा परिन्छ ।' खासमा उनी वकिल हुन् । राष्ट्रगान लेख्नुअघि कानुनी क्षेत्रमा करिअर बनाउन कम्मर कसेका थिए । अहिले भने कसैलाई मुद्दा जिताउन र हराउन दौडधुप गर्न असजिलो भयो । यसपछि वकालती पेसा चटक्कै छाडिदिए । किन छाडेको त पेसा ? 'राष्ट्रगान सर्जकको मर्यादा जोगाउनैपर्‍यो, जुन पायो त्यही पेसा गर्नुहँुदोरहेनछ,' माइला भन्छन्, 'उपयुक्त व्यवसाय पनि फेला पारिनँ, फेरि नेपालमा लेखेरै बाँच्ने अवस्था पनि छैन ।'





जिन्दगीका जागिर

             ...त्यसवेलासम्म म जनकपुर बस्थेँ, जतिवेला मलाई वर्षौंदेखि छापामार युद्ध गर्ने मोहनी थियो । अचानक त्यो मोह टुट्यो र जनकपुरप्रतिको मेरो मोह पनि टुट्यो । ठिटै थिएँ । भर्खर बिए पास गरेको । म आफ्नै खुट्टामा उभिन चाहन्थेँ र लेखक भएर बाँच्ने प्रवल इच्छा थियो । एक दिन जनकपुर चुरोट कारखानाको सित्तैमा काठमाडौँ लगिदिने ट्रक फेला पारेँ । आफ्ना पाण्डुलिपि बोकेर काठमाडौँ लागेँ । मसँग डेढ सय रुपैयाँ मात्रै थियो ।

काठमाडौँको यथार्थ अर्कै रहेछ । यता आएपछि मलाई उर्दू महाकवि मिर्जा गालिबले भनेजस्तै भयो- हमने माना कि दिल्ली मे रहेँ, लेकिन खायेंगे क्या ? मैले दुई पुस्तक 'लिलाम' र 'जगदीशका कथाहरू' बेचेर गुजारा चलाएँ । ती दुवै रत्न पुस्तक भण्डारबाट छापिए । अहिले लाग्छ, मैले लेखेर बाँच्ने दुस्साहस मात्रै गरेको रहेछु । लेखेरै बाँच्न खोजेर म फेल भएँ र मैले जागिर खाने निर्णय गरेँ 

ओबामा सर्वाधिक शक्तिशाली

चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको यस वर्षको विश्व शक्तिशाली व्यक्तिको सूचीको अमेरिकी राष्ट्रपति बाराक ओबामा परेका छन् । पछिल्लो वर्ष शक्तिशाली व्यक्तिको सूचीमा पहिलो नम्बरमा रहेका चिनियाँ राष्ट्रपति हु जिन्ताओ यस वर्ष तेस्रो नम्बरमा परेका छन् । 
शक्तिशाली व्यक्तित्वको सूचीमा भारतकी कंग्रेस अध्यक्ष सोनिया गान्धी ११औँ स्थानमा परेकी छिन् । उनी गत वर्ष ९औँ स्थानमा थिइन् । यसैगरी, भारतीय प्रधानमन्त्री मनमोहन सिंह पनि गत वर्षभन्दा एक स्थान तल झरेर १९औँ स्थानमा आइपुगेका छन् । 
यस वर्षको शक्तिशाली व्यक्तित्वको सूचीको दोस्रो नम्बरमा रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिन आइपुगेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा २००९ को शक्तिशाली व्यक्तित्वको नम्बर एक स्थानमा थिए । तर, २०१० मा भने चिनियाँ राष्ट्रपति हु जिन्ताओले ओबामाको स्थान लिएका थिए । 
फोब्र्सका अनुसार आर्थिक क्षेत्रमा राष्ट्रपति बाराक ओबामाले अझै चुनौतीको सामना गर्नु परिरहेको छ । तर, विदेशनीतिमा भने उनले यस वर्ष कैयौँ सफलता हात पारेका छन् । 
फोब्र्स पत्रिकाले लेखेको छ- ओबामाको रोजगारसम्बन्धी विधेयक पनि असफल रह्यो । ऋणको सीमा बढाउने सम्बन्धमा पनि उनले सफलता हात पार्न सकेनन् । आर्थिक क्षेत्रमा सुधार आउन नसक्दा उनको लोकपि्रयतामा कमी आएको छ । तर, अहिले फेरि ओबामाले सर्वाधिक शक्तिशाली व्यक्तिको स्थान हात पारेका छन् । 
पत्रिकाका अनुसार पहिलो स्थानका लागि ओबामाका एकमात्र प्रतिद्वन्द्वी हु जिन्ताओको प्रभावमा केही कमी आएको छ । 
२०११ मा पाकिस्तानमा छिरेर अल कायदा प्रमुख ओसामा बिन लादेनविरुद्ध कारबाही गर्न ओबामाले दिएको आदेशलाई फोब्र्स पत्रिकाले प्रमुखता दिएको छ । यस कारबाहीमा ओसामा बिन लादेनको मृत्यु भएको थियो । 
यस वर्ष सर्वाधिक शक्तिशाली व्यक्तित्वको सूचीमा दोस्रो नम्बरमा रहेका रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनको फेरि पनि राष्ट्रपति बन्ने अधिक सम्भावना रहेको छ । सूचीमा चौथो नम्बरमा जर्मनीकी चान्सलर एंगेला मर्केल छिन् भने ५औँ नम्बरमा माइक्रोसफ्टका अध्यक्ष बिल गेट्स रहेका छन् । साउदी अरबका शाह अब्दुल्लाह छैटौँ नम्बरमा छन् । 

जादूको खेलौना

                                            -यज्ञश
सन् १९६१ मा मुम्बई आइपुग्दा जालन्धरको बीसवर्षे ठिटोको सपना 'मायानगरी' जत्तिकै चम्किलो थियो । तर, चार वर्षको संघर्षले पगडी धारण गरेको यो दाह्रीवाला ठिटोका सपनामा टन्नै धूलो जम्मा गरिदियो । सपनाको सहरमा केही अचम्मका मानिस र तिनका व्यवहार देखेपछि उदेक मान्दै एक दिन ठिटो सुटुक्क जालन्धर फर्कियो । फर्किने बेला न गोजीमा पैसा थियो, न हातमा टिकट । आपmनै सहरको स्टेसन पुग्ने रेल भने पटरीमा तैनाथ थियो । आफूसँग थियो त केवल बिस्तारै निभ्छ कि जस्तो भएको आपmनै सपनाको दियो । केटाले रेलको शौचालयमा बसेर यात्रा पूरा गर्‍यो । जीवनले कसैकसैलाई दोस्रो मौका पनि दिन्छ । यो केटो पनि चार वर्षपछि फेरि मुम्बई फर्कियो । यसपटक दाह्री कपाल र पगडीबिना, सफाचट ।

त्यसको ५६ वर्षपछि ब्रेन ह्यामरेजले निधन हुँदा यही केटाको परिचय फरक बनेको थियो, 'गजल सम्राट् जगजित सिंह ।' सोमबार ७० वर्षको उमेरमा मृत्युलाई पनि एउटा संगीतको नोटलाई जसरी शान्त भएर ग्रहण गर्दा जगजित सिंह धेरै दिनदेखि अस्पतालमा थिए । पहिलोपटक गजलमा १२ तारको गिटारको धुन प्रयोग गरेका जगजितको जीवनको तार चुडिँदा यसको आवाजले संसारभरका उनका प्रशंसकलाई दुःखी बनाएको छ, उनका गम्भीर र मोटो आवाजका गजलले जस्तै ।

अस्ताए एप्पलका स्टिभ जब्स

-आशिष लुइँटेल
प्रविधि आकाशमा बुधबार साँझ एउटा दुःखद क्षण आयो, एप्पलका सहसंस्थापक तथा अध्यक्ष स्टिभ जब्स यो संसारबाट बिदा भए । उनी ५६ वर्षका थिए । एप्पल विश्वकै सबैभन्दा धनी प्रविधि उत्पादक कम्पनी हो ।
जब्स प्यान्त्रिmयाटिक क्यान्सर पीडित थिए । यही रोगका कारण सन् २००४ मा उनी हस्पिटल भर्ना भएका थिए । डाक्टरको प्रत्यक्ष निगरानीमा उनी कम्पनीको काम गर्दै आएका थिए । दुई वर्षअघि उनको कलेजो प्रत्यारोपण गरिएको थियो । गत जनवरीदेखि उनी पूर्णतः अस्पतालमै भर्ना भएका थिए । त्यसको दुई महिनापछि गत मार्चमा उनले संसारलाई चकित पार्दै कम्पनीको नयाँ प्रविधि आइप्याड टु घोषणा गर्न आएका थिए । 'म उपचारकै क्रममा छु,' घोषणा कार्यक्रममा उनले भनेका थिए, 'आफ्नै कन्सेप्टमा बनाइएको यो (आइप्याड टु) बारे जानकारी दिन नआइबस्न सकिनँ ।' त्यसपछि गत जुनमा उनी सार्वजनिक कार्यक्रममा झुल्किए, अनलाइन स्टोरको नौलो आयाम आइक्लाउड घोषणा गर्न । यो नै उनको अन्तिम सार्वजनिक उपस्थिति रह्यो ।

एउटा पढन्त नेता कमरेड फिडेल


-नयाँ पत्रीका 
 सामान्य बातचित पनि तीन घन्टा चल्नु फिडेल क्यास्ट्रोका लागि औसत समय हो । आफ्नो कार्यालयहरूमा ओथारो लागेर बस्ने एकेडेमिक नेता होइनन् उनी । समस्याहरू जहाँसुकै खोज्दै हिँड्ने बानीले गर्दा होला, साइरन बजाउँदै सुरक्षा दिने 'कारगेट'विना नै कुनै पनि समयमा (मध्यरातमा पनि) हवानाका निर्जन गल्लीहरूमा उनलाई डुल्दै गरेको भेट्न सकिन्छ । उनको दैनिकी भद्रगोल छ । उनमा निद्रामा उठेर हिँड्ने रोग लागेको छ । उनी जोसित जुनसुकै वेला पनि उठेर कतै भ्रमणमा जाने हुनाले सहयोगी रातभर जाग्राम हुन्छन् भन्ने किस्सा चलेको छ ।
धेरै बानीहरू उनले सियरा मायेस्त्राबाट अनुकरण गरेकोले उनको त्यो बिम्ब र किस्सामा केही सत्यता छ । आफ्ना लामा भाषणहरूले मात्रै उनी चर्चित भएका होइनन् । १५ वर्षसम्म पनि उनको न आफ्नो घर थियो, न कार्यालय । न त कुनै निश्चित दैनिकी नै । उनी जहाँ छन्, सरकारी कार्यालय त्यहीँ हुन्थ्यो । 
अहिले विल्कुल फरक छ । आफ्नो चारित्रिक संवेग, जोशबाट अलिकति पनि पछि नहटी उनले आफ्नो जीवनमा अलिकति अनुशासन लादेका छन् । पहिलेपहिले उनी जहाँ थाक्थे, त्यहीँ यसो आँखाको विष मार्थे । यसरी उनको दिनरात एकैसरह बित्थ्यो । अहिले उनी नियमित कम्तीमा ६ घन्टा सुत्ने प्रयास गर्छन् । तर, उनैलाई थाहा छैन, त्यो सुत्ने वेला चाहिँ कहिले आउँछ । कामको प्रकृतिअनुसार उनको सुत्ने समय राति १० बजे पनि हुनसक्छ र बिहान ७ बजे पनि । 

बहुमुखी प्रतिभाका धनी भानुभक्त आचार्य


यतिखेर नेपाली साहित्य आकाशमा सबैभन्दा बढी चर्चा आदिकवि भानुभक्त आचार्यकै छ । अहिले हामी आदिकविको सम्झना गरिरहेछौँ । हामी नेपालीÙ नेपालकै भूमिमा उभिएर वर्षको एकचोटि औपचारिकता निभाउँछौँ । विद्यालयका विद्याथीलाई प्लेकार्ड, ब्यानर, भानुको तस्विर बोकाएर प्रभातफेरि गछौर्ं, कविता वाचन गर्छौं । राज्यका उच्च ओहोदामा आसीन पदाधिकारीले भानुभक्तका बारेमा अनेक कथन र अध्ययन-अनुसन्धानको योजना सुनाउँछन् । योजना कार्यान्वयनको सुरसार हुँदानहुँदै अर्को जन्मजयन्ती आउँछ सुटुक्क । अनि त्यो पुरातन शैली पुनरावृत्त हुन्छ विगतका वर्षहरूमाजस्तै ।
भारतका सिक्किम, दार्जिलिङ्, आसामलगायतका ठाउँहरूमा साँच्चिकै भानुजयन्ती मनाउँछन् ती प्रवासी नेपालीहरूÙ 'यी भानु बाजेले नेपाली साहित्यलाई यति धेरै माथि पुर्‍याए, साहित्यको साख बचाउने पनि उनै हुन्' भनेर । ती नेपाली जो विदेशी भूमिमा रोजगारी गर्छन्, स्थायी बसोबास गर्छन्Ù उनका हृदय-हृदयमा भानुभक्तले बास गर्छन् । प्रवासी नेपालीहरू आस्था र श्रद्धाले शीर निहुराउँछन् । चोक-चोकमा भानुका पूर्ण कद र अर्धकदका सालिक उभ्याउँछन् । यहाँभन्दा त्यहाँ भानुका बारेमा चर्चा परिचर्चा, उल्लास, उमङ्ग र हर्षोल्लास बढी हुन्छ । जे होस् हामी कर बलले वा आस्थाले उनको जयन्ती मनाउँछौँ, मनाइरहेकै छौँ ।

कर्मक्षेत्रमा १० महिलाहरू

 
केही समय महिलाहरूलाई समाजको संचरनाले पारिवारिक चौघेराभित्र बस्न बाध्य बनायो, संस्कार तथा परम्पराले  विकासको मार्गमा लम्कनबाट रोक्यो । समयसँगै महिलाहरू त्यो चौघेरालाई तोडेर पहिचान प्राप्तिका लागि लड्न थाले, आफूलाई हरेक क्षेत्रमा स्थापित गर्न थाले तैपनि उनीहरूको कार्यको उतिविधि वास्ता गरिएन । त्यति हुँदाहुँदै पनि उनीहरूको मनोबल कत्ति डगमगाएन, उनीहरू अविराम संघर्षरत रहे ।
महिलाहरूको आन्दोलनले केही मात्रामा भए पनि परिवर्तन ल्याएको छ भन्ने कुरामा सायद दुईमत नहोला । उनीहरूको अदम्य साहस तथा मेहनतका बारेमा पनि धेरै बखान गर्नुपर्ने आवश्यकता छैन किनभने ती सबै कुरालाई उनीहरूले व्यवहारबाटै साबित गरिसकेका छन् । महिलाहरूको हृदय कोमल हुन्छ तर यत्तिकैले उनीहरूभित्रको साहस लुक्न सक्दैन किनभने उनीहरू एकातिर कोमलताका प्रतिमूर्ति हुन् भने अर्कातिर पहाडझैं दृढ इच्छाशक्ति एवं सामथ्र्यका संवाहक पनि हुन् ।

सर्वाधिक महंगा फुटबल खेलाडी मेसी

बार्सिलोना तथा अर्जेन्टिनाका स्टार फर्वाड लिओनन मेसी यस वर्षका सर्वाधिक महंगा फुटबलर बनेका छन् ।   अमेरिकाको चर्चित म्यागाजिन स्पोस्टर्स इलुष्ट्रिटेडका अनुसार मेसी पोर्चुगल तथा रिडल म्याड्रिडका फर्वाड क्रिष्टियानो रोनाल्डो र इग्ल्याण्ड तथा म्यान्चेष्टर युनाइटेडका फर्वाड वायन रोनीलाई पछि पार्दै सर्वाधिक पैसा कमाउने फुटबलर बनेका हुन् ।

मेसीको वार्षीक कमाई ४३ दशमलव ८ मिलियान छ । यसैगरी रोनाल्डोको ३८ दशमलव ८ मिलियन तथा रोनीको वर्षीक कमाई २९ दशमलव २ मिलियन छ । यस सिजनमा उत्कृष्ट प्रदर्शन गरेका मेसीले ५३ गोल गरेका थिए ।

अब्बल आकृति

भक्तपुर कटुन्जेस्थित ओम सेकेन्डरी स्कुलमा मंगलबार दिउँसो दुई बजेतिर पुग्दा ठूलो आवाजमा हालै प्रदर्शित हिन्दी चलचित्र 'रेडी'को 'ढिङ्काचिका ढिङ्काचिका .....' बोलको गीतमा विद्यार्थी तथा शिक्षक कम्मर मर्काई-मर्काई नाचिरहेका थिए । स्कुले ड्रेसमै निदारमा रातो अबिरसहित कम्मर मर्काइरहेका विद्यार्थी र शिक्षकको ओठमा चौंडा मुस्कान झल्किरहेको थियो । विद्यालयको प्रांगणमा केही स्थानीय मानिसको भीडभाड पनि थियो । ओम सेकेन्डरी स्कुलमा विद्यार्थी तथा शिक्षकको खुसियाली र स्कुल प्रांगणमा फैलिएको रौनकको एउटै कारण थियो- सोमबार प्रकाशित एसएलसी परीक्षाको नतिजामा विद्यालयमा अध्ययनरत छात्रा आकृति पाण्डेले ल्याएको प्राप्तांक । कुल ८ सय पूणर्ांकमा ७ सय ५४ नम्बर ल्याएर आकृति यस वर्षकै सबैभन्दा बढी नम्बर ल्याउने विद्यार्थी भएकी छिन् । सम्भवतः उनी नै एसएलसीमा सबैभन्दा बढी नम्बर ल्याउने विद्यार्थी हुन् । हालसम्म सार्वजनिक नतिजाअन्तर्गत ९४ दशमलव २५ प्रतिशत ल्याएकी आकृतिको भन्दा धेरै नम्बर पाएको दाबी गर्ने अर्को विद्यार्थी हालसम्म भेटिएको छैन ।

ब्रुस ली अझै सुपरस्टार

  हङकङ,  - 'कुङ फु किङ' का नामले विख्यात ब्रुस लीको निधन भएको ३८ वर्ष बितिसकेको छ । उनको फ्यान सर्कल भने घटेको रहेनछ । स्टार फेरीस्थित 'एभिन्यु अफ स्टार्स' मा प्रतिष्ठापित उनको सालिक परिसरमा शनिबारको दृश्यले यो कुरो पुष्टि गर्‍यो ।
उनको ७० औं जन्मजयन्तीमा सालिकलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नेहरू लामबद्ध थिए । दुई मिटर अग्लो ढलोटको उक्त सालिक ब्रुस ली फ्यान क्लबले पाँच वर्षअघि नै ठड्याएको हो । तर उनको जयन्तीमा यहाँ बढी नै क्यामेराहरू क्लिकक्लिक गर्छन् ।
'म नोभेम्बर २७ का दिन यहाँ आउन छुटाउँदिनँ,' आफूलाई बु्रस लीकी बेजोड फ्यान बताउने एउटी चिनियाँ युवतीले भनिन्, 'मैले उनलाई देख्न नपाए पनि उनी मेरा आदर्श हुन् ।'
किन सुन्दरी ? ती युवती भावुक भइन् । सम्हालिएपछि बोलिन्, 'म उनकै फिल्म हेरेर मार्सल आर्टप्रति आकषिर्त भएकी हुँ ।'

सन् २०१० का चर्चित अनुहार

 

इराला

वर्ष २०१० मा आ-आफ्नो कामको प्रभाव देखाएर विश्वमा धेरैले आफूलाई नायक साबित गरे । कसैले राजनीतिलाई उत्कर्षमा पुर्‍याए भने कसैले व्यापारमा नयाँ शैली  भित्र्याए । कोही ग्ल्यामरको संसारमा चर्चित भए, कसैले अरूले नसोचेको काम गरेर विश्वलाई आश्चर्यचकित बनाए । सयौं लेखकले नयाँ सिर्जनाका माध्यमबाट हलचल  ल्याए भने सयौं वैज्ञानिकले विश्वलाई नयाँ देन दिए । हरेक विधा र क्षेत्रमा भएको नयाँपनको समष्टि रूप नै आजको प्रगति हो । यस अर्थमा वर्ष २०१० पनि हजारौं  नायकको वर्ष साबित भयो । ती हजारौं व्यक्तिमध्ये केही व्यक्तित्वले भने आगामी दिनमा पनि विश्वलाई प्रभावित पार्ने देखिन्छ ।