Showing posts with label Custom. Show all posts
Showing posts with label Custom. Show all posts

वरकन्या अमेरिकामा, कर्मकाण्ड नेपालमा

ललितपुर, शनिबार दिउँसो काठमाडौंका हरिहर र जया आचार्य सगुन बोकेर एक्ला छोराका लागि बुहारी माग्न एकान्तकुनाको रुबी पार्टी प्यालेस पुगे ।
केटी पक्षका तर्फबाट पुरेत रामजी खतिवडाले 'किन पाल्नुभा होला ?' भने । केटा पक्षका ५१ वर्षीय पुरेत एकनारायण अर्यालले भने, 'कौडिन्यान गोत्रमा जन्मेको, मेघिनीप्रसादको पनाति, एककृष्णको नाति, बत्तिसपुतली निवासी हरिहर र जयाको सुपुत्र हाल अमेरिकामा बस्ने ३२ लक्षणयुक्त मृदभाषी, विद्यामा तेज, २९ वर्षीय लोकप्रख्यात नाम आशुतोष आचार्यका लागि यस्तै किसिमकी कन्या पाए दाम्पत्य जीवनमा जोडी मिलाउन चाहेका छौं, आजको शुभ साइतमा हजुरहरू मञ्जुर भए कुरा अघि बढाउनुहोस् ।'
बेहुलाका तर्फबाट आएको प्रस्ताव सुनेपछि केटीतर्फका पुरेतले अभिभावकको मञ्जुरीमा कुरा छिनाउँदै भने, 'शुभ बेला, शुभ साइत हेराइ कन्यादान लिन आउनुहोला ।' कुरा छिनिएपछि हलमा भेला भएका दुवै पक्षका सय हाराहारी आफन्तले ताली बजाउँदै बिहेको छिनोफानो भएकोमा स्वागत गरे ।
हिन्दु विधिअनुसार केटीका ५३ वषर्ीय बुवा अजयकुमारले हुनेवाला ज्वाइँलाई पानसुपारी दिनुपर्ने बेला भयो । पुरेतले पानसुपारी दिन भनेपछि बेहुलाको बदला उनका ६० वषर्ीय बुवा हरिहर अघि सरे । यो दृश्य देखेपछि आफन्तजन चकित पर्दै मुखामुख गर्न थाले, 'वर/कन्या खोइ त ?'