Showing posts with label Butwal. Show all posts
Showing posts with label Butwal. Show all posts

‘गन्तव्य लुम्बिनी’ किन लेखियो ?


Gantabya Lumbini (Destination Lumbini)
न्युरोड, काठमाडौंस्थित नेपाल–भारत सांस्कृतिक केन्द्रको पुस्तकालयमा बौद्ध सम्पदास्थल सम्बन्धी एउटा डकुमेन्ट्री प्रदर्शन हुँदै थियो । त्यहाँ अचानक विवाद उठ्यो । विवादले चर्को रूप लियो । प्रश्न थियो, बुद्ध कहाँ जन्मेका हुन् ? डकुमेन्ट्रीमा बुद्धको जन्म भारतको उत्तरी सीमामा भएको भनिएको थियो भने लुम्बिनी भनेर देखाएको दृश्य चाहिँ नेपालकै थियो । कुरा स्पष्ट थियो– भारतको उत्तरी सीमा भनेर कपिलवस्तुलाई भनिएको हो । प्राचीन कपिलवस्तु वर्तमान अवस्थामा नेपाल र भारत दुई देशमा विभाजित छ । दुवै देशमा विभाजित कपिलवस्तुलाई आआफ्नो भूभागको कपिलवस्तुलाई मात्रै ‘कपिलवस्तु’ भनेर दुबै देशका एक वर्ग दावी गर्दै आइरहेका छन् । फेरि नेपालमा अर्को वर्ग पनि छ, कपिलवस्तु र लुम्बिनी एकै हो भनेर बुझ्ने । अनि, जब भारतको पिप्रहवालाई कपिलवस्तु भनिन्छ, तिनीहरू बुद्धको जन्मस्थलमाथि भारतले दावी ग¥यो, नक्कली लुम्बिनीको निर्माण गर्दैछ वा झुठो प्रचार ग¥यो भन्दै सार्वजनिक रूपमा नै कुर्लन थाल्छन् । यसै विषयमा नेपाली पत्रकारिताले पनि थुप्रै शब्द खर्चिसकेको छ  । डकुमेन्ट्री प्रदर्शनका बेला पनि यही कुराको पुनरावृत्ति भएको थियो । आफ्नो बुझाइअनुसार आपत्ती जनाउने एक नेपाली युवती थिइन् ।पुस्तकालयका एक युवा कर्मचारीले पूर्व र पश्चिमको दिशा देखाएर ती युवतीलाई सोधे– उसो भए बुद्ध यता जन्मेका हुन् कि उता ? बुद्ध नेपालमा जन्मेका हुन् भनी दावी गर्ने ती युवतीलाई संभवतः लुम्बिनीको भौगोलिक अवस्थितिका सम्वन्धमा जानकारी नै रहेनछ । वा उनी लुम्बिनी पुगेकै थिइनन् । उनी नाजवाफ भइन्, जुरुक्क उठिन् र बाहिरिइन् ।

 बौद्धहरूका लागि लुम्बिनी एक संवेजनीय स्थल हो । बुद्ध स्वयंले पनि यो भनेर गएका छन् । यसै भएर बौद्धहरू लुम्बिनीलाई तीर्थस्थलकै रूपमा लिन्छन् र सकभर जीवनमा एकपल्ट पुग्नै पर्ने स्थलको रूपमा मान्यता छ । गैरबौद्धहरू पनि यसको पर्यटन गर्दछन् । यो बुद्धको जन्मस्थल त पक्कै हो, यसका अतिरिक्त यहाँ थुप्रै कुराहरू पनि हेर्न पाइन्छन् । विभिन्न समयमा भएका बौद्ध गतिविधिहरू हाल पुरातात्विक अवशेषका रूपमा रहेका छन् र यी कुराहरूकै कारण यो क्षेत्र पर्यटकीय गन्तव्य बनेको छ ।


लुम्बिनीमा १४ करोडका विभिन्न योजना बन्दै

बुद्धजन्मस्थल लुम्बिनीमा १४ करोड रुपैयाँबराबरका विभिन्न योजनाको निर्माण कार्य एकसाथ सुरु गरिँदैछन् । लुम्बिनी भ्रमण वर्ष–२०१२ मा लुम्बिनीको प्रचार–प्रसारका साथै विकास निर्माणका कार्यलाई पनि प्राथमिकता साथ अघि बढाउने निर्णयअनुसार योजनाका कामहरू अघि बढेको लुम्बिनी विकास कोषका सदस्यसचिव राजेन्द्रबहादुर थापाले बताए ।
लुम्बिनी गुरुयोजनाअनुसार त्यहाँभित्र विभिन्न नौ योजनाको निर्माण प्रकिया अघि बढिसकेको र सबैको विद्युतीय बोलपत्र (ई–टेन्डर) आह्वान भई काम अन्तिम चरणमा पुगेको थापाले जानकारी दिए ।
लुम्बिनभित्र कोषले एकै साथ सौर्य बत्ती, मोबाइल शौचालय, ब्रिक पेबिंग, बाउड्रिवाल, पार्किङ, पिचलगायतका निर्माण योजना अघि बढाएको हो । सोलार र मोबाइल शौचालय छिट्टै जडान हुने र अन्य पूर्वाधारहरू पनि आउँदो बुद्धजयन्तीअघि नै सम्पन्न गर्ने सोचअनुसार काम अघि बढाएका छौं, सदस्य सचिव थापाले भने । नयाँ योजनाहरूमा सर्कुलरलेभी र केन्द्रीय नहरको दायाँबायाँ सौर्यत्रबत्ती जडान, मोबाइल शौचालय, सर्कुलरलेभीको चारैतिर इँटा छाप्ने, मायादेवी मन्दिरबाट उत्तर सर्कुलरलेभीका द्वारसम्म इँटा छाप्ने, न्यू लुम्बिनी भिलेजतर्फ २ हजार ४ सय मिटरको पर्खाल, बसपार्कमा व्यवस्थित पार्किङ तथा पिच र मोनास्ट्रिकजोनतर्फ जाने बाटोमा कालोपत्रे रहेको कोषले जनाएको छ ।
समयमै निर्माण कार्य सम्पन्न होस् भन्दै कोषले पर्खाललाई आठ÷आठ सय मिटरमा तीन भाग र इँटा छाप्ने कार्यलाई पनि दुई भागमा विभाजन गरी निर्माण गराउने जनाएको छ । सबै निर्माण कार्य माघ महिनाभित्रै सुरु हुने कोषले जनाएको छ ।


भैरहवा औद्योगिक मेलास्थल वाइफाई जोन

-मनोरञ्जन शर्मा

शुक्रबारदेखि हुने दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव स्थल सिद्धार्थ रंगशालामा आयोजकले वाइफाई सेवा सञ्चालनमा ल्याउने भएको छ । मेलास्थललाई वाइफाई जोन बनाइने आयोजक नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रूपन्देहीले जनाएको छ । वाइफाई सेवा सञ्चालनबाट महोत्सवमा सहभागी सबैलाई फाइदा पुग्ने सूचना–प्रविधि उपसमिति संयोजक गिरीशचन्द त्रिपाठीले बताए ।
नेपाल टेलिकमको एडीएसएसल इन्टरनेट सेवालाई मेलास्थलका विभिन्न स्थानमा एन्ेटना राखेर वाइफाई जोन बनाउन लागिएको त्रिपाठीको भनाइ छ । सूचना–प्रविधिलाई प्राथमिकतामा राखिएको जानकारी दिँदै उनले महोत्सवलाई सूचना–प्रविधिसँग जोड्ने लक्ष्य रहेको बताए ।
उनका अनुसार महोत्सवमा सूचना–प्रविधिसँग सम्बन्धित २० वटा स्टल रहनेछन् । स्टलमा नयाँ प्रविधिका डेस्कटप कम्प्युटर, ल्यापटप, ओभरहेड प्रोजेक्टर, मिनी प्रोजेक्टर, एलसीडी मनिटरलगायत विद्युतीय सामग्रीको प्रदर्शनी तथा बिक्री गरिनेछ ।
आजको युग सूचना–प्रविधिबिना अधूरो छ भन्ने सन्देश दिन आफूहरू प्रयासरत रहेको संगठनका अध्यक्ष एवं मेला आयोजक मूल समितिका संंयोजक मनिषकुमार जोशीले बताए  ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको प्रचार–प्रसार उपसमिति संयोजक हेमराज कोइरालाले बताए । उनका अनुसार महोत्सवमा सूचना–प्रविधिका साथै अटोमोबाइल्स, तयारी पोसाक, घरेलु तथा कुटीर उद्योग, हस्तकलालगायत विभिन्न क्षेत्रका गरी २ सय ४० वटा स्टल रहनेछन् । 

रुपन्देहीको बजेटका योजना: जिल्लाको मुहार फेरिने

रुपन्देही क्षेत्र नं. ४ का सभासद एवं रक्षामन्त्री विष्णु पौडेलले रुपन्देहीको समग्र विकासका लागि करौडौं बजेटको योजना पार्नु भएको छ । एमाले सचिव समेत रहेका पौडेलले जिल्लाको विकासका लागि गरेको पहल सार्थक भए जिल्लाको मुहार फेरिने छ । पार्टी जिल्लादेखि केन्द्रसम्म राम्रो पकड बनाएका पौडेलले सरकारमा गएपछि होस् वा बाहिर रहँदा गृह जिल्लालाई उल्लेख्य बजेट छुट्याउन निरन...्तर पहल गर्नु भएको थियो । सोही पहल अनुसार चालु आ.व.को बजेटमा रुपन्देहीमा ठूलो बजेट छुट्टएिको हो । उहाँकै पहलमा सिंगो लुम्बिनी अञ्चलमा चालिस वटा पुल निर्माणका लागि समेत बजेट छुट्टएिको छ । रुपन्देहीमा बजेटले निर्दिष्ट गरेका केही मुख्य योजनाहरु
१) बुटवल - बेलहीया २४ किलो मिटर सडकलाई ६ लेनमा विस्तार गर्न ठेक्का ब्यवस्थापन गरी निर्माणकार्य शुरु गर्ने ।
२) नेपाल - भारत वीच विद्युत ब्यापार प्रयोजनको लागि ४०० के. भि. क्षमताको बुटवल - सुनौली - गोरखपुर प्रशारणलाइनको निर्माण गर्ने ।
३) बुटवल - कोहलपुर १३२ के. भि. प्रशारण लाईन निर्माण गर्ने ।
४) कालिगण्डकी - तिनाउ डार्इभर्सन आयोजनाको संभाब्यता अध्ययनकार्य शुरु गर्ने र विस्तृत परियोजना प्रस्ताव तयार गर्ने ।
५) बुटवल - भैरहवामा एकीकृत फोहोरमैला ब्यवस्थापन केन्द्रको निर्माण गर्ने ।

बुटवलमा २ करोड रुपैयाँ लगानीमा आधुनिक मासु प्रशोधन उद्योग सुरु


विदेशबाट बर्सेनि करोडौं रुपैयाँका खसीबोका र मासु आयात भइरहेका बेला
बुटवलमा २ करोड रुपैयाँ लगानीमा आधुनिक मासु प्रशोधन उद्योग सुरु भएको छ ।
सरकारी मापदण्डअनुसार नेपालकै पहिलो दाबी गरिएको क्वालिटी मासु प्रशोधन उद्योगले भदौ पहिलो सातादेखि व्यावसायिक उत्पादन थालेको हो ।
२०६६ फागुन १० गते बुटवल–१५ बदेलपोखरीमा स्थापना गरिएको उद्योगले चिकन ससेज, बफ ससेज र अस्ट्रिच सिफुडलगायत विभिन्न मासु परिकार उत्पादन गर्छ । हाल लुम्बिनी अञ्चलका ६ जिल्लालाई लक्षित गरी दैनिक ४ क्विन्टलका दरले उत्पादन भइरहेको सञ्चालक कृष्ण पौडेलले जानकारी दिए । निकट भविष्यमै उत्पादन बढाएर नारायणी, गण्डकी र राप्ती अञ्चलमा बजार विस्तार गर्ने लक्ष्य उद्योगको छ ।
करिब ७ कठ्ठा क्षेत्रफलमा फैलिएको उद्योग अवलोकनका लागि जिल्ला पशुसेवा कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । उद्योगले हाल स्थानीय बजारबाट नगन्य मात्रामा खसी पाइरहेको छ । सबैभन्दा बढी भारत र चीनको खासाबाट भेडा, च्यांग्रा आयात गर्ने गरिएको पौडेलले बताए ।

लुम्बिनीलाई स्याटलाइट सहर बनाउने एपेकको घोषणा

लुम्बिनीलाई आधुनिक स्याटलाइट सहरका रूपमा विकास गर्ने एसिया प्यासेफिक एक्सचेन्ज कोअपरेसन -एपेक) का उच्च पदाधिकारीले जानकारी दिएका छन् ।
एपेकका सहअध्यक्ष कोलिन ह्याचमिनसहितको टोलीले बिहीबार लुम्बिनीको स्थलगत भ्रमण गर्दै उक्त जानकारी गराएको हो । 'लुम्बिनीलाई पवित्र तीर्थस्थलका रूपमा आधुनिक स्याटलाइट सहर बनाउने योजना छ,' सहअध्यक्ष कोलिनले पत्रकारहरूसँग भने, 'लुम्बिनीको ऐतिहासिक संरचना, प्राचीन स्मारक र सांस्कृतिक सम्पदा संरक्षण गरी पुरानो गुरुयोजनालाई सघाउँदै आधुनिकीकरण गर्दै जाने लक्ष्य छ ।'
लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल, सडक, रेलवे, सूचना प्रविधि, सञ्चार सेवा पुर्‍याई अत्याधुनिक स्याटलाइट सहर बनाउने योजना राखेको एपेकका सदस्य नरेन्द्र उलकले जनाकारी दिए । नेपालीका तर्फबाट उलक रहेको भ्रमण टोलीमा ८ जना थिए ।
यसअघि एपेकसँग आबद्ध ताइवानको ताइतुङ कम्युनिकेसन कम्पनी लिमिटेड लुम्बिनीमा अत्याधुनिक सञ्चार सुविधासम्बन्धी सहयोग गर्न प्रारम्भिक अध्ययन गरेर फर्किसकेको छ । लुम्बिनीलाई इस्लामको मक्का र इसाईको जेरुसेलमजस्तै पवित्र धार्मिक तथा पर्यटकीय स्थल बनाउने महत्त्वाकांक्षी लक्ष्य एपेकले लिएको छ ।

बुटवलमा नेपालकै सबैभन्दा ठूलो अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुने

बुटवलमा नेपालकै सबैभन्दा ठूलो अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुने भएको छ । बुटवलल नगरपालिका १२ स्थित  बुटवल मण्डपमा बहुबर्षिय योजना अन्तर्गत सरकारले निकट भविष्यमा अत्याधुनिक अन्तराष्ट्रियस्तरको  सम्मेलन केन्द्र निर्माण गर्ने योजना तय गरेको हो। आज  बुटवल नगरपालिकामा सम्मेलन केन्द्रको कन्सेप्ट मास्टर प्लानको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा यस्तो जानकारी दिईएको हो । ७८ करोड लगानीमा निर्माण सम्पन्न गर्ने योजना अनुरुप अहिले सम्मेलन केन्द्रको ‘मास्टर प्लान’(गुरु योजना) लाई अन्तिम रुप दिईने काम भईरहेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

रुपन्देहीमा एसियाकै ठूलो अस्ट्रिज चराको व्यावसायिक फार्म

रुपन्देहीमा एसियाकै ठूलो अस्ट्रिज चराको व्यावसायिक फार्म स्थापना गरिएको छ । अफ्रिकी मुलुकमा पाइने अस्ट्रिजको व्यावसायिक रूपमा उत्पादन सुरु गर्ने यो नेपालकै पहिलो फार्म हो ।

गंगोलिया–१ मा १३ महिनाअघि ६ जना व्यवसायीले स्थापना गरेको यस फार्ममा हालसम्म ३० करोड रुपैयाँ लगानी भइसकेको सञ्चालकले बताएका छन् । अस्ट्रिज उड्न नसक्ने प्रजातिमा सबैभन्दा ठूलो चरा हो । उपभोक्तालाई स्वस्थकर मासु उपलब्ध गराउने र छाला, बोसो र प्वाँखलाई विदेशी बजारमा निर्यात गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने लक्ष्यसहित फार्म खोलिएको अस्ट्रिज नेपाल प्रालिका सदस्य सिपी शर्माले बताए । व्यवसायी सिपी शर्मा, विष्णुप्रसाद ज्ञवाली, डा. शर्मिला शर्मा तथा चितवनका तिलकराज कँडेल, राजेश्वरी कँडेल र रौनक कँडेलको संयुक्त लगानी रहेको यस फार्मको अधिकृत पुँजी १० करोड र चुक्ता पुँजी ३ करोड रुपैयाँ छ । फार्ममा हालसम्म ३० करोड रुपैयाँ लगानी भइसकेको सञ्चालक शर्माले जानकारी दिए ।

लुम्बिनीका उत्कृष्ट होटल तथा रिसोर्टहरू

यसपटक नजिकिँदै गरेको बुद्धजयन्तीका दिन तपाईंले आफ्नो गन्तव्य विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई छान्नुभएको छ र त्यहाँ गएर तपाईंहरू कहाँ बस्ने भनेर हतारिनु भएको छ भने तपाईंहरू आत्तिनु पर्दैन । लुम्बिनीमा तपाईंहरूको बजेटअनुसार एकसेएक होटलहरू सञ्चालित छन् ।
यस पटकको गन्तव्यमा हामीहरूले लुम्बिनीमा सञ्चालित उत्कृष्ट होटल तथा रिसोर्टहरूका बारेमा केही जानकारी पस्केका छौं । लामो दूरी तय गरेर तपाईं लुम्बिनी पुग्दा त्यहाँका होटलहरूले पस्कने आतिथ्यता, सेवा र सुविधाबाट तपाईं प्रसन्न हुने मात्र होइन यात्राका क्रममा भएका थकानहरू पूरा हुनेछन् ।

कोरिया जाने लाई १० % छुट

ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जान भाषा परीक्षाको आवेदन फारम भर्न बुटवल आउनेहरुलाई बुटवलका होटेल व्यवसायीहरुले खाना तथा आवासमा १० प्रतिशत छुट दिने भएका छन् । बुटवलमा पहिलोपटक आवेदन फारम वितरणको अगुवाई गरेको  नेपाल कोरिया विकास परिषद् रुपन्देहीको अनुरोधमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बुटवलले पत्रकार सम्मेलनमार्फत छुट दिने निर्णय गरेको हो । यही बैसाख १९ देखि २२ गतेसम्म कोरिया भाषा परीक्षाको आवेदन फारम बुटवल रामनगरस्थित बुटवल मण्डपबाट वितरण हुंदैछ । देशका विभिन्न भागबाट आउनेहरुलाई थोरै भएपनि राहत पुगोस् भनेर परिषदको आग्रहमा प्रचलित दर रेटमा १० प्रतिशत छुट दिने निर्णय गरेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बुटवलका अध्यक्ष प्रेमलाल पाण्डेले बताउनु भयो । छुट नदिने र उल्टै प्रचलित दर भन्दा बढी रकम लिने व्यवसायीलाई आवश्यक कारवाही समेत गरिने संघले जनाएको छ ।
आवाज बिहिनको आवाज

लुम्बिनीमा अब बुद्धकालीन हरियाली

गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट र मावली रामग्राम (नवलपरासी) मा २५ सय वर्षअघि कुन प्रजातिका रूख थिए होलान् ? तीमध्ये कति प्रजाति बाँकी होलान् ?
एकिन तथ्यांक वन मन्त्रालय र सम्बन्धित जिल्ला वन कार्यालयसँग पनि छैन । तर अनुसन्धानकर्ताहरूले बुद्धकालीन अवस्थाका धेरै रूखका प्रजाति लुम्बिनीबाट हराइसकेको बताएका छन् ।
जर्मनीलगायत विभिन्न मुलुकका अनुसन्धानकर्ताको अध्ययनले सिसौबाहेक त्यतिबेलाका धेरै प्रजातिका रूख/बिरुवा हराइसकेको निष्कर्ष निकालेका छन् । त्यसैले लुम्बिनीलाई बुद्धकालीन रूखका प्रजातिहरूले फेरि हराभरा बनाउने प्रयास थालिएको छ ।
वन तथा भूसंरक्षण र संस्कृति मन्त्रालयका साथै लुम्बिनी विकास कोष त्यो अभियानमा छन् । गौतम बुद्धको समयका पीपल, कदम, जामुन, सीता अशोक, बरलगायत औषधिजन्य र अन्य साधारण वनस्पतिका बिरुवा लुम्बिनी क्षेत्रमा अब रोपिनेछ ।

रुपन्देहीको बजेट सवा ३ अर्ब



रूपन्देही जिल्ला विकास समितिले आर्थिक वर्ष २०६८/६९ का लागि ३ अर्ब २१ करोड ८९ लाख ७ हजार रुपैयाँबराबरको अनुमानित आयव्यय सार्वजनिक गरेको छ ।
भैरहवामा सम्पन्न १८ औं जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी ताराबहादुर कार्कीले अनुमानित आयव्यय सार्वजनिक गर्दै विकास निर्माण, शिक्षा, स्वास्थ्यलगायतलाई प्राथमिकतामा राखिएको बताए । चालू त्रिवर्षीय योजना, राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयबाट प्राप्त निर्देशन एवं मार्गदर्शन तथा स्थानीयस्तरबाट प्राप्त सुझावहरूका आधारमा योजना तर्जुमा गरिएकोे कार्कीले जनाए ।
उनले जिल्लाका निक्षेपित कार्यालय एवं विषयगत कार्यालयहरूको १ अर्ब ९४ करोड ७८ लाख २७ हजार, गैरसरकारी संस्थाहरूको २४ करोड ९२ लाख ७२ हजार र नेपाल सरकार तथा अन्य निकायबाट योजना सञ्चालनका लागि प्राप्त १ अर्ब २ करोड १८ लाख ८ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

बृहत जडिबुटी उद्योग खोल्ने सपना

अमर गैरे शिवशक्ति आरोग्य हर्बल उद्योग, पाल्पा

पाँच वर्षअघिसम्म मेरो जीवनशैली बेग्लै थियो । म साधारण जीवन बाँच्थें ।
आईकम उत्तीर्ण भए पनि पढाइअनुसारको सीप थिएन । तर, समयक्रमसँगै ममा
प्राकृतिक जडिबुटीसम्बन्धी ज्ञान बढ्यो । गाउँघरमा पाइने विभिन्न जडिबुटीलाई औषधि बनाउने सीप सिकें । अहिले मसँग ७ सय २० जडिबुटीसम्बन्धी ज्ञान छ । ६ सय ६५ जडिबुटीको अनुसन्धान म अहिले पनि गरिरहेको छु ।

मैले जडिबुटीबाट स्पेसल चिया, मुटु, पाठेघर, ग्यास्ट्रिक, अल्सर, मृगौला, जन्डिस, दम, फोक्सो, युरिक एसिड, पत्थरी, मधुमेह, पेट, नसा, बाथ, मस्तिस्क क्यान्सरलगायतका रोगको औषधि बनाएको छु । मैले बनाएका औषधि गाउँलेहरूलाई निःशुल्क प्रयोग गर्न दिन्थें । उनीहरूका रोगहरू क्रमशः निको हुँदै गएपछि ममा उत्साह आयो । मैलै बढीभन्दा बढी औषधि उत्पादन गरेर यो कामलाई निरन्तरता दिँदै गएँ ।

लुम्बिनीका पुरातात्त्विक सम्पदा संरक्षणको पहल

भैरहवा, २८ माघ : भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेका प्राचीन तथा पुरातात्त्विक वस्तुको संरक्षणका लागि पहल सुरु गरिएको छ । लुम्बिनीमा रहेको मायादेवीको प्राचीन मूर्ति, अशोक स्तम्भ र मार्कर स्टोनमा जैविक तथा रासायनिक रोग देखिएकाले त्यसको वैज्ञानिक उपचार र संरक्षणको प्रयास गरिएको लुम्बिनी विकास कोषका पुरातत्त्वविद् वसन्त बिडारीले नयाँ पत्रिकालाई बताए ।
 उनका अनुसार नेपाल सरकार, पुरातत्त्व विभाग तथा युनेस्कोको संयुक्त प्रयासमा ऐतिहासिक वस्तुहरूको संरक्षणका लागि पहल थालिएको हो । यसका लागि अन्तर्राष्ट्रिय स्तरका पुरातत्त्वविज्ञ डा. क्यास्किनो मुसीसहितको विषेशज्ञ टोलीले अनुसन्धान गर्नेछ । टोलीले दुई वर्ष ६ महिनाको समयमा लुम्बिनी विकास कोष, पुरातत्त्व विभागका कर्मचारीलाई ऐतिहासिक तथा प्राचीन वस्तुहरूको संरक्षण र देखिएका समस्या समाधान गर्ने उपाय सिकाउने पुरातत्त्वविज्ञ क्यास्किनो मुसीले बताए । लुम्बिनीमा रहेका अशोक स्तम्भ, मार्कर स्टोन र मायादेवीको मूर्तिमा ढुसी, लेउ र अन्य खालका रासायनिक रोग देखिएको उनले जानकारी दिए ।

लुम्बिनीमा थ्रिजी मोबाइल सञ्चालन

नेपाल टेलिकमले लुम्बिनीमा बुधबारदेखि थ्रिजी मोबाइल सेवा सञ्चालन गरेको छ । टेलिकमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भैरहवाले थ्रिजी फोन सञ्चालनका लागि आवश्यक सम्पूर्ण उपकरण जडान गरेपछि सेवा सुरु भएको हो ।
अन्तर्राष्ट्रिय महत्व बोकेको पर्यटकीयस्थल लुम्बिनीमा विदेशी पर्यटकको बाक्लो चहलपहल हुने भएकाले थ्रिजी सेवा सुरु गरिएको टेलिकमले जनाएको छ । “यस क्षेत्रमा भारतीय र स्वदेशी पर्यटकको अत्यधिक आगमन हुने भएकाले यो सेवा सुरु गरेका हौं,” क्षेत्रीय निर्देशनालयका निर्देशक बाबुकाजी शाक्यले भने, “यसले नेपाल पर्यटन वर्षमा लुम्बिनी आउने सबै पर्यटकलाई सेवा दिनेछ ।”
टेलिकमले लुम्बिनीमा व्यावसायिक रूपमा भने थ्रिजी सुरु गरेको छैन । भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर मात्र सेवा शुभारम्भ गरिएको कार्यालयले जनाएको छ । थ्रिजी सिम पनि तत्काल वितरण नहुने शाक्यले बताए । “छिट्टै सिम वितरण गर्ने योजना छ तर समय तोक्न सकिन्न,” उनले भने । थ्रिजी सेवा लिइरहेका पर्यटकले भने यो सेवा पाउनेछन् ।
प्रारम्भमा मायादेवी मन्दिरको सेरोफेरोमा बीटीएस र अन्य उपकरण जडान गरी सेवा सञ्चालन गरिएको र छिट्टै अर्को स्थानमा थ्रिजीका आवश्यक उपकरण र बीटीएस जडान गरिने शाक्यले बताए । थ्रिजी सेवा सञ्चालन भएपछि पर्यटकलाई थप सुविधा हुने र लुम्बिनीको प्रचार–प्रसारमा सहयोगी हुने लुम्बिनी विकास कोषका सूचना अधिकृत हरि राईले बताए ।
टेलिकमले छिट्टै पूर्वाधार खडा गरी भैरहवा र बुटवलमा समेत यो सेवा सञ्चालनको तयारी गरिरहेको जनाएको छ । थ्रिजीमा उच्च गतिको इन्टरनेट हुने भएकाले टेलिभिजन हेर्ने, भिडियो तथा फोटो पठाउने, फेस टु फेस कुराकानी गर्नेलगायतका धेरै सुविधा हुन्छन् । यसअघि टेलिकमले काठमाडौं उपत्यका र पोखरामा यो सेवा सुरु गरिसकेको छ ।

चौथो क्यान इन्फोटेक लुम्बिनी

कम्प्युटर एशोसिएशन अफ नेपाल लुम्बिनी (क्यान लुम्बिनी) को आयोजनामा आगामी माघ ६ देखि ९ गतेसम्म बुटवलमा सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान  इन्फोटेक लुम्बिनी हुने भएको छ । बुटवलको हाटबजारस्थित बालमन्दिरमा हुने चौथो इन्फोटेकमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय १६ स्टल सहभागी हुने तथा  ३ लाख दर्शकले अवलोकन र ५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखेको क्यान लुम्बिनीले जनाएको छ ।

इन्फोटेकमा जापान, कोरिया, भारत, जर्मनी आदि देशमा निर्मित कम्प्युटर, ल्यापटप आदि सूचना प्रविधिसँग सम्बन्धित सामानहरू २० देखि ४० प्रतिशत कम मूल्यमा  उपलब्ध गराउने आयोजकहरूको दाबी छ । गुणस्तरीय सामानहरू एउटै थलोमा उपलब्ध गराएर बजार मूल्यभन्दा सहुलियत मूल्यमा बिक्री गर्ने र विश्वमा विकसित  सूचना-प्रविधिको जानकारी गराउने उद्देश्यले इन्फोटेकलाई निरन्तरता दिन लागिएको अध्यक्ष प्रकाश रानाले साप्ताहिकलाई बताए । ४ हजार ५ सय रुपैयाँको ल्यापटप  विशेष आकर्षण हुने इन्फोटेकमा आईसीटी कन्फरेन्सअन्तर्गत भिलेज कनेक्टिभिटी, डिजिटल सिक्नेचरलगायत नयाँ प्रविधिहरूका सम्बन्धमा गोष्ठी एवं सेमिनारसमेत सम्पन्न गरिनेछ ।

बुटवल, सकियो औद्योगिक मेलाको रमाइलो


रामनगरस्थित बुटवल मण्डपमा १२ दिनसम्म चलेको औद्योगिक व्यापार मेला गत सोमबार सम्पन्न भएको छ । पुस ९ गतेदेखि दिनहुँ राष्ट्रिय कलाकारको प्रस्तुति  एवं विविध सांस्कृतिक कार्यक्रमले मेलालाई रमाइलो बनाएको थियो । दर्शकलाई मनोरञ्जन प्रदान गर्न लोकदोहोरी, आधुनिक, पप एवं हास्यविधाका झन्डै ४० जना चर्चित  कलाकारको मेलाको सुरुदेखि अन्त्यसम्म लर्को लागेको थियो ।

मुक्तकमा पहिलो विद्याबारिधि मुरारी पराजुली लाई

बुटवल मणिग्राम शब्द सृजना कुञ्ज निवासी श्री मुरारी पराजुलीलाई नेपाली मुक्तकका प्रवृत्तिहरु शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त भएको छ । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत नेपाली विषयबाट उहाँलाई सो उपाधि प्राप्त भएको हो ।
वि.सं. २०२३ मा पाल्पा जिल्लाको तानसेन नगरपालिकामा जन्मिनु भएका पराजुलीले नेपाली मुक्तक विधामा पहिलोपल्ट विद्यावारिधि प्राप्त गर्ने श्रेय प्राप्त गर्नु भएको छ । पराजुली नेपाली साहित्यका क्षेत्रमा समकालीन युवा पुस्ताबीच विशिष्ट शैलीका कविता, लेख र समालोचना विधाबाट बढी परिचित हुनुहुन्छ ।
उहाँका सृजनाका स्वरहरू -सहप्रकाशित कवितासङ्ग्रह, २०४५), आगो पालेका पेट र शीत ओढेका बस्तीहरू -सहप्रकाशित कवितासङ्ग्रह, २०४६), हाँसेर उसका ओठले -कवितासङ्ग्रह, २०६१) र लोकतन्त्रको शङ्खनाद -सहप्रकाशित कवितासङ्ग्रह, २०६२) जस्ता कविताकृति र सयौँ फुटकर लेख तथा समालोचना प्रकाशित छन् ।
उहाँले सिर्जनशील साहित्यिक समाज सम्मान -२०६४), हरिकला-गुणाकर दायित्व रचना पुरस्कार -२०६५), रौतहट साहित्य सञ्जाल सम्मान -२०६५), टेकध्वज खाती-लक्ष्मीदेवी खाती साहित्य सेवा पुरस्कार -२०६६) जस्ता सम्मान/पुरस्कार प्राप्त गरिसक्नु भएको छ । उहाँ प्रगतिशील लेखक सङ्घ, रूपन्देहीका अध्यक्ष पनि हुनुहुन्छ ।