- अनमोलमणि पौडेल
मुलुकमा ९ वटा विश्वविद्यालय सञ्चालित छन् । तीमध्ये ५ वटामा मात्र विद्यार्थी
पढ्छन् । बाँकी चार वटामा उपकुलपतिमात्रै छन् । न तिनको भौतिक संरचना छ न शैक्षिक र
प्राज्ञिक प्रस्टता । यसपालिदेखि सञ्चालनमा आएका तीन वटा नयाँ विश्वविद्यालय
सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र कृषि तथा वन विश्वविद्यालयमा नियुक्त
पदाधिकारीले बस्ने ठाउँसमेत पाएका छैनन् ।
स्थापना भएका विश्वविद्यालय व्यवस्थापन गर्न नसकिरहेका बेला सरकारचाहिँ अरू चार वटा विश्वविद्यालय थप्ने तयारीमा छ । २ करोड ३६ लाख जनसंख्या भएको र हरेक वर्ष करिब २ लाख ५० हजार विद्यार्थी कक्षा १२ उत्तीर्ण हुने नेपालमा आखिर कति वटा विश्वविद्यालय जरुरी छ ?
विश्वविद्यालयहरूको मनलाग्दी स्थापना हेर्दा देखिन्छ, आवश्यकताभन्दा नेताको खल्तीबाट विश्वविद्यालय जन्मिरहेका छन् । नक्साङ्कन, क्षेत्र र विषयगत आवश्यकता पहिचान नगरी हचुवाका भरमा विश्वविद्यालय खेल्ने प्रतिस्पर्धा चलेको छ । शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखामा विश्वविद्यालय स्थापनाका लागि परेका आवेदन हेर्दा लाग्छ, विस्तारै सहरमा खुल्ने उच्चमावि र विश्वविद्यालयमा कुनै फरक छैन । भौतिक, प्राज्ञिक र शैक्षिक प्रस्टता बिनै विश्वविद्यालयका बोर्ड झुन्ड्याउन देशका नेताहरू आतुर छन् ।
सञ्चालनमा रहेका ५ विश्वविद्यालयमध्ये विद्यार्थीको भारचाहिँ देशको जेठो त्रिभुवन विश्वविद्यालयमै बढी छ । त्रिविको एउटा तथ्याङ्कअनुसार प्ल टु उत्तीर्णमध्ये करिब सवा लाख विद्यार्थी त्रिविमा स्नातकमा भर्ना हुन्छन् । काठमाडौं, पोखरा र पूर्वाञ्चल विश्वविद्यालयमा विद्यार्थी संख्या त्रिविको एउटा आंगिक क्याम्पसमा बराबर छ । लुम्बिनी विश्वविद्यालयले अझै कक्षा चलाउन सकेको छैन ।
काठमाडौं विश्वविद्यालयमा झन्डै ८ हजार, पूर्वाञ्चलमा १४ हजार र पोखरामा करिब ११ हजारको हाराहारीमा विद्यार्थी पढ्छन् । पूर्वाञ्चल र पोखरा विश्वविद्यालय क्षेत्रीय विश्वविद्यालयको अवधारणामा खुले पनि तिनले देशभर सम्बन्धन बाँडेर प्राज्ञिक विकासभन्दा सम्बन्धनको खेतीलाई बढावा दिएका
छन् । काठमाडौं विश्वविद्यालयले धेरै सम्बन्धन त बाँडेको छैन तर सर्वसाधारणको पहँुच यो विश्वविद्यालयमा सम्भवनै छैन । यसरी विश्वविद्यालय खुल्ने क्रम बढे पनि त्रिविको विद्यार्थी भार घट्नुको साटो बढेको बढ्यै छ । यस्तो बेला विश्वविद्यालयमात्रै खुल्नु कति ठीक हो ?