Showing posts with label lifestyle. Show all posts
Showing posts with label lifestyle. Show all posts

सुनको नालिबेली

आभूषणका रूपमा मात्र नभएर सुनको उपयोग आयुर्वेदिक तथा एलोप्याथिक औषधिहरू, जीव रासायनिक उत्प्रेरकहरू, पर्यावरण विज्ञान, इलेक्ट्रोनिक्स, नेनो टेक्नोलोजी, फोटोग्राफी एवं दन्त चिकित्सादेखि अन्तरिक्ष यानहरूसम्म हुन्छ । फरक यति हो कि अरू ठाउँमा प्रयोग गरिने भन्दा आभूषणमा यसको प्रयोग बढी हुन्छ । वास्तवमा सुन विशिष्ट धातु हो, जसमा जल वा साधारण अम्ल-क्षारको प्रभाव हुँदैन न त अक्सिजनको । यसलाई पिटेर फैलाउन सकिन्छ । एक ग्राम सुनबाट एक स्क्वायर मिटरसम्मको पाता बनाउन सकिन्छ । अतः आफ्नो सिर्जनात्मकता र कारीगरी देखाउन सुनभन्दा राम्रो धातु अरू केही हुँदैन । सायद त्यसैले यसको खपत पनि बढ्दो छ । यसको बढी मात्रामा उत्पादन अपि|mकी महाद्वीपका साना-ठूला मुलुकहरूमा हुन्छ । यद्यपि दुःखको कुरा सुन उत्पादन गर्ने अधिकांश मुलुक आफै गरिब छन् । सुनको सभ्यताबाट अघि बढेको दक्षिण एसियाली परिवेश मात्र नभएर सुमेरियन सभ्यता एवं कालो सागरको किनारमा रहने मानव बस्तीमा ईशापूर्व ३ हजार र ४-५ हजारको कालखण्डमा सुनको उपयोगको प्रमाण पाइएको छ । जसरी मानव सभ्यताको विकास हुँदै गयो त्यसरी नै जीवनमा धातुको उपयोग पनि बढ्दै गयो । फलाम, तामा आदि भाँडाकुँडा, हँसिया, कुटो, कोदालो आदि आवश्यक वस्तुहरू बनाउने काममा प्रयोग हुन थाले, तर सुन धातुराज नै बनेर रह्यो । यसको उपयोग पुँजी संचय वा आभूषण बनाउन गरियो । सुनको स्वभाव बुझ्ने र जान्ने कलाकारले आफ्नो दक्षताका आधारमा पहिचान र सम्मान पनि पाएका छन् ।

जिन्स आकर्षण बढ्दै छ


-सङ्गीता घिमिरे
युवा फेसनको सूचक हो- जिन्स । पाइन्ट, सर्ट र ज्याकेट मात्र होइन, जुत्ता र बेल्टमा पनि जिन्सले ँथान पाइसकेको छ । युवा वर्गले निकै रुचाएको जिन्सका जनक हुन्- लेभी ँट्रस । उनी जर्मनीमा जन्मे र आफ्नो उमेरको १८ वर्ष त्यहीा बिताए । यसक्रममा उनले सिलाइको काम सिके । त्यसपछि उनलाई उनका भाइहरूले अमेरिका बोलाए । लेभीका भाइ जोन र लुई अमेरिकामा किराना सामान बेच्ने काम गर्थे । उनीहरू जे ँट्रस ब्रदर्स एन्ड कम्पनीको नामबाट जमिरहेका थिए । जब लेभी अमेरिका पुगे, त्यसपछि भाइहरूले नयाा योजना बनाए सानप|mान्सिँकोमा अर्को एउटा ँटोर खोल्ने । त्यतिबेला सानप|mान्सिँकोमा आवादी बढ्दै गरेको थियो । त्यस नयाा ँटोरको जिम्मेवारी लेभीलाई मिल्यो । लेभी अमेरिकाको नागरिक भएर सानप|mान्सिँकोमा काम सुरु गर्न थाले ।
सानप|mान्सिँकोमा काम सुरु गरेको केही समयपछि लेभीको भेट ज्याकोब डेभिस नाम गरेको एउटा सूचीकारसाग भयो । ज्याकोब लेभीको पसलबाट धागो किन्थ्यो । जसको कारण उनीहरूबीच नियमित कुराकानी भइरहेको हुन्थ्यो । ज्याकोबले नै सबैभन्दा पहिलो पाइन्टमा धातुको हुक लगाउने तरिका पत्ता लगाएको थियो । उसलाई लागेको थियो कि पाइन्टको पकड हुकले बलियो बनाउाछ । लेभी र ज्याकोबले पाइन्ट अड्काउने यो तरिकाको पेटेन्ट लिनुपर्ने ठाने । त्यससागै उनीहरूले मिलेर काम गर्न थाले । दुवैले मिलेर सन् १८७३ मे २० मा हुकले अड्काउने तरिकाको पेटेन्ट लिए । त्यसपछि सुरु भयो लेभिज जिन्स नामबाट जिन्सका पाइन्ट बनाउने काम । सुरुमा खैरो र निलो दुईखालका जिन्सलाई उनीहरूले बजारमा निकाले । खैरो त्यति सफल हुन सकेन, तर निलो जिन्सले बजारमा ठूलो हलचल ल्यायो पहिरनको मामलामा ।

The Most Promising Products For 2010 & 11


The 25 Most Promising Products for 2010 & 11

25. Power Personal Energy Generator
The PEG harvests one of the biggest energy hogs on earthyou. Place the little device into your bag or briefcase, plug in your cell phone, GPS, or iPod, and let your kinetic energy power up your gadgets while you walk. You can get an 80% charge in one hour through your own energy alone. Green and brilliant.

घले अस्ट्रेलियाका १७६ औं धनी

सिड्नी (अस्ट्रेलिया), जेष्ठ २३ -  नेपाली युवा शेष घले यस वर्ष अस्ट्रेलियाको १ सय ७६ औं धनी व्यक्ति बनेका छन् । उनी कुल २ सय ६९ मिलियन अस्ट्रेलियन डलर सम्पत्तिसहित अस्ट्रेलियाका धनी व्यक्तिमा पुनः दर्ज भएका छन् ।
सन् २०११ को जुन अंकमा बीआरडब्लू पत्रिकाले निकालेको सर्वेक्षणमा घले यो स्थानमा आएका हुन् । गत वर्ष घले कुल २ सय ३७ मिलियन अस्ट्रेलियन डलरका साथ १ सय ६४ औं स्थानमा रहेका थिए । घलेको सम्पत्ति यस वर्ष गत वर्षभन्दा ३२ मिलियन डलरले बढी रहेको छ । अस्ट्रेलियाको मेलबर्नमा मेलबर्न इन्सिटच्युट अफ टेक्नोलोजी सञ्चालन गरिरहेका घले यसबाहेक रियल स्टेट व्यवसायमा पनि सफल मानिन्छन् । सूचना प्रविधि र व्यवस्थापन लगायतका विषय पढाइ हुने यहाँ ३ हजारभन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेका छन् । 

नेपालीले तीन साताभित्रै नानो किन्न पाउने

बहुप्रतीक्षित सबैभन्दा सस्तो कार 'नानो' तीन साताभित्र नेपाली उपभोक्ताले किन्न पाउने भएका छन्।
भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गरेको नानोको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले जेठ १८ मा नानोलाई काठमाडौंमा सार्वजनिक गरेको थियो।
'असार १६ भित्र नेपालीले नानो किन्न पाउँछन्,' सिप्रदी स्रोतले मंगलबार नागरिकसँग भन्यो, 'देशभरका हाम्रा ११ बिक्री केन्द्रबाट नानो पाइन्छ।'
संसारकै सबैभन्दा सस्तो दाबी गरिएको नानो कार (दुईवटा) लाई सिप्रदीले जेठ पहिलो साता काठमाडौं ल्याएको थियो। कम्पनीले वीरगन्जसम्म कन्टेनरमा र त्यहाँबाट कुदाएर काठमाडौंको टेकुस्थित आफ्नो सोरुमसम्म ल्याएको थियो।
'दुई नानोले नेपाल यात्रा सुरु गरेयता दैनिक २ सयभन्दा बढीले नानो बुकिङ गर्न सोधपुछ गरिरहेका छन्,' स्रोतले भन्यो, 'यसबाट हामी उत्साहित छौं।'

मोनाकोका घर विश्वकै मह“गो

मोनाको २०१० मा पनि लगातार तेस्रो वर्षमा विश्वकै महँगो विलासी आवासीय बजारका रूपमा रहन सफल भएको छ । व्यक्तिगत आय कर नलगाउने यो भूमध्य क्षेत्रमा धनी खरिदकर्ताहरूबाट माग बढेकाले विश्वकै महँगो हुन पुगेको हो ।
मोनाकोको घर र अपार्टमेन्टका लागि सरदर मूल्य प्रतिवर्गमिटर ६५ हजार ६ सय अमेरिकी डलर रहेको लन्डनस्थित सम्पत्ति दलाल नाइट ‘फ्य्रांक एलएलपी’ले जारी गरेको ‘ग्लोबल इन्डेक्स अफ लक्जरी प्राइसेस’मा उल्लेख छ ।
प्रतिवर्गमिटर ५६ हजार ३ सय डलरसहित लन्डन दोस्रो महँगो बजार रहेको  छ । पेरिस भने ४० हजार ५ सय डलरसहित पाँचौं स्थानमा छ । अन्य तीन सर्वाधिक महँगा ठाउँ पनि फ्रान्समा रहेका छन् ।

विनापैसा एक वर्ष


 

image

उनी एक वर्षसम्म एक पैसा पनि खर्च नगरी बाँचे । यो एक वर्ष आफ्नो जीवनको सबैभन्दा रमाइलो क्ष्ाण बताउँछन् उनी ।
अब पनि एक रुपैयाँ खर्च नगरी जीविका चलाउने उनको योजना छ ।
३० वर्षे मार्क बोयलले विगत १२ महिना एक पैसा पनि खर्च नगरी जीविका चलाएका हुन् । उनी आफैंले फलाएको खाना मात्र खान्छन् । एक पैसा पनि खर्च नगरेर बाँच्दा आफू संसारकै सबैभन्दा खुसी भएको बताए । अबको जीवन पनि एक पैसा खर्च नगरेर बाँच्ने वाचा उनले गरेका छन् ।
उनी जहाँ जाँदा पनि साइकलमा जान्छन् । उनको फोनमा इनकमिङ कलमात्र आउँछ । उनी सोलार प्रयोग गर्छन् । यसैमा तताएको पानीले नुहाउँछन् । कटलफिस उपजातको माछाको हड्डीले उनी दाँत माझ्छन् । उनी आफ्ना लागि आफैं खाना उत्पादन गर्छन् ।

 

 

मनिषाको व्याडलक






सायद बढ्दो उमेरले होला मनिषा कोइरालालाई केही कुराले पनि साथ दिन छोडेको छ । बढ्दो उमेरसागै मनिषाले सुरुमा बलिउडलाई बाईबाई गर्नुपर्‍यो । त्यसपछि नेपाल आएकी उनले आफूभन्दा कान्छा पतिसाग मोजमस्ती पुरा नहुँदै डिभोर्ससम्मको हल्लाखल्लामा पुग्नुपर्‍यो ।
तै केही दिनदेखि मनिषा यो विषयमा चुप नै छन् । मनिषाको दशा यतिमा मात्र
  विगि्रएको छैन । उन्ले दुई दशक पछि कलिउडमा कमव्याक गरेको चलचित्र फल्प भएपछि अझ विग्रीएको छ । नायक राजेश हमालसाग कमव्याक गरेको चलचित्र धर्मा सुपरडुपर फल्प भयो ।
त्यसो त मनिषाको फिल्मलाई त्राण दिन काँग्रेस सभापति शुशिल कोइरालाले समेत मेहनत गरेका थिए । कोइरालाले मनिषाकै लागि पहिलो पटक नेपली चलचित्र धर्माको प्रिमियरमा सहभागी भएर प्रचारको मोर्चा सम्हालेका थिए । तर हलमा धर्माले पानी समेत पिउन पाएन ।
कतिपय क्रिटिक्सले यो चलचित्रलाई पाँचवटा स्टारमध्ये जम्मा एउटा स्टार दिएका थिए भने कतिले राम्रा राम्रा जम्मा भएर बनाएको झुर चलचित्र भनेर टिप्पणीसम्म गरेका थिए