Showing posts with label Society. Show all posts
Showing posts with label Society. Show all posts

तन्नेरीको अमेरिका सपना

कलेज पढ्ने हुन् वा जागिरे तन्नेरी हरेकको सपना डिभी चिठ्ठामार्फत अमेरिका जाने हुन्छ । त्यो चाहनालाई अमेरिकन गि्रन कार्डले पूर्ति गरिदिएको छ । विभिन्न पेसा, व्यवसायमा संलग्न युवाहरू स्वदेशको कमाइबाट सन्तुष्ट नभएपछि अमेरिका जान पाइने आसमा डिभी फारम भरिरहेका छन् । 

राम्रो सेवा-सुविधासँगै 'डलर' मा तलब पाइने आसमा हरेक वर्ष खुल्ने अमेरिकन गि्रन कार्ड चिठ्ठामा आकषिर्त हुँदै छन् । यतिबेला सहरका होर्डिङ बोर्डदेखि डिभी फारम भर्ने संस्थाहरूमा अमेरिका जाने सुवर्ण अवसर लेखिएको प्रचार गरेर डिभी फारम भर्न आकषिर्त गराइएको छ । यही भएर त यी स्थानहरूमा तन्नेरीहरूको बिहानदेखि बेलुकासम्म डिभी भर्न तँछाडमछाड हुँदै आएको छ । मुलुकको अवस्थादेखि नैराश्य पैदा गराएपछि भाग्य हेरौं भन्दै पेसा, व्यवसायमा लागेकाहरू पनि डिभी भर्न आतुर देखिएका छन् । काम गरेअनुरूपको तलब सुविधा नपाउनु र मुलुकको राजनीतिक अवस्थाका कारण पेसा-व्यवसायमा संलग्न युवाहरू अमेरिकन गि्रन कार्ड चिठ्ठा भरेर अमेरिकामा बसोबास र रोजगारको सुनौलो अवसर खोजिरहेका छन् ।

सुडान र लाउडा खानुभन्दा खसी खानु राम्रो

सभासद् गगन थापा मिडियामा आफूलाई कसरी प्रस्तुत गर्नुपर्छ भन्ने कुराको राम्रो जानकार छन्। कहिले धेरै मत पाएर, कहिले विवाह भोज  गर्ने पैसा पाटन अस्पतालको प्रसूति केन्द्रलाई दान गरेर अनि कहिले सभासद्को तलब भत्ता नलिएर उनी लामो समयसम्म चर्चामा रहे। कुनै  बेला एफएमका आर जे एवं समाचारवाचकसम्म रहेका गगन राजनीतिको सैद्धान्तिक बहसमा त अझ पोख्त छन्। नेपाली कांग्रेसको नेता हुन  केश फुलाउनुपर्छ भन्ने मान्यता पनि गगनले नै तोडेका हुन्। अहिले राजनीतिबाहेक गगनको परिचय कृषि व्यवसायीका रूपमा पनि हुन थाले को छ। गगनलाई रोलमोडल मान्दै कृषिसँग सम्बन्धित जानकारी लिन हूलका हूल युवा उनको पुतलीसडकस्थित कार्यालयमा पुग्ने गरेका छन्।  काठमाडौंका मुख्य चोकहरूमा स्वास्थ्यवर्द्धक मासुपसलको चेन खोल्ने उनको घोषणापछि व्यवसायीहरूसमेत उनीसँग साझेदारीको प्रस्ताव  राख्न थालेका छन्। राजनीति, स्वअध्ययन एवं कृषिका कारण अति व्यस्त गगनसँग साप्ताहिकले सभासद् एवं नेपाली कांग्रेसका नेताका रूपमा  होइन, एउटा कृषि व्यवसायीका रुपमा कुरा गर्ने प्रयास गरेको थियो।

ब्यान्डहरुको बिजोग


लामालामा कपाल पालेका, च्यात्तिएका जिन्स प्यान्ट लगाएका, ठूलाठूला बुट बजार्दै हिँड्ने गोराहरूको समूह काठमाडौँमा देखिन थाल्यो । वसन्तपुर वरपर गाँजा र चरेसको नशामा देखिने हिप्पीहरू हेर्न नेपाली युवाको लामै लाग्थ्यो । नेपालीका लागि दुर्लभ मानिने पाश्चात्य बाजा 'गिटार' पनि उनीहरूको साथमै देखिन्थे । विश्व पाश्चात्य सङ्गीतमा बिटल्सको एकछत्र कब्जा थियो । यो वि.सं. २०२० दशकको प्रारम्भिक समयको कुरा हो ।
तान्यो ओमविक्रमलाई
हिप्पीहरूको 'विन्दास' जीवनशैलीप्रति सहरीया युवाको आकर्षण बढ्दै गयो । लामा कपाल पालेका, हातमा गिटार बोकेका, च्यातिएका पाइन्ट लगाएका हिप्पीहरूको नेपालमा प्रवेशसँगै नेपाली सहरीया युवामा उनीहरूको प्रभाव पर्‍यो । प्रभावित हुनेमा थिए, ओमविक्रम विष्ट
"हिप्पीहरूले बेचेका जिन्स पाइन्ट किनेर लाइयो नि," वसन्तपुरमा हिप्पीहरूको चर्तिकला हेर्दै हल्लिएका दिन सम्झँदै ओमविक्रम भन्छन्- "हिप्पीहरूको स्वर्ग नै थियो, नेपाल । गाँजा, चरेस त खुला बिक्री हुन्थ्यो वसन्तपुरमा । गिटार बेचेरै गाँजा खान्थे ।"
त्यही समय बर्मामा रहेका नेपालीको समूह नेपाल छिरेको थियो । गुच्चाटोलमा बस्थ्यो, गिटारिस्ट रोवर्ट शर्माको समूह । ओमविक्रम भन्छन्- "२०२२ सालतिर मैले गिटार पहिलोपटक रोबर्टले बजाएको देखेँ । उनीहरूको समूह थियो, 'दि पाखेज' ।"

जमाना जिन्सको

विसं '३० को दशकतिर सोल्टी होटलमा आयोजित एउटा पार्टीमा जिन्स पाइन्टमा ठाँटिएर जाँदा फोटोग्राफर हरविंश किराँतलाई हलभित्र पस्नै गाह्रो भयो। सुरक्षा गार्डसँग निकैबेर कचकच गनुपर्‍यो रे उनले। जिन्स पाइन्टको सट्टा ती सुरक्षाकर्मी उनलाई औपचारकि पोसाकमा खोजिरहेका थिए। समयको कुरा न हो, अहिले भने फेसनको दुनियाँमा त्यही जिन्सको एकछत्र राज छ।
जिन्ससँग जोडिएको अर्को किस्सा छ, गायक ओमविक्रम विष्टसँग पनि। ०२६/२७ सालताका जिन्सको लुज पाइन्ट लगाएर हिँड्दा न्युरोडबासीले काट्नसम्म उनका कुरा काट्थे रे! तर, अहिले त्यही न्युरोड जहाँ दैनिक लाखौँ रुपियाँको जिन्स कारोबार हुन्छ। विष्ट भन्छन्, "अब जवानीमा जिन्स नलगाउने मान्छे को होला ?" हुन पनि हो, अहिले बच्चादेखि पाका उमेरसम्मका थरीथरीका जिन्समा चिटिक्क परेर हिँडेका देखिन्छन्। जिन्सबाट पाइन्ट मात्र होइन, अनेकन पहिरन बनेका छन्। पहिरनको अर्थतन्त्रमा जिन्सको हिस्सा बढ्दै छ। समाजशास्त्री प्रा गणेश गुरुङ भन्छन्, "अब त जिन्स संस्कृतिजस्तै भइसक्यो। मान्छेको पहिरन रुचि जिन्समै केन्दि्रत देखिन्छ।"

कर्मक्षेत्रमा १० महिलाहरू

 
केही समय महिलाहरूलाई समाजको संचरनाले पारिवारिक चौघेराभित्र बस्न बाध्य बनायो, संस्कार तथा परम्पराले  विकासको मार्गमा लम्कनबाट रोक्यो । समयसँगै महिलाहरू त्यो चौघेरालाई तोडेर पहिचान प्राप्तिका लागि लड्न थाले, आफूलाई हरेक क्षेत्रमा स्थापित गर्न थाले तैपनि उनीहरूको कार्यको उतिविधि वास्ता गरिएन । त्यति हुँदाहुँदै पनि उनीहरूको मनोबल कत्ति डगमगाएन, उनीहरू अविराम संघर्षरत रहे ।
महिलाहरूको आन्दोलनले केही मात्रामा भए पनि परिवर्तन ल्याएको छ भन्ने कुरामा सायद दुईमत नहोला । उनीहरूको अदम्य साहस तथा मेहनतका बारेमा पनि धेरै बखान गर्नुपर्ने आवश्यकता छैन किनभने ती सबै कुरालाई उनीहरूले व्यवहारबाटै साबित गरिसकेका छन् । महिलाहरूको हृदय कोमल हुन्छ तर यत्तिकैले उनीहरूभित्रको साहस लुक्न सक्दैन किनभने उनीहरू एकातिर कोमलताका प्रतिमूर्ति हुन् भने अर्कातिर पहाडझैं दृढ इच्छाशक्ति एवं सामथ्र्यका संवाहक पनि हुन् ।

अध्ययन: तान्दैछ गार्डेन सीटीले (बैङ्लोर)

काठमाडौँमा ए-लेभल सक्दानसक्दै अमेरिका उड्ने भनेर धमाधम स्याट परीक्षाको तयारी गररिहेका नीतिश कार्कीले आफ्नो योजना त्यतिबेला बदले, जतिबेला उनलाई कसैले भारतको 'गार्डेन सीटी' अर्थात् बैङ्लोरका बारेमा सुनाइदियो। बूढानीलकण्ठ स्कुल अध्ययन गरेका १९ वर्षे कार्की यतिबेला बैङ्लोरमै छन्। "घर छोडेर धेरै टाढा पनि जान नसक्ने तर पश्चिमा शैलीको पढाइ खोज्ने नेपाली विद्यार्थीका लागि बैङ्लोर निकै उपयुक्त छ," उनी भन्छन्, "त्यसबाहेक यहाँको पढाइ खर्च सस्तो र भर्ना पाउन पनि सजिलो छ।"कार्कीले भनेजस्तै विशेषताका कारण पछिल्ला दिनमा बैङ्लोरमा नेपाली विद्यार्थी आगमन बाक्लिएको छ। कतिपय विद्यार्थी थोरै समयमा सकिने कोर्सका कारण पनि यतातिर आकषिर्त भएका छन्। जस्तो- कार्की चार्टर्ड एकाउन्टेन्ट
-सीए) र बिजनेस म्यानेजमेन्ट -बीबीएम) एकैपटक पढ्न चाहन्थे। उनको यो चाहना यहाँ सम्भव भएको छ। "दुवै विषय फरकफरक समयमा पढ्न नौ वर्ष लाग्थ्यो मलाई। तर, यहाँको विशेषता भन्नु नै दुवै कोर्स पाँच वर्षभित्र पूरा गर्न सकिनु हो," उनी भन्छन्, "मजस्ता थुप्रै विद्यार्थी यहाँ छन्।"

काम, दाम र कोरिया

नेपाल सरकार र कोरिया सरकारको सम्झौतापश्चात् नेपालीहरूले कोरियामा काम पाउन थालेका हुन्। भर्खरै मात्र ५७ हजार ६ सय ७५ नेपाली युवायुवतीले कोरियाका लागि र्फम भरे। र्फम भर्दा उमेरको हदबन्दी भए पनि शिक्षाको भने छैन। त्यसैले कक्षा ५ अध्ययन गरेकादेखि डिग्री अध्ययनरत युवासम्मले कोरिया जाने ध्याउन्नमा र्फम भरेका छन्।
यसपटक कोरिया जाने अनुमति ७ हजार १ सयले प्राप्त गरे पनि र्फम भर्नेहरूको संख्या त्यसको आठ दोब्बर छ। त्यसैले यसपटक आठ बराबर एकको अनुपातमा छनौट हुनेछन्। महिलाका लागि भने ८ सय जनाको कोटा छुट्याइएको छ।  नेपाल सरकार, श्रम तथा यातायात व्यवस्था मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारीअनुरूप रोजगार अनुमति प्रणाली -ईपीएस) अन्तर्गत गणतन्त्र कोरियामा कामदार पठाउने सिलसिलामा प्रक्रिया पुगेका नेपाली उम्मेदवारको छनौट एचआरडी कोरियाले गर्नेछ।

वरकन्या अमेरिकामा, कर्मकाण्ड नेपालमा

ललितपुर, शनिबार दिउँसो काठमाडौंका हरिहर र जया आचार्य सगुन बोकेर एक्ला छोराका लागि बुहारी माग्न एकान्तकुनाको रुबी पार्टी प्यालेस पुगे ।
केटी पक्षका तर्फबाट पुरेत रामजी खतिवडाले 'किन पाल्नुभा होला ?' भने । केटा पक्षका ५१ वर्षीय पुरेत एकनारायण अर्यालले भने, 'कौडिन्यान गोत्रमा जन्मेको, मेघिनीप्रसादको पनाति, एककृष्णको नाति, बत्तिसपुतली निवासी हरिहर र जयाको सुपुत्र हाल अमेरिकामा बस्ने ३२ लक्षणयुक्त मृदभाषी, विद्यामा तेज, २९ वर्षीय लोकप्रख्यात नाम आशुतोष आचार्यका लागि यस्तै किसिमकी कन्या पाए दाम्पत्य जीवनमा जोडी मिलाउन चाहेका छौं, आजको शुभ साइतमा हजुरहरू मञ्जुर भए कुरा अघि बढाउनुहोस् ।'
बेहुलाका तर्फबाट आएको प्रस्ताव सुनेपछि केटीतर्फका पुरेतले अभिभावकको मञ्जुरीमा कुरा छिनाउँदै भने, 'शुभ बेला, शुभ साइत हेराइ कन्यादान लिन आउनुहोला ।' कुरा छिनिएपछि हलमा भेला भएका दुवै पक्षका सय हाराहारी आफन्तले ताली बजाउँदै बिहेको छिनोफानो भएकोमा स्वागत गरे ।
हिन्दु विधिअनुसार केटीका ५३ वषर्ीय बुवा अजयकुमारले हुनेवाला ज्वाइँलाई पानसुपारी दिनुपर्ने बेला भयो । पुरेतले पानसुपारी दिन भनेपछि बेहुलाको बदला उनका ६० वषर्ीय बुवा हरिहर अघि सरे । यो दृश्य देखेपछि आफन्तजन चकित पर्दै मुखामुख गर्न थाले, 'वर/कन्या खोइ त ?'