Showing posts with label Analysis. Show all posts
Showing posts with label Analysis. Show all posts

राजनीतिको ‘गंगनम स्टाइल’


-गुण  राज लूईटेल
पश्चिमाहरूले पूर्वीय संसारका पुरुषलाई गम्भीरता साथ लिँदैनन्। यहाँसम्म कि तिनीहरू खतरनाक तानाशाह नै भए पनि पश्चिमाले उनीहरुलाई पत्याउँदैनन्। हालैका दिनमा दक्षिण कोरियाका एक जना मोटामोटा कलाकारले पश्चिमाहरूको मथिंगल घुमाइरहेका छन्।
‘गंगनम स्टाइल’ भन्ने शब्द र गीतको बीचमा परेका एकाध ‘हे सेक्सी लेडी’ जस्ता पंक्तिबाहेक बाँकी गीतको अर्थ कोरियाली भाषाका जानकारबाहेक अरुले बुझ्दैनन्। तर, गंगनम स्टाइल यति लोकप्रिय भयो कि यसलाई युट्युबमा अपलोड गरेको तीन महिनामा ६० करोड मानिसले हेरिसकेका छन्। गीतका शब्द कसैले नबुझे पनि यसमा प्रयुक्त नृत्य र शैलीले कोरियाली भाषाइतरका व्यक्तिलाई समेत बुझ्न सहज बनाएको छ। साइ नामका यी कोरियाली कलाकारले अंग्रेजी भाषाइतर बाँकी विश्वलाई एउटा सन्देश पनि के दिए भने भाषा जेसुकै भए पनि चम्किला हीराको चमक कसैले रोक्न सक्दैनन्।
कोरियाली कलाकार हुन् वा नजिकै बिहार बदलिरहेका मुख्य मन्त्री नितिशकुमार, तिनलाई संसारको अर्को कुनामा भएका व्यक्तिले सहजै परख गर्न सक्ने समय हो यो। बस्, राम्रो र रचनात्मक प्रोडक्ट हुनुपर्योा, त्यसले संसारमा शासन गर्न सक्छ। न गैरअंग्रेजीभाषी मुलुक भएर पछि परिन्छ न त गरिब भनेर नै हेपिन्छ।
हामीकहाँ पनि राजनीतिको ‘गंगनम स्टाइल’ केही वर्षदेखि चलिरहेको छ। जसरी कलाकार साइ शौचालयदेखि तबेलासम्म, उपवनदेखि तलाउसम्म ‘गंगनम स्टाइल’मा नाँच्दै हिँड्न सफल भएका छन्, त्यसैगरी हाम्रा नेताहरूले पनि आफूखुसी नृत्य प्रदर्शन गरे पनि यसमा कुनै कला पक्ष छैन। राजनीतिक सहमति र बैठकका चर्चा सुन्दा अधिकांश सर्वसाधारणलाई दिक्क लाग्छ।

नोबेल पुरस्कारका हस्तिहरुबारे केही कुरा

यस पटकको नोबेल पुरस्कारको घोषणाले बिश्वमै ठूलो हलचल ल्याएको छ। नोबल पुरस्कारका हस्तिहरुका बारेमा बिभिन्न चर्चा परिचर्चाहरु भैरहेका छन्। अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले हालै सार्बजनिक गरेका बिबरणहरु अनुसार स्कयान्डिनेभियाका सबैभन्दा परिचित जीवित कवि टोमस ट्रान्सट्रोमरले मानवको आत्मा र वाह्य विश्वसँगको सम्बन्धका विषयमा अनुसन्धान गरेबापत उहाँलाई सन् २०११ को साहित्यका लागि नोबेल पुरस्कार प्रदान गरिएको छ। मनोविज्ञानको तालिम लिनुभएका ट्रान्सट्रोमर प्रकृतिको कवितात्मक परीक्षणले मानव पहिचान तथा त्यसको आध्यात्मिक पक्षको अनुभूति गराउने र प्रायः यस्तो अवस्थामा अमूर्त क्षेत्रमा प्रवेश गरिने बिचार राख्नुहुन्छ। मानवको अस्तित्व उसको छुवाईसम्म मात्र अन्त्य हुँदैन भन्ने उहाँको ठम्याई छ। ट्रान्सट्रोमरको ख्याति अङग्रेजी बोल्ने विश्वमा उहाँ का अमेरिकी कवि रोबर्ट ब्लीसँगको सम्बन्धमा आधारित छ र उहाँले नै ट्रान्सट्रोमरको कवितालाई अनुवाद गरिदिनुभएको हो। त्यसो त ट्रान्सट्रोमरका कविता ५० भाषामा अनुवाद भइसकेका छन्।
उहाँको कविता लाक्षणिकता, चित्रात्मकता तथा दैनिक जीवन तथा प्रकृतिको सामान्य चित्रकारीबाट पूर्ण छन्। उहाँका आत्ममूल्याङ्कन शैलीलाई पब्लिसर्स विक्लीले सामान्य बुझाईभन्दा पृथक, अनेक आयामयुक्त तथा उहाँको जीवनभन्दा दुःखी रहेको बताएको छ। यसले मात्रै कविता लेख्नुभन्दा राम्रो विश्वका लागि निरन्तर रूपमा सक्रिय हुन निरन्तर वचनवद्धता देखाउँछ। सन् १९३१ को अप्रिल १५ मा स्टकहोममा जन्मनुभएका ट्रान्सट्रोमरलाई बाबुले परित्याग गरेपछि आमाले एक्लै हुर्काउनु परेको थियो। उहाँले सन् १९५६ मा मनोविज्ञानमा स्नातक गर्नुभयो र सन् १९६० मा बालअपराधीहरूका लागि स्थापना गरेको संस्थामा काम गर्नथाल्नुभयो।

रेमिटयान्सप्रधान देश



-कमल नेपाली
हामीले नेपाललाई वर्षौंदेखि कृषिप्रधान देश भन्दै आयौं र अहिलेसम्म पनि यही नै भन्ने गरिएको छ तर अब स्थिति त्यस्तो रहेन । के यसको अर्थ नेपाल औधोगिक मुलुक भयो भन्ने हो त ? होइन्ा । औधोगिकरण त नेताहरूको नारामै सीमित थियो र छ । यहाँ अब स्थ्िाति उल्टियो भन्नुको अर्थ हो- नेपालले रेमिट्यान्सप्रधान देशको पहिचान बनाइसकेको छ । रेमटि्यान्सले मुलुकको अर्थतन्त्रमा ओगटेको हिस्साको आधारमा नेपाल संसारकै उत्कृष्ट पाँच देशमध्ये एक भएकैबाट यो बुझ्न सकिन्छ । विश्व बैङ्कले संसारभर आप्रवासको अवस्थ्ाा र विदेशिएका नागरिकले आफ्नो देशमा पठाउने रकमबारे गरेको अध्ययनले यस्तो देखाएको हो ।
नेपाल राष्ट्रबैङ्कका अनुसार २०६२/६३ मा ९३ अर्ब ६९ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो भने ०६३/६४ मा एक खर्ब १ अर्ब ४४ करोड । त्यसै गरी ०६४/०६५ मा नेपाल भित्रिएको रकम एक खर्ब ४२ अर्ब ६८ करोड रुपियाँ थियो भने ०६५/६६ मा दुई खर्ब ९ अर्ब ६९ करोड । यसप्रकार हरेक मा निरन्तर बढिरहेकेा रेमिट्यान्स ०६६/६७ मा दुई खर्ब ३१ अर्ब ७२ करोड पुग्यो । यहाँ पाँच वर्षको अवधिमै रेमिट्यान्स २४० प्रतिशतले वृद्धि भएको देखिन्छ । यो आँकडा रेमिट्यान्स भित्र्याउन सक्रिय बैङ्क र रेमिट्यान्स कम्पनीहरूसँग मात्र सम्बन्धित छ । नेपालमा हुन्डी लगायत अनौपचारिक माध्यमबाट पनि ठूलो परिमाणमा रकम आइरहेको छ तर यसरी वाषिर्क कति रकम आइरहेको छ भन्ने तथ्याङ्क भने सरकारसँग छैन्ा ।

सेप्टेम्बर ११ को सम्झना


-भवानी सुवेदी
सेप्टेम्बर ११ लाई फर्केर सम्झनुपर्‍यो भने बाँच्ने आशामा टि्वन टावरका धेरै माथिका तलाबाट एकसाथ सयौँ मानिसले हामफालिरहेको दृश्य सम्झन्छु म । त्यो अचेतता र तनावको पराकाष्ठा थियो । सन् २००१ को सेप्टेम्बर ११ का दिन अमेरिकाको न्युयोर्कस्थित विश्व व्यापार केन्द्रका जुम्ल्याहा भवनमा भएको आतङ्कवादी आक्रमणबारे प्रसिद्ध अमेरिकी फोटो पत्रकार जेभियर अराउजोले आˆनो संस्मरण आलेखको आरम्भ यसरी गरेका छन् । फोटो पत्रकार जेभियर मात्र होइन टि्वन टावरबाट ६ ब्लक मात्र टाढा रहेका अर्का फोटो पत्रकार सेथ केहेन हुन् वा इतार-तास समाचार संस्थाका संवाददाता युरी किरिल चेढ लगायत सो घटनालाई तस्बिर र अक्षरमा कैद गर्ने सबै सञ्चारकर्मीको संस्मरणमा सेप्टेम्बर ११ को विनाश मानव इतिहासको सर्वाधिक क्रूर परिघटना हो ।
एक दशकअघि अमेरिकी स्वप्न सहर न्युयोर्कस्थित टि्वन टावर र वासिङ्टनस्थित प्रतिरक्षा मन्त्रालय पेन्टागनमा एकैसाथ भएका आक्रमणलाई सबैभन्दा नजिकबाट अध्ययन गर्ने या पत्रकार नै थिए या दमकल कर्मचारी र सुरक्षाकर्मी । यस अर्थमा सो विनाशलीला सन्दर्भमा त्यसबेलाका उनीहरूका संस्मरणात्मक भनाइहरू आधिकारिक मानिन्छन् । संसारकै सर्वाधिक अग्ला भवनमाथिको सो आक्रमणका बीच त्यहाँस्थित हजारौं मानिस ज्यान जोगाउने प्रयत्नमा भागेका थिए भने तीन हजारभन्दा बढीले ज्यान गुमाएका थिए । दशौं हजार अङ्गभङ्ग भए । सो घटनाकै कारण अमेरिकामा सर्वाधिक विक्री हुने 'द वालस्टि्रट जर्नल'को प्रकाशन एक दिनका लागि बन्द भएको थियो । सो घटनामा कतिपय सुरक्षाकर्मी, दमकल कर्मचारी तथा उद्धार सहयोगीहरूले देखाएको साहसलाई लिएर रोचक कथा र टेलिशृङ्खलासमेत सार्वजनिक भएका छन् ।

किन नेपालीहरु एक हुनु पर्छ अब ?

किन नेपालीहरु एक हुनु पर्छ अब ?
 किन अहिले ?
हामी किन यहाँ पुग्यौ ?
Video:
Why we Nepalis have to unite for our better future

अन्तत: एक्लै

एक वर्षअघि मात्रै सेन्टर फर कम्युनिटी डेभलपमेन्ट स्टडिजले भारतको केरलामा गरेको एक अध्ययनको नतिजा सार्वजनिक गरेको थियो। जस अनुसार त्यहाँका बालबालिकाहरूले एटीएम मेसिनअगाडि पुग्दा मात्रै आफ्ना बाबुलाई सम्झने गरेका छन्, अरू बेला बिर्सिन्छन्। ती बालबालिका रोजगारका लागि विदेसिनेहरूका सन्तान हुन्, जसले वर्षौंसम्म आफ्ना बाबुलाई देखेका छैनन् तर उनीहरूले पठाएको पैसाले भरणपोषण गररिहेका छन्।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको अपरिहार्यता

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दुई दशकअघि प्रारम्भिक अध्ययनको थालनी भए पनि सुरुमा भौगोलिक स्वरूपमा उपयुक्त स्थानको चयन गर्नु नै पहिलो प्राथमिकताको विषय बन्यो । यसका लागि तत्कालीन सरकारबाट स्थानीय स्तरको नेपाल इन्जियिरिङ कन्सल्टेन्सी सर्भिसेस (नेपिकन) लाई परामर्शदात्रीेका रूपमा चयन गरी प्रारम्भिक अध्ययन गर्न जिम्मा दिइएको थियो । नेपिकनले आफ्नो प्रारम्भिक सम्भाव्यता अध्ययन कार्य सम्पन्न गरी मुलुकका चितवन, दाङ, नेपालगन्ज, विराटनगर, पोखरा, भैरहवा तथा लुम्बिनीस्थित रुद्रपुरसहित १० स्थानलाई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भावित स्थानका रूपमा चयन गरी नेपाल सरकारसमक्ष प्रतिवेदन प्रस्तुत ग¥यो । उक्त प्रतिवेदनमा प्रस्तावित १० वटै सम्भावित स्थानको प्रारम्भिक सर्वेक्षण गरी बारा जिल्लाको निजगढ क्षेत्रलाई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलका लागि सबैभन्दा उपयुक्त स्थानका रूपमा छनोट गरियो ।

विलक्षण नेतृत्वको खोजीमा छ देश


आर्थिक, सामाजिक, राजनीतिक तथा सुरक्षाको दृष्टिले पनि देश अहिले सङ्कटको स्थितिबाट गुजि्ररहेको छ । आर्थिक परिसूचकहरू झन् ओरालो लागेका छन् । उत्पादन, सार्वजनिक वित्त, मौदि्रक आदि कुनै पनि क्षेत्र सकारात्मक दिशाबाट गुजि्ररहेका छैनन् । सन् २००९ मा अत्यन्तै नाजुक र नकारात्मक अवस्थामा पुगेको विश्व अर्थतन्त्रसमेत सन् २०१० मा मन्दगतिमै भए पनि सुधारको दिशामा अगाडि बढेको छ । सन् २०११ म्ा विश्वको आर्थिक वृद्धिदर ४.४ प्रतिशतले हुने अनुमान अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले गरेका छन् । यद्यपि चीन र अन्य देशमा भएको मुद्रास्फीतिको बढोत्तरीले विश्वलाई केही चिन्तित तुल्याए पनि अवस्था निराशाजनक भने छैन तर नेपालको अवस्था अस्पतालको सामान्य शैयाबाट आइसीयुमा सारेको बिरामीको जस्तो भएको छ । चालुवर्षको आर्थिक वृद्धिदर चार प्रतिशतभन्दा तल र्झने सङ्केत देखिएको छ । तर मुद्रास्फीतिको वृद्धिदर भने दुई अङ्कबाट तल र्झने छाँटकँाट छैन ।

संविधान बन्दैन भने समय किन थप्ने ?


मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको पाँच वर्ष पूरा भएको छ । यतिखेर यसको उपलब्धि के कस्तो रहृयो र यसबाट नेपाली समाज कुन रूपमा सन्तुष्ट छ भन्ने सन्दर्भमा विभिन्न कोणबाट विश्लेषण हुनथालेका छन् । लोकतन्त्रको स्थापनाले मुलुक निरङ्कुशता र शोषणबाट मुक्त भएर नयाँ युगमा प्रवेश गरेको पनि छ । त्यही लोकतान्त्रिक जन-आन्दोलनको सफलताले २३७ वर्ष लामो निरङ्कुश राजसंस्थाको अन्त्य गरेर नेपाली जनतालाई सार्वभौम नागरिक बनायो पनि । राजनीतिक परिवर्तनका हिसाबले यो ठूलो फड्को हो तर यो परिवर्तनसँगै नेपाली समाजको इच्छा, अपेक्षा कुन रूपमा पूरा भए र यसबीचमा दलहरूले आफ्नो जिम्मेवारी कुन ढङ्गबाट कसरी निर्वाह गरे भन्ने कुराले पनि महत्व राख्छ । यस अर्थमा लोकतन्त्रको पाँच वर्ष कस्तो रहृयो भनेर विचार विमर्श हुनु अस्वाभाविक होइन । लोकतन्त्र सबैभन्दा उत्तम शासन व्यवस्था हो तर जनताको जीवनस्तरमा सुधार आउनसकेन भनेर यसको उपहास गर्ने वा कुनै व्यक्ति र दलका असफलतालाई व्यवस्थासँग जोडेर हेर्नु न्यायोचित हुनसक्दैन । महँगी, भ्रष्टाचार, अभाव, अशान्ति, राजनीतिक अस्थिरता, बेरोजगारी जस्ता कुराको सिर्जना व्यवस्थाले गर्ने होइन, यो व्यवस्था सञ्चालनमा बसेकाहरूबाट हुने कुरा हो । नेतृत्वमा बसेकाहरूको लापरवाहीलाई व्यवस्थासँग तुलना गर्न पनि मिल्दैन ।

कृषिमा सम्भावनाको खोजी

करिब ७० प्रतिशत जनता कृषिमा आश्रति भएको देश नेपाल । तर विडम्वना यही मुलुकका ४० प्रतिशतभन्दा बढी किसान परिवारले वर्षभरि पुग्ने अनाज अभावमा बेसाएर गुजारा गर्नुपर्छ । निर्वाहमुखी कृषि प्रणालीलाई कसरी व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउने भन्नेतर्फ पहल नहुनुको परिणाम हो यो । जनताको जीवनस्तर उकास्ने मुख्य क्षेत्र सधँै ओझेलमा परिरहृयो । कृषिप्रधान देशको किसानका भकारीमा बर्षदिन खान पुग्ने अन्न हुँदैन भने यो भन्दा दुर्भाग्य अरू के हुन सक्छ ?यसो हुनुमा स्पष्ट कारणहरू छन् । पहिलो त कृषिमा आधुनिकीकरण भएन । बाउबाजेेले जुन हलोले जातेेका थिए नातिको पालामा पनि त्यही हलो प्रयोग भएको छ । नर्बेका किसान र यहाँका किसानको तुलना गरौँ । त्यहाँ त जोत्ने, मल र बीउ छर्ने, पाकेपछि काट्ने सबै काम मेशिनले नै गरिँदोरहेछ । त्यहाँका तीन सय हेक्टरसम्म जमिनमा खेतीका सबै काम एक दुई जनाले नै भ्याउँदा रहेछन् । थोरै मान्छे छन् तर उब्जाउँछन् सात समुद्र पारिसम्म बाँड्न पुग्ने गरी । बाँकी जनता उद्योगधन्दा, विज्ञानप्रविधि र विकास-निर्माणमा लाग्न पाएका छन्, देशले उन्नति गरेको छ ।  

गतिरोधका सात गाँठा

ज्ञानेन्द्र शाहले 'दलहरूको मार्गचित्रमा चल्ने' त्यो प्रख्यात सम्बोधन पढेको आइतबार पाँच वर्ष पुग्दै छ । उनी नागरिक भएका छन् र देश संघीय लोकतान्त्रिक गणतन्त्र । तर गणतन्त्रलाई स्थायी र संस्थागत बनाउने प्रयास अघि बढ्न सकेका छैनन् । लोकतन्त्र पुनस्र्थापना हुँदाको जनउत्साह जननिराशामा बदलिँदै छ । किन ? कहाँ चुक्यो राजनीतिक नेतृत्व ?
१. कमजोर नेतृत्व
भनिन्छ, राजनीतिज्ञले आउँदो चुनावलाई हेर्छ भने राजनेता -स्टेट्सम्यान) ले आउँदो पुस्तालाई हेर्छ । हाम्रा अधिकांश राजनीतिक नेता पहिलो श्रेणीका देखिए । कांग्रेसका युवा नेता गगन थापा भन्छन्, 'हाम्रा शीर्ष नेतृत्व व्यक्तिगत र दलीय आग्रह, स्वार्थभन्दा माथि उठ्नै नसक्ने खालका भए । साँघुरो घेरामा खुम्चिएको नेतृत्वका कारण अग्रगामी राजनीतिलाई संस्थागत गर्न कठिन भइरहेको छ ।'
लोकतन्त्र प्राप्तिपछि मुलुकले चार थान प्रधानमन्त्री पाइसकेको छ ।
 

दिन गन्तीः शान्ति र संविधान

नयाँ सरकार बनेको पाँच हप्ता बित्न लाग्दा पनि शान्ति र संविधानको प्रश्नले अपेक्षित गति लिन सकिरहेको छैन । यसबीच, संविधान निर्माणको काउन्ट डाउन सुरु भइसकेको छ । संविधान निर्माणअगावै शान्ति प्रक्रिया निष्कर्षमा पुग्नुपर्ने बाध्यकारी व्यवस्था छ । यस्तो स्थितिमा बाँकी रहेको ८० दिनको समयसीमाभित्र शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधान निर्माणलाई टुङ्गोमा पुर्‍याउने हाम्रो दायित्व कम्ती चुनौतीपूर्ण छैन ।
त्यसो त, संविधानसभा संविधान निर्माणको ऐतिहासिक दायित्व पूरा नगरी विघटन हुन सक्दैन र अन्तरिम संविधानमा तोकिएको समयावधिभन्दा संविधान निर्माण गर्नु महत्वपूर्ण कुरा हो भनेर सर्वोच्च अदालतले गरेको फैसलाले कैयौँ अनुत्तरित प्रश्नको जवाफ दिने र उत्पन्न आशङ्कालाई मेटाउने काम गरेको छ । तर, सर्वोच्चको यो फैसलालाई तोकिएको दायित्व तोकिएको समयसीमाभित्र पूरा नगर्ने, आफ्नो अकर्मण्यतालाई ढाकछोप गर्ने र विभिन्न बहानाबाजी गरेर संविधानसभाको म्याद थप्ने मौकाको रूपमा दुरूपयोग गर्नु हुँदैन । सर्वोच्चको फैसलाको सार भनेको राजनीतिक रिक्तता पैदा हुन नदिने कुरामा तथा ऐतिहासिक संविधानसभाभन्दा बाहिर गएर संविधान निर्माण गर्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने हदसम्म सीमित छ, संविधानसभाको आयु अनन्तकालसम्म लम्ब्याउने कुरामा होइन ।


को हो वैज्ञानिक?

वैज्ञानिक कसलाई भन्ने? नेपालमा कति वैज्ञानिक छन्? नेपालको पहिलो वैज्ञानिक को हुन्? नेपाली वैज्ञानिकले समाजलाई के योगदान पुर्‍याए? र समाजमा नेपाली वैज्ञानिक किन अदृश्य छन्? सञ्चारकर्मी र सर्वसाधारणले पंक्तिकारलाई प्रायः सोध्ने गरेका प्रश्न हुन् यी।
वैज्ञानिकको सर्वमान्य परिभाषा छैन। नेपालमा विज्ञान विषयमा उच्च शिक्षा हासिल गरेका सबै व्यक्तिलाई वैज्ञानिक भन्ने चलन छ। तर विकसित देशमा प्रकृतिका नियमबारे मौलिक अध्ययन र अनुसन्धान गरी त्यसका रहस्य पत्ता लगाएर नयाँ ज्ञानको सिर्जना गर्ने व्यक्तिलाई वैज्ञानिक (साइन्टिस्ट) भन्ने गरिन्छ। उदाहरणका लागि हिजोआज नेपालमा लाली गुँरासलगायत कतिपय वनस्पतिको फूल फुल्ने मौसममा परिवर्तन आएको विज्ञहरू बताउँछन्। यसो हुनुको कारण मौसम परिवर्तन भएको विश्वास गरिन्छ। तर यसको ठोस प्रमाण भने छैन। कुनै वनस्पतिको फूल फुल्ने मौसममा देखिएको परिवर्तन सामान्य व्यक्तिले पनि पत्ता लगाउनसक्छ। त्यसैले त्यस प्रकारको अवलोकन गर्दैमा सही अर्थमा कोही वैज्ञानिक बन्दैन। अध्ययन र अनुसन्धान गरी प्रमाणसहित त्यसको रहस्य र सही कारण पत्ता लगाउन सक्षम व्यक्तिलाई मात्र वैज्ञानिक भन्न सकिन्छ। तसर्थ, विज्ञानमा उच्च शिक्षा हासिल गर्दैमा सबै स्वतः वैज्ञानिक बनिहाल्दैनन्। वैज्ञानिक बन्न निरन्तर अध्ययन–अनुसन्धान गर्नुपर्छ।