Showing posts with label edu. Show all posts
Showing posts with label edu. Show all posts

कति चाहिन्छ विश्वविद्यालय ?

                                                              - अनमोलमणि पौडेल
मुलुकमा ९ वटा विश्वविद्यालय सञ्चालित छन् । तीमध्ये ५ वटामा मात्र विद्यार्थी पढ्छन् । बाँकी चार वटामा उपकुलपतिमात्रै छन् । न तिनको भौतिक संरचना छ न शैक्षिक र प्राज्ञिक प्रस्टता । यसपालिदेखि सञ्चालनमा आएका तीन वटा नयाँ विश्वविद्यालय सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र कृषि तथा वन विश्वविद्यालयमा नियुक्त पदाधिकारीले बस्ने ठाउँसमेत पाएका छैनन् ।
स्थापना भएका विश्वविद्यालय व्यवस्थापन गर्न नसकिरहेका बेला सरकारचाहिँ अरू चार वटा विश्वविद्यालय थप्ने तयारीमा छ । २ करोड ३६ लाख जनसंख्या भएको र हरेक वर्ष करिब २ लाख ५० हजार विद्यार्थी कक्षा १२ उत्तीर्ण हुने नेपालमा आखिर कति वटा विश्वविद्यालय जरुरी छ ?
विश्वविद्यालयहरूको मनलाग्दी स्थापना हेर्दा देखिन्छ, आवश्यकताभन्दा नेताको खल्तीबाट विश्वविद्यालय जन्मिरहेका छन् । नक्साङ्कन, क्षेत्र र विषयगत आवश्यकता पहिचान नगरी हचुवाका भरमा विश्वविद्यालय खेल्ने प्रतिस्पर्धा चलेको छ । शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखामा विश्वविद्यालय स्थापनाका लागि परेका आवेदन हेर्दा लाग्छ, विस्तारै सहरमा खुल्ने उच्चमावि र विश्वविद्यालयमा कुनै फरक छैन । भौतिक, प्राज्ञिक र शैक्षिक प्रस्टता बिनै विश्वविद्यालयका बोर्ड झुन्ड्याउन देशका नेताहरू आतुर छन् ।
सञ्चालनमा रहेका ५ विश्वविद्यालयमध्ये विद्यार्थीको भारचाहिँ देशको जेठो त्रिभुवन विश्वविद्यालयमै बढी छ । त्रिविको एउटा तथ्याङ्कअनुसार प्ल टु उत्तीर्णमध्ये करिब सवा लाख विद्यार्थी त्रिविमा स्नातकमा भर्ना हुन्छन् । काठमाडौं, पोखरा र पूर्वाञ्चल विश्वविद्यालयमा विद्यार्थी संख्या त्रिविको एउटा आंगिक क्याम्पसमा बराबर छ । लुम्बिनी विश्वविद्यालयले अझै कक्षा चलाउन सकेको छैन ।
काठमाडौं विश्वविद्यालयमा झन्डै ८ हजार, पूर्वाञ्चलमा १४ हजार र पोखरामा करिब ११ हजारको हाराहारीमा विद्यार्थी पढ्छन् । पूर्वाञ्चल र पोखरा विश्वविद्यालय क्षेत्रीय विश्वविद्यालयको अवधारणामा खुले पनि तिनले देशभर सम्बन्धन बाँडेर प्राज्ञिक विकासभन्दा सम्बन्धनको खेतीलाई बढावा दिएका
छन् । काठमाडौं विश्वविद्यालयले धेरै सम्बन्धन त बाँडेको छैन तर सर्वसाधारणको पहँुच यो विश्वविद्यालयमा सम्भवनै छैन । यसरी विश्वविद्यालय खुल्ने क्रम बढे पनि त्रिविको विद्यार्थी भार घट्नुको साटो बढेको बढ्यै छ । यस्तो बेला विश्वविद्यालयमात्रै खुल्नु कति ठीक हो ?

नोबेल पुरस्कारका हस्तिहरुबारे केही कुरा

यस पटकको नोबेल पुरस्कारको घोषणाले बिश्वमै ठूलो हलचल ल्याएको छ। नोबल पुरस्कारका हस्तिहरुका बारेमा बिभिन्न चर्चा परिचर्चाहरु भैरहेका छन्। अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले हालै सार्बजनिक गरेका बिबरणहरु अनुसार स्कयान्डिनेभियाका सबैभन्दा परिचित जीवित कवि टोमस ट्रान्सट्रोमरले मानवको आत्मा र वाह्य विश्वसँगको सम्बन्धका विषयमा अनुसन्धान गरेबापत उहाँलाई सन् २०११ को साहित्यका लागि नोबेल पुरस्कार प्रदान गरिएको छ। मनोविज्ञानको तालिम लिनुभएका ट्रान्सट्रोमर प्रकृतिको कवितात्मक परीक्षणले मानव पहिचान तथा त्यसको आध्यात्मिक पक्षको अनुभूति गराउने र प्रायः यस्तो अवस्थामा अमूर्त क्षेत्रमा प्रवेश गरिने बिचार राख्नुहुन्छ। मानवको अस्तित्व उसको छुवाईसम्म मात्र अन्त्य हुँदैन भन्ने उहाँको ठम्याई छ। ट्रान्सट्रोमरको ख्याति अङग्रेजी बोल्ने विश्वमा उहाँ का अमेरिकी कवि रोबर्ट ब्लीसँगको सम्बन्धमा आधारित छ र उहाँले नै ट्रान्सट्रोमरको कवितालाई अनुवाद गरिदिनुभएको हो। त्यसो त ट्रान्सट्रोमरका कविता ५० भाषामा अनुवाद भइसकेका छन्।
उहाँको कविता लाक्षणिकता, चित्रात्मकता तथा दैनिक जीवन तथा प्रकृतिको सामान्य चित्रकारीबाट पूर्ण छन्। उहाँका आत्ममूल्याङ्कन शैलीलाई पब्लिसर्स विक्लीले सामान्य बुझाईभन्दा पृथक, अनेक आयामयुक्त तथा उहाँको जीवनभन्दा दुःखी रहेको बताएको छ। यसले मात्रै कविता लेख्नुभन्दा राम्रो विश्वका लागि निरन्तर रूपमा सक्रिय हुन निरन्तर वचनवद्धता देखाउँछ। सन् १९३१ को अप्रिल १५ मा स्टकहोममा जन्मनुभएका ट्रान्सट्रोमरलाई बाबुले परित्याग गरेपछि आमाले एक्लै हुर्काउनु परेको थियो। उहाँले सन् १९५६ मा मनोविज्ञानमा स्नातक गर्नुभयो र सन् १९६० मा बालअपराधीहरूका लागि स्थापना गरेको संस्थामा काम गर्नथाल्नुभयो।

टप १० प्लस टु

परीक्षा नियन्त्रण कार्यालयले ६ असारमा सार्वजनिक गरेको एसएलसी परीक्षाको नतिजा अनुसार २ लाख ३० हजार ५ सय विद्यार्थी उच्च माध्यमिक तह (प्लस टु)मा अध्ययनका लागि योग्य भएका छन्। एसएलसीपछिको एक मात्र राष्ट्रिय शैक्षिक कार्यक्रम रहेकाले सबैजसो विद्यार्थीका लागि अनिवार्य बनेको छ, प्लस टु। एसएलसी नतिजाको प्रतीक्षा सकिएपछि विद्यार्थीहरू राम्रा उच्च माविको खोजीमा व्यस्त छन्। मुलुकभर सामुदायिक, क्याम्पस र निजी विद्यालय गरी तीन हजारभन्दा बढी उच्च माविहरू नयाँ भर्नाको चटारोमा छन्। तिनै विद्यार्थी र अभिभावकको सहजताका लागि यस वर्ष पनि नेपालले विगत वर्षझैँ चार वर्षको नतिजा विश्लेषणका आधारमा उत्कृष्ट उच्च मावि छनोट गरेको छ।

अध्ययन: तान्दैछ गार्डेन सीटीले (बैङ्लोर)

काठमाडौँमा ए-लेभल सक्दानसक्दै अमेरिका उड्ने भनेर धमाधम स्याट परीक्षाको तयारी गररिहेका नीतिश कार्कीले आफ्नो योजना त्यतिबेला बदले, जतिबेला उनलाई कसैले भारतको 'गार्डेन सीटी' अर्थात् बैङ्लोरका बारेमा सुनाइदियो। बूढानीलकण्ठ स्कुल अध्ययन गरेका १९ वर्षे कार्की यतिबेला बैङ्लोरमै छन्। "घर छोडेर धेरै टाढा पनि जान नसक्ने तर पश्चिमा शैलीको पढाइ खोज्ने नेपाली विद्यार्थीका लागि बैङ्लोर निकै उपयुक्त छ," उनी भन्छन्, "त्यसबाहेक यहाँको पढाइ खर्च सस्तो र भर्ना पाउन पनि सजिलो छ।"कार्कीले भनेजस्तै विशेषताका कारण पछिल्ला दिनमा बैङ्लोरमा नेपाली विद्यार्थी आगमन बाक्लिएको छ। कतिपय विद्यार्थी थोरै समयमा सकिने कोर्सका कारण पनि यतातिर आकषिर्त भएका छन्। जस्तो- कार्की चार्टर्ड एकाउन्टेन्ट
-सीए) र बिजनेस म्यानेजमेन्ट -बीबीएम) एकैपटक पढ्न चाहन्थे। उनको यो चाहना यहाँ सम्भव भएको छ। "दुवै विषय फरकफरक समयमा पढ्न नौ वर्ष लाग्थ्यो मलाई। तर, यहाँको विशेषता भन्नु नै दुवै कोर्स पाँच वर्षभित्र पूरा गर्न सकिनु हो," उनी भन्छन्, "मजस्ता थुप्रै विद्यार्थी यहाँ छन्।"

महँगो ए लेभल

पछिल्लो समय सञ्चार माध्यममा देखिने 'ए लेभल' को विज्ञापन हेर्दा लाग्छ- उनीहरूका लागि कुनै आचारसंहिता चाहिँदैन । नेपालको उच्च माध्यमिक तह सरहको ए लेभलले एससएलसी नतिजापूर्व नै भर्नाको विज्ञापन गर्दा पनि कसैले वास्ता गरेको छैन ।
एसएलसी नतिजा आउन करिब एक महिना बाँकी छ । अहिलेदेखि नै काठमाडौं उपत्यकाका अधिकांश ए लेवल सञ्चालन गर्ने कलेज सेमिनार र विज्ञापन गरेर विद्यार्थी तान्न लागिपरेका छन् । आमअभिभावक पनि महँगो शिक्षा राम्रै हुने ठान्छन् । छोराछोरीको इच्छाका निम्ति उनीहरू खर्च गर्न तत्पर छन् ।
नियमन गर्ने निकाय शिक्षा मन्त्रालय भने ए लेभलप्रति विद्यार्थी आकर्षण बढेको भन्दै नयाँ नीति कार्यान्वयन गर्ने तयारीमा छ । नयाँ नीतिअनुसार मापदण्ड पूरा गर्ने राजधानीबाहिरका कलेजलाई ए लेभल सञ्चालन प्राथमिकता दिइने मन्त्रालयका सहसचिव महाश्रम शर्माले जनाएका छन् । मापदण्ड पूरा गर्ने कलेजलाई क्याम्बि्रज विश्वविद्यालयको कोर्स सञ्चालन गर्न दिनेबारे बि्रटिस काउन्सिलसित सहमति भएको समेत उनले जनाएका छन् ।

ए लेभलमा आकर्षण बढ्यो

बूढानिलकण्ठ स्कुलले २७ वर्षअघि २७ जना विद्यार्थी लिएर 'ए लेभल' कक्षा सुरु गरेको थियो। यो इतिहास हो, अहिले करिब ५ हजार विद्यार्थी ए लेभलको  कक्षा लिन्छन्। नेपालमा बस्ने विदेशी कूटनीतिज्ञका छोराछोरीका निम्ती भित्र्याइएको यो शिक्षा अहिले सहरिया नेपाली विद्यार्थीको पहुँचमा पुगेको छ।
बेलायतस्थित विश्वप्रसिद्ध क्याम्बि्रज विश्वविद्यालयको जेनरल सर्टिफिकेट अफ एजुकेसन -जिसिई) कार्यक्रमअन्तर्गत सञ्चालन हुने यो शैक्षिक कार्यक्रममा  थुप्रै नेपाली विद्यार्थीले 'वल्र्ड टप' गरेका छन्। जसले 'नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा हासिल गर्न सकिन्छ' भन्ने कुरालाई बल पुर्‍याएको छ। नेपालमा  ए लेभल शिक्षालाई अनुगमन गरिरहेको बि्रटिस काउन्सिलले जनाएअनुसार वि्रटिस काउन्सिलअन्तर्गत ए लेभलको शिक्षा उपलब्ध गराउने शिक्षण संस्थाको  संख्या २८ पुगिसकेको छ। यो संख्या थपिने क्रममा छ। यसवाहेक क्याम्बि्रज युनिभर्सिटीसँग रजिस्टर्ड भएर स्वायत्त रूपमा चारवटा स्कुल द बि्रटिस स्कुल,  बूढानीलकण्ठ स्कुल, काठमाडौं इन्टरनेसनल स्टडी सेन्टर तथा रातो बंगला स्कुल संचालित छन्। ए लेभल शिक्षामा नेपाली विद्यार्थीको आकर्षण मात्र  बढेको छैन, नेपाली विद्यार्थीले उत्साहजनक नतिजासमेत निकाल्दै आएका छन्।

अन्तिम हुनु अन्त्य होइन

अंग्रेजीमा एउटा भनाइ प्रचलित छ। लास्ट वट नट द लिस्ट' अर्थात् जो अन्तिम हुन्छ त्यो सबैभन्दा कम महत्त्वको होइन। यसको अर्थ पनि उत्तिकै मूल्यवान् र महत्त्वपूर्ण छ, अर्थविहीन होइन। हामीमध्ये धेरैले अन्तिम हुनुलाई अन्त्यका रूपमा लिएका हुन्छौं। शब्द उस्तै लागे पनि र समान देखिए पनि अन्तिम हुनु तथा अन्त्य हुनुको अर्थबीच आकाश-जमिनको फरक छ। शब्दबीच भेद वा अन्तरलाई नबुझ्दा मानिसहरू आफ्नो स्वर तथा क्रियाकलापबीच पनि अन्तर पैदा गर्न सक्दैनन्। अन्तिम हुनु के कुराको प्रमाण हो भने त्यो स्थिति स्थायी छैन। किनभने त्यो स्थिति कुनै क्रम भएर गुजि्रएको हुन्छ र जुन आज अन्तिम छ भोलि त्यही नै प्रथम बन्न सक्छ। अन्तिम हुनुले के बताउँछ भने अझै पनि परिवर्तनको सम्भावना बाँकी छ। जुन कारणबाट अन्तिमको स्थितिमा पुगिन्छ, ती कारणलाई मनन गरेर भोलि हुने र घट्न सक्ने परिणामलाई परिवर्तन गर्न सकिन्छ वा त्यो परिणाम आउन नदिने प्रयास गर्न सकिन्छ।

बेलायतमा निजी कलेजका विद्यार्थीले काम गर्न नपाउने

बेलायत सरकारले टियर फोरअन्तर्गत पढ्न आउने विद्यार्थीका लागि अनुदार शिक्षा नीति सार्वजनिक गरेको छ। गृह मन्त्री टेरेसाले उद्‍घोष गरेअनुसार यहाँका निजी कलेजमा पढ्नेहरुले काम गर्न पाउने छैनन्।मङ्गलबार जारी यो नियमको शिकार व्यक्तिगत लगानीका कलेजसमेत हुने भएका छन। नयाँ नियम २०१२ को अप्रिलसम्म लागू भइसक्नेछ। नियम लागू भएपछि विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीले मात्र काम गर्न पाउने भएका छन्। सामुदायिक कलेजमा पढ्ने विद्यार्थीको हकमा भने सीमित अवधि काम गर्ने अनुमति दिइनेछ। अन्य निजी क्षेत्रबाट सञ्चालित कलेजलाई तिनीहरुको क्षमताअनुरुप अति विश्वसनीयको दर्जा दिइनेछ तर त्यस्ता कलेजमा पढ्न आउने विद्यार्थीले काम गर्न भने पाउने छैनन्। यसअघि विद्यार्थीले पाउँदै आएको सुविधा अर्थात् 'पोष्ट स्टडी वर्क' पनि हटाइनेछ।

अब १० कक्षासम्म पाठ्यपुस्तक निःशुल्क

आगामी शैक्षिक सत्रदेखि सार्वजनिक विद्यालयका नौ र १० कक्षाका विद्यार्थीलाई पनि निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ । शिक्षा मन्त्रालयले विद्यालय शिक्षालाई निःशुल्क गर्दै लैजाने नीतिअनुसार दुवै कक्षाका पाठ्यपुस्तकका लागि करिब ३७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अन्तरिम संविधानमा विद्यालय शिक्षालाई निःशुल्क गर्दै जाने उल्लेख भएको र सर्वोच्च अदालतले समेत त्यस्तै आदेश दिएका कारण मन्त्रालयले पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने कार्यक्रम ल्याएको हो । शिक्षा विभागका कार्यक्रम तथा बजेट शाखा प्रमुख दीपक शर्माका अनुसार यस वर्षका लागि नौ र १० कक्षाका ६ लाख ५६ हजार चार सय २४ विद्यार्थीलाई पाठ्यपुस्तक निःशुल्क वितरण गरिनेछ ।
पाठ्यपुस्तक खरिदका लागि विनियोजित ३७ करोड ६६ लाख ८८ हजार रुपैयाँमध्ये विद्यार्थीसंख्याका आधारमा सबै जिल्ला शिक्षा कार्यालयमा पठाइएको विभागका कार्यक्रम प्रमुख शर्माले जानकारी दिए । जिल्ला शिक्षा कार्यालयहरूले रकम विद्यालयमा वितरण गर्ने उल्लेख गर्दै शर्माले भने, 'निःशुल्क पुस्तक वितरणबारेमा अख्तियारी पठाइसकेका छौँ ।'


को हो वैज्ञानिक?

वैज्ञानिक कसलाई भन्ने? नेपालमा कति वैज्ञानिक छन्? नेपालको पहिलो वैज्ञानिक को हुन्? नेपाली वैज्ञानिकले समाजलाई के योगदान पुर्‍याए? र समाजमा नेपाली वैज्ञानिक किन अदृश्य छन्? सञ्चारकर्मी र सर्वसाधारणले पंक्तिकारलाई प्रायः सोध्ने गरेका प्रश्न हुन् यी।
वैज्ञानिकको सर्वमान्य परिभाषा छैन। नेपालमा विज्ञान विषयमा उच्च शिक्षा हासिल गरेका सबै व्यक्तिलाई वैज्ञानिक भन्ने चलन छ। तर विकसित देशमा प्रकृतिका नियमबारे मौलिक अध्ययन र अनुसन्धान गरी त्यसका रहस्य पत्ता लगाएर नयाँ ज्ञानको सिर्जना गर्ने व्यक्तिलाई वैज्ञानिक (साइन्टिस्ट) भन्ने गरिन्छ। उदाहरणका लागि हिजोआज नेपालमा लाली गुँरासलगायत कतिपय वनस्पतिको फूल फुल्ने मौसममा परिवर्तन आएको विज्ञहरू बताउँछन्। यसो हुनुको कारण मौसम परिवर्तन भएको विश्वास गरिन्छ। तर यसको ठोस प्रमाण भने छैन। कुनै वनस्पतिको फूल फुल्ने मौसममा देखिएको परिवर्तन सामान्य व्यक्तिले पनि पत्ता लगाउनसक्छ। त्यसैले त्यस प्रकारको अवलोकन गर्दैमा सही अर्थमा कोही वैज्ञानिक बन्दैन। अध्ययन र अनुसन्धान गरी प्रमाणसहित त्यसको रहस्य र सही कारण पत्ता लगाउन सक्षम व्यक्तिलाई मात्र वैज्ञानिक भन्न सकिन्छ। तसर्थ, विज्ञानमा उच्च शिक्षा हासिल गर्दैमा सबै स्वतः वैज्ञानिक बनिहाल्दैनन्। वैज्ञानिक बन्न निरन्तर अध्ययन–अनुसन्धान गर्नुपर्छ।

डिग्रीमोहले डुबान

गतसाता काठमाडौँको त्रिपुरेश्वरस्िथत वल्र्ड ट्रेड सेन्टरमा बि्रटिस काउन्सिलको आयोजनमा बेलायतका कलेज तथा विश्वविद्यालयको प्रदर्शनी भिन्न प्रकृतिको जिज्ञासासहित पुगेका थिए, चितवनका सुमन श्रेष्ठ।
कसरी भर्ना हुने, काम पाइन्छ कि पाइँदैन, कति कमाउन सकिन्छ भन्नेजस्ता प्रश्नको जवाफ दिन व्यस्त बेलायतबाट आएका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिसमक्ष श्रेष्ठको जिज्ञासा थियो, "अध्ययनका लागि एक वर्षअघि बेलायती कलेजलाई ड्राफ्ट गरेर पठाएको करबि पाँच लाख रुपियाँ फसेको छ। त्यो रकम फिर्ता पाउने उपाय के होला ?"
एक वर्षको दौडधुपले किनारा पाउने आशमा उनी आफूले रकम पठाएको कलेजका प्रतिनिधिलाई भेट्न मेलामा पुगेका थिए। तर, अपेक्षाविपरीत उनले फेर िपनि आश्वासनमै चित्त बुझाउनुपर्‍यो। उनी भन्छन्, "कलेजकै प्रतिनिधिलाई प्रत्यक्ष भेटेपछि केही आश भने जागेको छ।"
त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर सुमनलाई बेलायत जान नपाउँदा जति दुःख लागेको थियो, त्यसभन्दा कैयौँ गुणा बढी सास्ती आफ्नो रकम फिर्ता पाउन उनले खेप्नुपर्‍यो। समयमा रकम नपाउँदा उनको परविार नै तनावमा छ। श्रेष्ठ भन्छन्, "जीवनकै सबैभन्दा ठूलो भूल गरेजस्तो महसुस भएको छ।" उनले आफ्नो रकम फिर्ता पाउन गत वर्ष अधिकांश समय राजधानीमै बिताए । र, कैयौँपटक कन्सल्टेन्सी पनि धाए। तर, हात लाग्यो शून्य।

व्यर्थको आकर्षण

नयाँ शैक्षिक सत्र सुरु हुन लागेको छ। अभिभावकहरू आफ्ना सन्तानलाई राम्रो, सस्तो र स्तरीय शिक्षा दिने विद्यालयको खोजीमा छन्। अभिभावकलाई आकषिर्त गर्न उपत्यकामा अंग्रेजी नामका स्कुलहरू खोलिएका छन्। र, यस्ता स्कुलहरू हरेक वर्ष थपिने क्रम जारी छ। अंग्रेजी माध्यमको शिक्षामा पारंगत भएको छनक दिन यस्ता स्कुलहरूले विश्वप्रसिद्ध विश्वविद्यालय, ठाउँ, वैज्ञानिक र प्रसिद्ध व्यक्तिका नामसमेत उपयोग गर्ने गरेका छन्।
उपत्यकामा क्याम्बि्रज र अक्सफोर्ड नामकरण गरएिका विद्यालयका साइनबोर्ड देख्न थालिएको त धेरै वर्ष भइसक्यो। बेलायत र अमेरकिामा रहेका यस्ता नामका विश्वविद्यालयसँग भने नेपालका यी कलेजको कुनै साइनो छैन। पेन्टागन अमेरकिी रक्षा मन्त्रालयको नाम हो तर नेपालमा यस्तै नामको कलेज छ भन्ने सुन्दा सक्कली पेन्टागनमा काम गर्नेहरू पक्कै पनि छक्कै पर्दा हुन्। नासा अमेरकिी अन्तरक्ष्िा विज्ञानसम्बन्धी संस्था हो। यता नेपालको राजधानी काठमाडौँमा भने नासा कलेज चर्चित छ। उताको नासा एउटा काम गर्छ, यताको नासाले अर्कै।

मुक्तकमा पहिलो विद्याबारिधि मुरारी पराजुली लाई

बुटवल मणिग्राम शब्द सृजना कुञ्ज निवासी श्री मुरारी पराजुलीलाई नेपाली मुक्तकका प्रवृत्तिहरु शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त भएको छ । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत नेपाली विषयबाट उहाँलाई सो उपाधि प्राप्त भएको हो ।
वि.सं. २०२३ मा पाल्पा जिल्लाको तानसेन नगरपालिकामा जन्मिनु भएका पराजुलीले नेपाली मुक्तक विधामा पहिलोपल्ट विद्यावारिधि प्राप्त गर्ने श्रेय प्राप्त गर्नु भएको छ । पराजुली नेपाली साहित्यका क्षेत्रमा समकालीन युवा पुस्ताबीच विशिष्ट शैलीका कविता, लेख र समालोचना विधाबाट बढी परिचित हुनुहुन्छ ।
उहाँका सृजनाका स्वरहरू -सहप्रकाशित कवितासङ्ग्रह, २०४५), आगो पालेका पेट र शीत ओढेका बस्तीहरू -सहप्रकाशित कवितासङ्ग्रह, २०४६), हाँसेर उसका ओठले -कवितासङ्ग्रह, २०६१) र लोकतन्त्रको शङ्खनाद -सहप्रकाशित कवितासङ्ग्रह, २०६२) जस्ता कविताकृति र सयौँ फुटकर लेख तथा समालोचना प्रकाशित छन् ।
उहाँले सिर्जनशील साहित्यिक समाज सम्मान -२०६४), हरिकला-गुणाकर दायित्व रचना पुरस्कार -२०६५), रौतहट साहित्य सञ्जाल सम्मान -२०६५), टेकध्वज खाती-लक्ष्मीदेवी खाती साहित्य सेवा पुरस्कार -२०६६) जस्ता सम्मान/पुरस्कार प्राप्त गरिसक्नु भएको छ । उहाँ प्रगतिशील लेखक सङ्घ, रूपन्देहीका अध्यक्ष पनि हुनुहुन्छ ।

अध्ययन अस्ट्रेलियातिर



अस्ट्रेलिया हरेक विषय अध्ययनका निम्ति विश्वभरिका विद्यार्थीको गन्तव्य बन्दै आएको छ । त्यहाँ नेपाली विद्यार्थीको रोजाइ नर्सिङ, एकाउन्टिङ, बिजिनेसलगायत पर्छन् । प्राविधिक विषयका रूपमा कुकरी, बेकरी, हेयर ड्रेसर, हर्टिकल्चर -बगैंचा, फूलबारी सजावट आदि), कम्युनिटी वेलफेयर, सोसियल/डिजाबिलिटी वर्क, डेन्टल टेक्नोलोजी छन् । यसैगरी अटोमोटिभ, अटोमोबाइल, अप्टिकल टेक्नोलोजी, फर्निचर टेक्नोलोजी पनि हुन् । स्वदेशमा प्लसटु सकेपछि रोजिने विषयमा पर्छन् । सूचना प्रविधि र स्वास्थ्यसँग सम्बन्धित विषयका अतिरिक्त एमबीए, एपीए -मास्टर्स इन प्रोफेसनल एकाउन्टिङ) पनि हुन् ।

पाइलट कसरी बन्ने ?

 

 
 
 
काठमाडौ, पुस १६ - नेपाली आकाशमा जहाज उड्न थालेको ६१ वर्ष भयो । ६० को दशकतिर विदेशी पाइलट मात्रै रहेको नेपाली आकाशमा यतिबेला नेपालीको बाहुल्य छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार नेपालमा पाइलट कोर्सको व्यावसायिक तालिम केन्द्र नभएकाले पछिल्ला वर्ष पाइलट पढ्न नेपाली विद्यार्थी अमेरिका, फिलिपिन्स, दक्षिण अपि|mका, क्यानाडा, अस्ट्रेलियालगायतका मुलुक जान्छन् । चार वर्षअघि नेपालमा व्यावसायिक पाइलट कोर्स पढाउन शिवानी एयरले अनुमति पाएको थियो । तर सञ्चालनमा आएको दुई वर्ष नबित्दै उक्त कम्पनी बन्द भयो । बुद्ध एयरका क्याप्टेन आङगेलु शेर्पाका अनुसार ७० को दशकदेखि पाइलट पढ्न विदेशिने क्रम यतिबेला अमेरिकातिर घट्दै गइरहेको छ भने फिलिपिन्समा बढ्दो छ किनकि अमेरिकाले जुम्ल्याहा भवनमा भएको आक्रमणपछि बाहिरबाट पाइलट कोर्स पढ्न जानेलाई कडाइ गरेको छ ।

एसएलसी प्रश्नपत्र नेपालमै छाप्ने तयारी

 


एसएलसी परीक्षाको प्रश्नपत्र चालू वर्षदेखि नेपालमै छाप्ने तयारी भएको छ । संसद्को लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि शिक्षा मन्त्रालयले नेपालमै प्रश्नपत्र छाप्ने तयारी गरेको हो ।
सरकारी गोप्य सामग्री छाप्ने उद्देश्यले १४ करोडको 'सेक्युरिटी प्रेस' भित्र्याइए पनि एसएलसीको प्रश्नपत्र भने भारतमा छापिने गरेको छ । संसदीय समिति र अख्तियारको निर्देशनपछि भने शिक्षा मन्त्रालयले नेपालमै प्रश्नपत्र छाप्ने विषयमा एक अध्ययन समिति गठन गरेको छ ।
शिक्षा मन्त्रालयका अनुसार प्रश्नपत्र छाप्ने विषयमा जयराम गिरीको संयोजकत्वमा अध्ययन समितिसमेत गठन भएको छ । परीक्षा सञ्चालन बोर्डका अध्यक्षसमेत रहेका शिक्षा मन्त्रालयका सचिव शंकर पाण्डेले भने, 'प्रश्नपत्र नेपालमै छाप्ने निर्णय भइसकेको छैन, तर विभिन्न पक्षको अध्ययन गर्न समिति गठन गरेका छौँ ।'

नेपालमा दुई हजार ८४ पिएचडी डाक्टर

 

image


७० प्रतिशत पिएचडी विदेशबाट



नेपालमा विद्यावारिधि -पिएचडी) उपाधि लिएर विद्याभूषण पदक पाउनेको संख्या करिब दुई हजार एक सय पुगेको छ । विदेशबाट पिएचडी गरेका व्यक्तिको भने यकिन तथ्यांक छैन ।
शिक्षा मन्त्रालयको 'रेकर्ड'मा ०१७ देखि ०६७ सालसम्ममा स्वदेश तथा विदेशका विश्वविद्यालयबाट पिएचडी गरेर विद्याभूषण पदक लिनेको संख्या दुई हजार ८४ पुगेको छ । माओवादी नेता डा. बाबुराम भट्टराईलगायत केही चर्चित व्यक्तिले विदेशबाट पिएचडी गरेका छन् । विदेशका विश्वविद्यालयबाट अहिले पनि ७० प्रतिशत नेपालीले पिएचडी गरेको पाइएको शिक्षा मन्त्रालयले जनाएको छ । उनीहरूले नेपालबाट विद्याभूषण पदक लिएको यकिन तथ्यांक भने छैन ।
पिएचडी गरेर पहिलोपटक विद्याभूषण लिने नेपाली पुरुषोत्तमनारायण सुवाल हुन् । उनले ०१७ मा पिएचडी गरेर 'क' श्रेणीको महेन्द्र विद्याभूषण पदक लिएको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको 'रेकर्ड'मा उनले 'फर्माकोग्नोसिप' विषयमा पिएचडी गरेको उल्लेख छ । त्यति नै वेला त्रिभुवन विश्वविद्यालय स्थापना भए पनि पिएचडी कार्यक्रम भने सुरु भएको थिएन ।