कलेज पढ्ने हुन् वा जागिरे तन्नेरी हरेकको सपना डिभी चिठ्ठामार्फत अमेरिका जाने हुन्छ । त्यो चाहनालाई अमेरिकन गि्रन कार्डले पूर्ति गरिदिएको छ । विभिन्न पेसा, व्यवसायमा संलग्न युवाहरू स्वदेशको कमाइबाट सन्तुष्ट नभएपछि अमेरिका जान पाइने आसमा डिभी फारम भरिरहेका छन् ।
राम्रो सेवा-सुविधासँगै 'डलर' मा तलब पाइने आसमा हरेक वर्ष खुल्ने अमेरिकन गि्रन कार्ड चिठ्ठामा आकषिर्त हुँदै छन् । यतिबेला सहरका होर्डिङ बोर्डदेखि डिभी फारम भर्ने संस्थाहरूमा अमेरिका जाने सुवर्ण अवसर लेखिएको प्रचार गरेर डिभी फारम भर्न आकषिर्त गराइएको छ । यही भएर त यी स्थानहरूमा तन्नेरीहरूको बिहानदेखि बेलुकासम्म डिभी भर्न तँछाडमछाड हुँदै आएको छ । मुलुकको अवस्थादेखि नैराश्य पैदा गराएपछि भाग्य हेरौं भन्दै पेसा, व्यवसायमा लागेकाहरू पनि डिभी भर्न आतुर देखिएका छन् । काम गरेअनुरूपको तलब सुविधा नपाउनु र मुलुकको राजनीतिक अवस्थाका कारण पेसा-व्यवसायमा संलग्न युवाहरू अमेरिकन गि्रन कार्ड चिठ्ठा भरेर अमेरिकामा बसोबास र रोजगारको सुनौलो अवसर खोजिरहेका छन् ।