भैरहवा, २८ माघ : भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेका प्राचीन तथा पुरातात्त्विक वस्तुको संरक्षणका लागि पहल सुरु गरिएको छ । लुम्बिनीमा रहेको मायादेवीको प्राचीन मूर्ति, अशोक स्तम्भ र मार्कर स्टोनमा जैविक तथा रासायनिक रोग देखिएकाले त्यसको वैज्ञानिक उपचार र संरक्षणको प्रयास गरिएको लुम्बिनी विकास कोषका पुरातत्त्वविद् वसन्त बिडारीले नयाँ पत्रिकालाई बताए ।
उनका अनुसार नेपाल सरकार, पुरातत्त्व विभाग तथा युनेस्कोको संयुक्त प्रयासमा ऐतिहासिक वस्तुहरूको संरक्षणका लागि पहल थालिएको हो । यसका लागि अन्तर्राष्ट्रिय स्तरका पुरातत्त्वविज्ञ डा. क्यास्किनो मुसीसहितको विषेशज्ञ टोलीले अनुसन्धान गर्नेछ । टोलीले दुई वर्ष ६ महिनाको समयमा लुम्बिनी विकास कोष, पुरातत्त्व विभागका कर्मचारीलाई ऐतिहासिक तथा प्राचीन वस्तुहरूको संरक्षण र देखिएका समस्या समाधान गर्ने उपाय सिकाउने पुरातत्त्वविज्ञ क्यास्किनो मुसीले बताए । लुम्बिनीमा रहेका अशोक स्तम्भ, मार्कर स्टोन र मायादेवीको मूर्तिमा ढुसी, लेउ र अन्य खालका रासायनिक रोग देखिएको उनले जानकारी दिए ।

मुसीका अनुसार पानी, दूध तथा फूल र अक्षता चढाउँदा अशोक स्तम्भको रूपमा परिवर्तन आउनुका साथै खिइएको र अशोक स्तम्भमा भएका शिलालेखसमेत मेटिने अवस्थामा छन् । 'हामीले अहिले समस्या यही हो भन्न सक्दैनौँ । धेरै प्रकारका समस्या हुन सक्छन्,' मुसीले भने ।
लुम्बिनी विकास कोषका पुरातत्त्वविद् वसन्त बिडारीले अहिलेकै अवस्था रहिरहने हो भने आउँदो एक सय वर्षपछि शिलालेखमा भएका अक्षरहरू हराएर जानसक्ने बताए । विभिन्न रसायन तथा स्प्रेहरूको प्रयोग गरी सफाइ गर्ने र सामान्य अवस्थामा शिलालेख नबिग्रने खालको बनाउने योजना रहेको बिडारी बताउँछन् ।
त्यसैगरी प्राचीन मायादेवीको मूर्तिमा लेउ लागेर हरियो भएको छ । 'पहिले जुन चमक र आकर्षणयुक्त थियो, त्यो अहिले छैन । चमक र आकर्षण हराउनुमा जैविक तथा रासायनिक रोगहरूकै कारण हो,' मुसीले भने । त्यसैगरी मार्कर स्टोनमा पनि ढुसीको संक्रमण र अन्य खालका समस्या देखिएको बताउँदै उनले त्यसको वैज्ञानिक अध्ययनपछि मात्र भन्न सकिने बताए ।
आवश्यक परे लुम्बिनीमा रहेका मार्कर स्टोन र मायादेवीको मूर्तिलाई अध्ययनका लागि अन्तर्राष्ट्रिय प्रयोगशालामा समेत लैजान सकिने उनको भनाइ छ । 'हामी कहिल्यै रोगले नभेट्टाउने गरी संरक्षण गर्ने प्रयासमा छौँ । समस्याको समाधान निकाल्नका लागि वैज्ञानिक खोज र अनुसन्धान जारी रहनेछ,' उनले भने ।
प्राचीन तथा ऐतिहासिक वस्तुहरूमा देखिएको समस्या समाधानका लागि अध्ययन टोलीले काम थाल्नेछ । सो अन्तराष्ट्रिय विज्ञसहितको टोलीले पहिलो चरणमा पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका कर्मचारीलाई वैज्ञानिक अनुसन्धान तथा संरक्षणका लागि तालिम दिनेछ भने दोस्रो चरणमा ऐतिहासिक वस्तुहरूमा देखिएका समस्या र त्यसको समाधानका लागि वैज्ञानिक तरिकाले काम गर्नेछ ।
यसअघि अन्तर्राष्ट्रिय पुरातत्त्वविद् रोबिन कोनिहमसहितको टोलीले मायादेवी मन्दिरमा रहेका प्राचीन वस्तुहरूको अध्ययन गरेको थियो । कोषका पुरातत्त्वविद् बिडारीका भनाइमा हाल मायादेवी मन्दिर भएको ठाउँमा बुद्ध जन्मिनुभन्दा अघिको अवस्था के थियो ? त्यहाँ मानिसको बसोबास थियो कि थिएन भन्ने जस्ता कुराहरू पत्ता लगाउनका लागि उत्खनन् गरिएको हो ।
त्यसका लागि कोनिहमले मायादेवी मन्दिरमा रहेको इँटाका साथै त्यहाँ रहेको माटोलाई परीक्षणका लागि लगिएको छ । 'परीक्षणको रिर्पोट नआएसम्म केही भन्न सकिने अवस्था छैन,' बिडारीले भने ।