Showing posts with label Tech. Show all posts
Showing posts with label Tech. Show all posts

यो वर्ष के के आउँदैछ?


नयाँ वर्षसँगै नयाँ अपेक्षा जोडिएर आउँछन्। सन् २०१२ मा प्रविधिमा के के नयाँ उत्पादन आशा गरिएका छन् त?
आइप्याड मिनी
अमेजनले २ सय डलर मै पाइने ट्याब्लेट किन्डल फायर सार्वजनिक गरेर लोकप्रियता कमाएपछि एप्पलले पनि प्रतिस्पर्धामा उत्रन आइप्याडलाई परिवर्तित स्वरुपमा ल्याउने अनुमान गरिएको छ। आधिकारिक रुपमा केही सार्वजनिक नभए पनि सानो खालको संभवतः ७ इञ्चको आइप्याड २ सय ९९ डलरमा बेच्ने गाइँगुँइ सुनिएको छ। यो मिनी आइप्याडको क्षमता १६ जीबी हुने अनुमान छ।
अल्ट्राबुक
ल्यापटपको विकल्पमा नेटबुक र आएको हो। यो वर्ष नेटबुकको विकल्पका रुपमा अल्ट्राबुक आउने आशा गरिएको छ। यो पातलो र हलुका भएकोले बोकेर हिँड्न सजिलो हुनेछ। ५ देखि ८ घण्टासम्म ब्याट्री थाम्ने भएकोले नेपाल जस्तो लोडसेडिङपीडित देशहरुका लागि पनि यो उपयोगी साबित हुनेछ। अहिले यस्ता अल्ट्राबुकहरु अन्तर्राष्ट्रिय बजारमा ८ सय डलर घटीमा पाइन्न। यो वर्ष क्षमता उही भए पनि मूल्य कम भएका अल्ट्राबुकहरु बजारमा आउने आशा गरिएको छ।
नयाँ म्याकबुक एअर
म्याक बुक प्रो र एअरको नयाँ डिजाइन आउने हल्ला पविधि क्षेत्रमा छ। म्याकबुक एअर अहिले नै सबैभन्दा पातलो ल्यापटप हो। योभन्दा पातलो डिजाइन आउने हो कि हैन, विज्ञहरु नै अन्यौलमा छन्।
किन्डल फायर टु
समीक्षकहरुले त्यति राम्रो नभने पनि अमेजनको किन्डल फायर निकै हिट साबित भयो। एप्पलको आइप्याड बजारमा ठूलै असर नपारे पनि यसले उसलाई एक पटक सोच्न भने बाध्य बनायो। अब किन्डल फायरको दोस्रो संस्करणले आइप्याडलाई अझै चुनौति दिने आशा यो वर्ष गरिएको छ। अमेजनले १० इञ्चको ट्याब्लेट सस्तोमा बजारमा ल्याउने आशा प्रविधि क्षेत्रमा गरिएको छ।

प्राविधिक उथल–पुथलको वर्ष–२०११

सन् २०११ मा प्रविधि क्षेत्रको विश्वकै एक महान् आविष्कारको निधन भयो । साइबर–सुरक्षाका लागि कम्पनीहरूलाई अर्बौ डलर खर्च गर्नुप¥यो । यस्तै, विद्युतीय र वेब प्रवृत्तिले नयाँ औजार प्रदान गर्नुका साथै नयाँ चुनौतीहरू पनि सिर्जना ग¥यो । विश्वभर आन्दोलन चर्काउन फेसबुकजस्तो सामाजिक संजालको व्यापक प्रयोग भयो ।
यो वर्ष नै स्मार्टफोन र ट्याबलेट कम्प्युटरको अत्यधिक बिक्री विस्तार भयो । ह्यलेट–प्याकर्ड (एचपी) को मोबाइल रणनीतिको सुरुवात, मोटरोलाका लागि गुुगलको योजना, इन्टेलको थ्री–डी सिलिकन ट्रान्जिटर्स र मोबाइल भुक्तानी प्रणालीलगायतको आविष्कार पनि यहीँ वर्ष भयो । तर, कतिपय प्राविधिक घटनाक्रमहरू ठूला बजारमा प्रभाव जमाउन नसकेकाले चर्चाको विषय बन्न सकेनन् । यहाँ सन् २०११ मा प्रविधि जगत्मा घटेका सर्वाधिक ठूला घटनाक्रमहरूबारे संक्षेप्त चर्चा गरिएको छ, जसको प्रभाव सयौं वर्षसम्म पनि जीवन्त रहिरहने अपेक्षा छ ः
१. स्टिभ जब्सको मृत्यु ः एप्पल इंकलाई मध्यम–वर्गीय तहबाट विश्वकै सर्वाधिक मूल्यवान प्रविधि कम्पनीको स्थानसम्म पु¥याउने शक्तिशाली तथा सम्मानित यसका सह–संस्थापक स्टिभ जब्सको निधन भयो । लामो समयदेखि क्यान्सर रोगले पीडित रहँदै आएका जब्सले अन्ततोगत्वा गत अक्टोबर ५ तारिखका दिन यो संसार छाडे ।
उनको निधनपश्चात् विश्वभर रहेका एप्पल स्टोरहरूमा हजारौं संख्यामा सर्वसाधारणहरू उनको श्रद्धाञ्जलीमा सहभागी बनेको देख्न सकिन्थ्यो । पर्सनल कम्प्युटर उद्योगको सिर्जना गर्ने श्रेय मूलतः जब्सलाई नै जान्छ । उनकै नेतृत्वमा विश्व प्रविधि जगत्का अत्यन्त लोकप्रिय डिभाइसहरू ः आइम्याक, आइपड, आइफोन र आइप्याडको उत्पादन सम्भव भयो ।
तीव्र–गतिमा विस्तार भइरहेको प्रविधि उद्योग जब्सको निधनले केही समयका लागि भए पनि स्तब्ध बन्यो र विश्वका व्यावसायिक एवं अन्य नेतृत्वकर्ताहरूले उनको प्रभावबारे सार्वजनिक रूपमा बहस गर्न थाले ।

स्मार्टफोनमा सामसङले एप्पललाई उछिन्यो

एप्पलको अग्रतालाई चुनौती दिँदै आएको सामसङले अन्ततः स्मार्टफोन बजारमा पहिले स्थान कायम गरेको छ । सन् २०११ को जुलाईदेखि सेप्टेम्बर महिनासम्मको तथ्याङ्कअनुसार सामसङ विश्वकै सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनी बनेको हो ।
'स्टाटेजी एनालाइटिक' को अनुसन्धानअनुसार तीन महिनाको अवधिमा सामसङले २ करोड ७८ लाख स्मार्टफोन सेट बिक्री गरेको छ । त्यही अवधिमा एप्पलले भने १ करोड ७१ लाख स्मार्टफोन बिक्री गर्‍यो । मोबाइल बजारमा सबैभन्दा बढी हिस्सा भएको नोकिया भने स्मार्टफोन प्रतिस्पर्धामा पछाडि छ । यस अवधिमा नोकियाले १ करोड ६० लाख स्मार्टफोन बिक्री गर्‍यो । 
तर यस अवधिमा एप्पल पछाडि परे पनि आगामी दिनमा पुनः पहिलो हुने सम्भावना रहेको अध्ययनले देखाएको छ । अध्ययन गर्ने संस्थाले यस अवधिमा बजारमा आइफोन ४ एस आउने हल्ला चलेकाले बिक्री कम भएको बताएको छ । '४ एस बजारमा छिट्टै आउने चर्चासँगै एप्पलका ग्राहकले अन्य सेट किनेनन्,' अध्ययनमा भनिएको छ, 'यसले एप्पलको आइफोन बिक्रीमा गिरावट आएको हुनसक्छ ।'
सम्पूर्ण मोबाइल सेटको बजार हिस्सामा भने नोकिया अझै सबैभन्दा अगाडि छ । यसअघि चौथो स्थानमा रहेको एप्पललाई भने चिनियाँ कम्पनी जेडटीईले पछि परेको छ ।

अस्ताए एप्पलका स्टिभ जब्स

-आशिष लुइँटेल
प्रविधि आकाशमा बुधबार साँझ एउटा दुःखद क्षण आयो, एप्पलका सहसंस्थापक तथा अध्यक्ष स्टिभ जब्स यो संसारबाट बिदा भए । उनी ५६ वर्षका थिए । एप्पल विश्वकै सबैभन्दा धनी प्रविधि उत्पादक कम्पनी हो ।
जब्स प्यान्त्रिmयाटिक क्यान्सर पीडित थिए । यही रोगका कारण सन् २००४ मा उनी हस्पिटल भर्ना भएका थिए । डाक्टरको प्रत्यक्ष निगरानीमा उनी कम्पनीको काम गर्दै आएका थिए । दुई वर्षअघि उनको कलेजो प्रत्यारोपण गरिएको थियो । गत जनवरीदेखि उनी पूर्णतः अस्पतालमै भर्ना भएका थिए । त्यसको दुई महिनापछि गत मार्चमा उनले संसारलाई चकित पार्दै कम्पनीको नयाँ प्रविधि आइप्याड टु घोषणा गर्न आएका थिए । 'म उपचारकै क्रममा छु,' घोषणा कार्यक्रममा उनले भनेका थिए, 'आफ्नै कन्सेप्टमा बनाइएको यो (आइप्याड टु) बारे जानकारी दिन नआइबस्न सकिनँ ।' त्यसपछि गत जुनमा उनी सार्वजनिक कार्यक्रममा झुल्किए, अनलाइन स्टोरको नौलो आयाम आइक्लाउड घोषणा गर्न । यो नै उनको अन्तिम सार्वजनिक उपस्थिति रह्यो ।

एक्सरे अब पेन ड्राइभमै

रोग निदानका लागि गरिने एक्सरे बोक्न अब झोला वा ठूलो खाम बोक्नु पर्दैन। न त एक्सरे फिल्म बटारिएर बिग्रेला भन्ने चिन्ता।'डिजिटल इमेजिङ' प्रविधिको विस्तारसँगै अब देखि सिडी, डिभिडी वा पेन ड्राइभमा आफ्नो एक्सरे लिएर जान सकिने भएको छ।
धुलिखेल अस्पतालको रेडियोलोजी विभागले मुलुकमै पहिलो पटक बुधबारदेखि सुरु गरेको डिजिटल एक्सरे(डिआर)मा यस्तो सम्भव भएको हो।
'राजधानीका केही अस्पतालहरुमा डिजिटल एक्सरे रहेको भनिए तापनि ती पूर्ण रुपमा डिजिटल होइनन्। त्यसमा क्यासेट राख्नुपर्छ,' अस्पतालका रेडियोलोजिष्ट डा. सुविन्द्र कार्कीले भने, 'धुलिखेल अस्पतालमा जापान सरकारको सहयोगमा भित्रिएको डिजिटल एक्सरेबाट क्यासेट विना नै तस्वीर खिचिन्छ। खिचिएको तस्वीरहरु मेडिकल रेकर्डका रुपमा हार्डडिस्कमा सुरक्षित राख्न सकिन्छ। विरामीले जतिखेर पनि प्रतिलिपि लिन सक्छन्।'
विरामीको एक्सरे खिच्नासाथ सम्बन्धित वार्डका विशेषज्ञले तत्कालै हेर्न मिल्ने गरी नेटवर्क (वायरलेससमेत)मार्फत एक्सरे पठाइने व्यवस्था विभागले मिलाएको छ। 'बिरामीको एक्सरे खिच्नासाथ उनको डाक्टरको स्क्रीनमा पुग्छ। बिरामी वार्डमा पुगुन्जेल डाक्टरले एक्सरेको अध्ययन गरिसकेका हुन्छन्,' कार्कीले जानकारी दिए, 'यसबाट चाँडो रोगको निदान गर्न मद्दत मिल्छ।'

Incredible Photo Manipulation


Photo manipulation is an ever evolving collaboration between photography and graphic design.
Combining certain elements to create a unique image, that can convince even the most experienced set of eyes, requires a very creative set of skills.
Because the manipulation of a photo gives a realistic view of an unreal picture, you should have an open mind when gathering ideas on how to get creative with your images.
Photo manipulations are a great source for inspiration, generally because designers are able to express their creativity through various aspects of design.
Several of the following images contain illustrative elements, while others display a more realistic approach.
So here are 40 of the most incredible examples of photo manipulation.

पालो स्मार्टफोनको

एप्पल आइफोन फोर

सन् २०१० को जुनमा एप्पल आइफोन सार्वजनिक भएको हो । उच्च गुणस्तरीय भिडियो पनि खिच्न सक्ने यो स्मार्टफोनमा ५ मेगापिक्सेलको क्यामेरा र एलइडी फ्ल्यास पनि जडान गरिएको छ जसले रात्री फोटोका लागि ज्यादै सहयोग गर्छ । ३.५ मेगापिस्सेलको स्क्रिनयुक्त आइफोनमा पनि भर्चुअल स्क्रिन छ । यसमा एप्पलकै आईओएसफोर आपरेटिङ सिस्टम प्रयोग गरिएको छ । सार्वजनिक भएलगत्तै यसले केही आलोचना बेहोरेको भए पनि एप्पलको आइफोनबिना स्मार्टफोनका पारखी पूर्ण भने हुन सक्दैनन् । १६ गिगावाइट र ३२ गिगावाइटको मेमोरीमा उपलब्ध हुने यी आइफोनको मूल्य क्रमशः २ सय र ३ सय अमेरिकी डलर तोकिएको छ ।

अब नेपालमै टेलिकम फेसबुक चौतारी

फेसबुक र ट्विटरजस्ता इन्टरनेट सामाजिक सञ्जाल संसारभरि लोकप्रिय भइरहेका बेला त्यस्तै  नेपाल टेलिकमले नेपाली साइट तयार भएको छ। ‘चौतारी’ नाम दिइएको सञ्जाल नेपाल टेलिकमले आन्तरिक परीक्षण गरिरहेको छ।
फेसबुक, ट्विटर, माइस्पेसजस्ता साइटको सर्बर अमेरिकामा रहे पनि चौतारीको नेपालमै राखिएको छ।
http://chautari.ntc.net.np ठेगाना रहेको यो साइटमा फेसबुकका सबै सुविधा उपलब्ध हुनेछन्। साथी बनाउने, च्याट रुम, ग्रुप बनाउने, फोटो सेयर गर्नेमात्र होइन, चौतारीबाट नेपाल टेलिकमका मोबाइल ग्राहकले निःशुल्क एसएमएस आदानप्रदान गर्न पाउनेछन्।
ुचौतारीमा सदस्य बनेपछि दैनिक १० वटा मोबाइल एसएमएस निःशुल्क पठाउने सुविधा राखिएको छ।
सुरुमा १० लाख सदस्य अटाउन सक्ने गरी यसको क्षमता बनाइएको छ। आवश्यकताअनुसार क्षमता बढाउँदै लैजाने योजनामा टेलिकम छ।
फेसबुक अहिले नेपालमा सबैभन्दा बढी हेरिने साइट हो। यस सञ्जालले टेलिकमको इन्टरनेट ब्यान्डविथ खपत ह्वात्तै बढाएपछि नेपालभित्रै सर्बर राखेर चौतारी बनाइएको हो।
फेसबुकलगायत साइट खोल्न पहिले अमेरिकामा रहेको फेसबुक सर्बर पुग्नुपर्छ। यो बाध्यताले डलरसमेत बाहिरिने गरेको छ।

माइक्रोसफ्ट अफिस २०१० नेपालीमा

अब कम्प्युटर चलाउन अंग्रेजी भाषा जान्नैपर्छ भन्ने छैन। माइक्रोसफ्टले एक वर्ष अघिमात्र सार्वजनिक गरेको 'अफिस २०१०' लाई नेपालीकरण गरिएको छ। अघि एक्सपी, भिस्टा, अफिस सेभेनलाई नेपालीकरण गर्न खटिएको टिमले अफिस २०१० लाई पनि नेपालीकरण गर्ने काममा सफलता पाएको छ। 'झन्डै एक वर्षको लगातार प्रयासपछि हामीले यो सफलता पाएका हौं,' सफ्टवेयर स्थानीयकरण विभागका मेनेजर प्रदीप न्यौपानेले भने।

गुगलले ल्यायो, फेसबुक किलर गुगलप्लस Google+

हिजो देखि केही व्यक्तिहरुलाई गुगल ले ‘टेस्टिङ’ गर्न को लागि गुगल प्लस दिएको छ । अन्य का हकमा भने, गुगल प्लस को “एकाउन्ट” बिस्तारै पछि दिइने कुरा गुगल ले जनाएको छ । गुगल प्लस को आगमन सँगै गुगल ले आफ्ना सबै पेजहरुको ‘नेभिगेसन’ बारको रङ्गलाई पनि परिवर्तन गरेको छ । अब गुगल का सबैपेज को माथि ‘कालो रङ्’ को नेभिगेसन बार देखिने छ ।
सर्च जायन्ट गुगल ले, ‘सोसल नेटवर्क’मा एकपटक आफ्नो भाग्य फेरि परिक्षण गर्दैछ । गोप्य राखिएको प्रोजेक्ट ‘गुगल प्लस’लाई हिजो गुगल ले सार्वजनिक गरेको छ ।

बज, वेभ आदि को असफलताबाट पाठ सिक्दै गुगल ले फेरि एकपटक ‘सोसल नेटवर्क’ मा आफ्नो अस्तित्व खोज्दैछ । अनि यसपटक, गुगल, ‘गुगल प्लस’ मार्फत ‘सोसल नेटवर्क’ मा आफ्नो उपस्थिति जनाउन खोज्दैछ ।

Microsoft Sustainability : Productivity, Future Vision

The incredible presentation of future technologies in 2019, according to Microsoft. Think about all of touch screen computers in real world. Can you imagine it? Sometimes I though, but different way in video. This shows you. You can see it how comfortable in everyday lifes. ..... Give many of visions. Amazing things.
Nice presentation.

The Most Promising Products For 2010 & 11


The 25 Most Promising Products for 2010 & 11

25. Power Personal Energy Generator
The PEG harvests one of the biggest energy hogs on earthyou. Place the little device into your bag or briefcase, plug in your cell phone, GPS, or iPod, and let your kinetic energy power up your gadgets while you walk. You can get an 80% charge in one hour through your own energy alone. Green and brilliant.

इ-टिकेटिङ्ग किन लोकपि्रय ?

व्यवसायको हरेक क्षेत्रमा नयाँ नयाँप्रविधि र प्रणालीहरू स्थापित हुँदै आएका छन् । समय र साधनलाई मितव्ययी एवं छरितो बनाउने क्रममा अन्तर्राष्ट्रिय हवाई यातायात संस्था आई.ए.टी.ए.को २००४ को साधारण सभाले सन् २००७ सम्ममा विना टिकटको हवाई यात्रालाई सम्भव बनाउने एजेण्डा पास गरेको थियो । अर्थात् विद्युतीय टिकट इ टिकेटिङ्ग लागू गर्ने निर्णय लिएको थियो । सन् २००५ सम्ममा ४० प्रतिशत २००६ मा ७० प्रतिशत एवं २००७ को अपि्रल सम्ममा करिब ८० प्रतिशत सफलता हात पार्दै हाल अन्तर्राष्ट्रिय उडानहरू सबैमा ई-टिकेटिङ्ग लागू भइसकेको छ । जून १, २००८ देखि अन्तर्राष्ट्रिय उडानहरूमा हाते टिकट स्वीकार नहुने भनिएकोले पनि विद्युतीय टिकटले बजारमा छिटो प्रश्रय पाएको हो ।  

टेलिकम आक्रामक विस्तारमा. एकै पटक एक करोड लाइन मोबाइल किन्दै

नेपाल टेलिकमले एकै पटक एक करोड लाइन जिएसएम मोबाइल किन्ने तयारी गरेको छ। पटक पटक मोबाइल किन्ने झण्झटको विकल्पमा एकै पटक एक करोड लाइन जिएसएम मोबाइल किन्ने तयारी टेलिकमले गरेको हो।  नेपालमा मोबाइल टेलिफोन सुरु भएको १२ वर्षमा टेलिकमका ४८ लाख जिएसएम मोबाइल उपभोक्ता छन्। टेलिकमले केही वर्षलाई माग धान्नेगरि एकैपटक एककरोड लाइन किन्ने तयारी गरेको हो। ५० लाख लाइन किन्ने तयारी भएकोमा धेरै पटक टेण्डर गरेर लामो प्रकृया लागिरहने, अख्तियार सार्वजनिक खरिद कार्यालय जस्ता निकायहरुमा उजुरी परेर लामो समय अड्किने र एकै पटक धेरै किन्दा सस्तो समेत पर्ने भएपछि टेलिकमले ठूलो परिमाणमा किन्ने तयारी गरेको छ।

१५ करोड डलरको एनिमेसन

अमेरिकामा रिलिज भएको आठ दिनपछि ‘कुङफु पान्डा २' नेपालमा आइपुगेको छ। शुक्रबारदेखि फिल्म काठमाडौंका हलमा थ्रीडी प्रविधिमा चल्दैछ। सन् २००८ मा बनेको ‘कुङफु पान्डा'को दोस्रो भाग हो यो फिल्म। पहिलो भागका निर्देशक जोन वायने स्टेभेन्सन र मार्क ओस्बोर्न थिए भने यसपालि जेनिफर योह नेल्सनले निर्देशन गरेकी हुन्। १३ करोड डलरमा बनेको पहिलो भागले ६३ करोडको कारोबार गरेको थियो। अहिले १५ करोडमा बनेको दोस्रो शृंखलाले आठ दिनमा १२ करोड कारोबार गरिसकेको छ।

यो एनिमेटेड फिल्ममा मुख्य पात्र पान्डालाई ज्याक ब्ल्याकले आवाज दिएका छन्। बघिनीलाई एन्जलिना जोलीले आवाज दिएकी छिन्। त्यस्तै ज्याकी च्यान, डस्टिन होफम्यान, गेरी ओल्डम्यान, लुसी लियु, मिचेल योका आवाज पनि विभिन्न पात्रका मुखबाट सुन्न पाइन्छ

Digital Age: Photo Manipulation Art

 



Photo manipulation is one of the most creative art forms to come out of the digital age. Here we showcase ten masters of this technique and 48 examples of their stunning artwork, blending real photos with synthetic elements for a surreal result.






आधा नेपालीको पहुँचमा दूरसञ्चार सेवा

सूचना तथा सञ्चार प्रविधिले ल्याएको क्रान्तिको सदुपयोग गर्न नेपाली जनता पनि पछि परेका छैनन्। नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवे दनले यो तथ्यांक देखाउँछ। प्राधिकरणले पछिल्लो पटक सार्वजनिक गरेको प्रतिवेदनमा ४१ दशमलव ५१ प्रतिशत जनतामा दूरसञ्चार सेवा  पुगेको छ। यो आँकडा टेलि घनत्वका आधारमा तयार पारिएको हो। ताप्लेजुङदेखि दार्चुलासम्मका नेपालीहरूको हातमा मोबाइल फोन देखिन्छ।  उनीहरू कम्युनिकेसनका लागि दूरसञ्चारको उपयोग गर्न उत्तिकै अभ्यस्त देखिनुले पनि दूरसञ्चारको क्षेत्रमा नेपालले नयाँ क्रान्ति नै गरेको छ  भन्दा फरक पर्दैन।

ताररहित मोबाइल सेवा प्रयोगमा आएपछि र यसको व्यापक विस्तार भएपछि दूरसञ्चार सर्वसाधारण जनताको पहुँचमा सेवा पुगेको हो।  फागुनमा सार्वजनिक गरिएको उक्त प्रतिवेदनले ४१ दशमलव ५१ प्रतिशतको तथ्यांक देखाए पनि हालसम्म करिब ४५ प्रतिशत जनतामा  दूरसञ्चार पुगिसकेको विज्ञहरू बताउँछन्।

स्वरोजगारका निम्ति आईटी क्रान्ति

बेरोजगारी समस्याले समग्र मुलुकको अर्थतन्त्रमा ठूलो भार पारिरहेका बेला स्वरोगारका निम्ति आईटी (सूचना प्रविधि) क्रान्तिको अभियान छेड्नु स्वागतयोग्य छ । ‘स्वरोजगारका लागि आईटी क्रान्ति’ र आईटी क्रान्तिमार्फत आर्थिक समृद्धि मुलुकको सपना देखेका छन् आईटीसम्बन्धी नयाँ पुस्ताले ।
व्याप्त बेरोजगारीबाट घरेलु दक्ष जनशक्ति पलायन हुन नदिन र आईटी क्षेत्रबाट स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्गत केन्द्रीय आईटी विभागका विद्यार्थीहरूले ‘स्वरोजगारका निम्ति आईटी क्रान्ति’ नामक अभियान छेडेका हुन् । उनीहरूले आईटीसँग सम्बन्धित सरकारी तथा गैरसरकारी विज्ञ, सरोकारवाला तथा विद्यार्थीहरूलाई सो अभियानमा जोड दिन आग्रह गरेका छन् ।

नयाँ करिअर खोज्नेलाई उत्तम विकल्प

एनिमेसनः निर्जीवमा आत्मा भर्ने कला    


‘एनिमेसन’ भन्ने शब्द आजकाल अलि धेरै नै प्रचलनमा आउन थालेको छ । कुनै पनि
वस्तु तथा घटना जसलाई अन्य कुनै पनि तरिका वा नाटकीय रूपान्तरअनुसार
चलदृश्यमा प्रस्तुत गर्न सकिँदैन त्यस्तो अवस्थामा नयाँ प्रविधिको तरिका अर्थात् ‘एनिमेसन’ को प्रयोग आजकाल गर्ने गरिएको पाइन्छ । एनिमेसन भनेको निर्जीव वस्तुलाई चाल अर्थात् गति प्रदान गर्ने नयाँ प्रयोग हो ।

कुनै पनि ‘भर्चुअल’, अवास्तविक वा निर्जीव काल्पनिक दुई वा त्योभन्दा धेरै आयामका वस्तुहरूको तीव्र रूपमा प्रदर्शन गरी एक प्रकारको भ्रमपूर्ण गति पैदा गर्नु भनेको ‘एनिमेसन’ हो । सूचनाको प्रचार–प्रसार गर्न, उत्पादनको बजारीकरण गर्न, बहुआयामिक चित्रमार्फत विभिन्न विषयमा जानकारी प्रदान गर्न, शैक्षिक औजार र अन्य विभिन्न प्रयोजनमा ‘एनिमेसन’ को प्रयोग गरिने भए पनि चलचित्र र टेलिभिजन जस्ता आमसञ्चारको माध्यममा प्रयोग गर्नका लागि यो ‘एनिमेसन’ विधि ज्यादा प्रयोग र प्रभावकारी हुने गरेको छ । यो विधिले अन्य कुनै पनि तरिकाबाट असम्भव हुने प्रस्तुतिलाई पनि सम्भव र जस्ताको तस्तै प्रस्तुत पनि गर्न सक्छ ।

के हो यो आणविक विकिरण भनेको ?

फुकुसिमास्थित आणविक पावर प्लान्टमा चरमबद्धरुपमा भएको बिस्फोट र त्यसबाट उत्पन्न आणविक विकिरणको समस्या अहिले जापानमा मात्र नभएर बिश्वभरकै मानिसहरुले चिन्ता र चासो लिईरहेको बिषय बनेको छ । हालै जापानमा आएको शक्तिशाली भूकम्प, भूकम्पपछिको सुनामीले त्रसित बनेका जापानमा रहेका नेपालीहरुमध्य कमैले सुनेका र भोगेका नयाँ र नौलो अर्को समस्या आणविक विकिरणको भयावहले थप चिन्तित बन्दै गईरहेका छन् यहांका नेपालीहरु पनि । यद्यपि मार्केटमा आएको हल्लाजस्तै त्यसरी आत्तिईहाल्नुपर्ने स्थिति नभएको उर्जा बिशेषज्ञ डा. राम गिरी बताउनुहुन्छ । एनआरएन जापानका सल्लाहकारसमेत रहनुभएका डा. गिरी भन्नुहुन्छ "बाहिर मार्केटमा आएको हल्ला जस्तो त्यस्तो भयावह स्थिति छैन, यद्यपि त्यसो भन्दैमा ढुक्क भएर हिड्ने अवस्था पनि छैन ।"