-गुण राज लूईटेल
पश्चिमाहरूले पूर्वीय संसारका पुरुषलाई गम्भीरता साथ लिँदैनन्। यहाँसम्म कि तिनीहरू खतरनाक तानाशाह नै भए पनि पश्चिमाले उनीहरुलाई पत्याउँदैनन्। हालैका दिनमा दक्षिण कोरियाका एक जना मोटामोटा कलाकारले पश्चिमाहरूको मथिंगल घुमाइरहेका छन्।
‘गंगनम स्टाइल’ भन्ने शब्द र गीतको बीचमा परेका एकाध ‘हे सेक्सी लेडी’ जस्ता पंक्तिबाहेक बाँकी गीतको अर्थ कोरियाली भाषाका जानकारबाहेक अरुले बुझ्दैनन्। तर, गंगनम स्टाइल यति लोकप्रिय भयो कि यसलाई युट्युबमा अपलोड गरेको तीन महिनामा ६० करोड मानिसले हेरिसकेका छन्। गीतका शब्द कसैले नबुझे पनि यसमा प्रयुक्त नृत्य र शैलीले कोरियाली भाषाइतरका व्यक्तिलाई समेत बुझ्न सहज बनाएको छ। साइ नामका यी कोरियाली कलाकारले अंग्रेजी भाषाइतर बाँकी विश्वलाई एउटा सन्देश पनि के दिए भने भाषा जेसुकै भए पनि चम्किला हीराको चमक कसैले रोक्न सक्दैनन्।
कोरियाली कलाकार हुन् वा नजिकै बिहार बदलिरहेका मुख्य मन्त्री नितिशकुमार, तिनलाई संसारको अर्को कुनामा भएका व्यक्तिले सहजै परख गर्न सक्ने समय हो यो। बस्, राम्रो र रचनात्मक प्रोडक्ट हुनुपर्योा, त्यसले संसारमा शासन गर्न सक्छ। न गैरअंग्रेजीभाषी मुलुक भएर पछि परिन्छ न त गरिब भनेर नै हेपिन्छ।
हामीकहाँ पनि राजनीतिको ‘गंगनम स्टाइल’ केही वर्षदेखि चलिरहेको छ। जसरी कलाकार साइ शौचालयदेखि तबेलासम्म, उपवनदेखि तलाउसम्म ‘गंगनम स्टाइल’मा नाँच्दै हिँड्न सफल भएका छन्, त्यसैगरी हाम्रा नेताहरूले पनि आफूखुसी नृत्य प्रदर्शन गरे पनि यसमा कुनै कला पक्ष छैन। राजनीतिक सहमति र बैठकका चर्चा सुन्दा अधिकांश सर्वसाधारणलाई दिक्क लाग्छ।