विश्वकै सबैभन्दा समृद्ध जनताको देश मोनाको


विश्वकै सबैभन्दा समृद्ध जनताको देश कुन होला ? तपाईंहरूको उत्तर हुन सक्छ अमेरिका, जापान वा यस्तै–यस्तै । हुन पनि कुल जीडीपी लगभग १५ ट्रिलियन डलर रहेको अमेरिका विश्वकै सबैभन्दा ठूलो जीडीपीको देश हो । त्यसपछि ५ ट्रिलियलन डलरका साथ चीन दोस्रो स्थानमा छ । जीडीपीको आकारमा यी दुई देश ठूला भए पनि प्रतिव्यक्ति आय भने अन्य देशहरूको बढी छ र तपाईंको उत्तर गलत हुनेछ । विश्वकै सबैभन्दा समृद्धि जनताको देश हो— मोनाकोे । सन् २००९ का लागि विश्व बैंकले तयार पारेको प्रतिव्यक्ति आयका आधारमा मोनाकोका जनताको प्रतिव्यक्ति आय २ लाख ३ लाख ९ हजार छ । यसपछि दोस्रो समृद्ध जनताको देशमा लिचेस्टाइन रहेको छ । विश्व बैंकका अनुसार २००९ मा लिचेस्टाइनको प्रतिव्यक्ति आय १ लाख १३ हजार २ सय १० छ । यसपछि क्रमशः लक्जेम्बर्ग, नर्वे, डेनमार्क, आयरल्यान्ड, सान मारिनो, नेदरल्यान्ड, अमेरिका र अस्ट्रेलिया छन् । जीडीपीको आधारमा सबैभन्दा समृद्ध देश अमेरिका भए पनि प्रतिव्यक्ति आय ४६ हजार ४ सय ३६ का साथ उसको स्थान नवौं छ । हाम्रो छिमेकी देश चीन पनि जीडीपीको आधारमा विश्वको दोस्रो ठूलो देश भए पनि उसको प्रतिव्यक्ति आय ३ हजार ७ सय डलरका साथ धेरै पुछारमा पर्न आउँछ । उसको प्रतिव्यक्ति आय दक्षिण एसियाली राष्ट्र मालदिभ्सको ४ हजार ३ सय ८४ भन्दा पनि कम छ ।

प्रतिव्यक्ति आयका अधारमा सबैभन्दा गरिब जनता भएको देश भने जाम्बिया हो । उसको प्रतिव्यक्ति आय ४ सय ३० डलर मात्र छ । सबैभन्दा कम प्रतिव्यक्ति आयका आधारमा गरिब जनता भएको सबैभन्दा पुछारका दश देशमा नेपाल पनि परेको छ । नेपालको प्रतिव्यक्ति आय ४ सय २७ डलर रहेको विश्व बैंकको २००९ को सूचीमा उल्लेख गरिएको छ । बैंकका अनुसार नेपालभन्दा पछाडि जम्मा ७ देशमात्र रहेको छ । जम्बियापछि मोजाम्बिक (४२८), नेपाल (४२७), नाइजर (३५२), इथियोपिया (३४५), सियोरालियोन (३४१), मलावी (३२६),  लाइबेरिया (२२२),  कंगो (१६४) र  बुरुन्डी (१६३) छन् ।