बुटवलमा नेपालकै सबैभन्दा ठूलो अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुने

बुटवलमा नेपालकै सबैभन्दा ठूलो अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुने भएको छ । बुटवलल नगरपालिका १२ स्थित  बुटवल मण्डपमा बहुबर्षिय योजना अन्तर्गत सरकारले निकट भविष्यमा अत्याधुनिक अन्तराष्ट्रियस्तरको  सम्मेलन केन्द्र निर्माण गर्ने योजना तय गरेको हो। आज  बुटवल नगरपालिकामा सम्मेलन केन्द्रको कन्सेप्ट मास्टर प्लानको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा यस्तो जानकारी दिईएको हो । ७८ करोड लगानीमा निर्माण सम्पन्न गर्ने योजना अनुरुप अहिले सम्मेलन केन्द्रको ‘मास्टर प्लान’(गुरु योजना) लाई अन्तिम रुप दिईने काम भईरहेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
 ४ सय ५० मिटर लम्बाई र २ सय ५० मिटर चौडाईको क्षेत्रफलमा केन्द्रको निर्माण गरिने छ । जसमा १ सय ५० मिटर  मोहोडामा सिटि हल निर्माण गरिने छ । कन्सेप्ट मास्टर प्लान का बिषयमा आयोजित छलफल कार्यक्रममा रक्षामन्त्रि विष्णु पौडेलले बुटवलमा अत्याधुनिक र अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र  निर्माणका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाले केन्द्रलाई गौतम बुद्ध अन्तराष्ट्रिय सम्मेलन केन्द्रको रुपमा नामाकारण गर्न समेत स्थानियसंग प्रस्ताव गर्नुभएको छ । शहरी विकास तथा निर्माण विभागका विनय चरण श्रेष्ठले मास्टर प्लानको बारेमा व्रिफिङ गर्दै बुटवलको विकास र प्रतिष्ठाको लागि सम्मेलन केन्द्रले महत्वपुर्ण टेवा पुयाउने दावी गर्नुभयो ।  नगरपालिकामा आयोजित मास्टर प्लान  व्रिफिङ कार्यक्रममा राष्ट्र बैंकका गर्भनर डा.युवराज खतिवडा,शहरी विकास तथा भवन निर्माण योजनाका अधिकृत,नगरपालिकाका अधिकारी सहित स्थानिय उद्योगि ब्यवसायिहरुको उपस्थिति रहेको थियो । 
आवाज बिहिनको आवाज