१५ करोड डलरको एनिमेसन

अमेरिकामा रिलिज भएको आठ दिनपछि ‘कुङफु पान्डा २' नेपालमा आइपुगेको छ। शुक्रबारदेखि फिल्म काठमाडौंका हलमा थ्रीडी प्रविधिमा चल्दैछ। सन् २००८ मा बनेको ‘कुङफु पान्डा'को दोस्रो भाग हो यो फिल्म। पहिलो भागका निर्देशक जोन वायने स्टेभेन्सन र मार्क ओस्बोर्न थिए भने यसपालि जेनिफर योह नेल्सनले निर्देशन गरेकी हुन्। १३ करोड डलरमा बनेको पहिलो भागले ६३ करोडको कारोबार गरेको थियो। अहिले १५ करोडमा बनेको दोस्रो शृंखलाले आठ दिनमा १२ करोड कारोबार गरिसकेको छ।

यो एनिमेटेड फिल्ममा मुख्य पात्र पान्डालाई ज्याक ब्ल्याकले आवाज दिएका छन्। बघिनीलाई एन्जलिना जोलीले आवाज दिएकी छिन्। त्यस्तै ज्याकी च्यान, डस्टिन होफम्यान, गेरी ओल्डम्यान, लुसी लियु, मिचेल योका आवाज पनि विभिन्न पात्रका मुखबाट सुन्न पाइन्छ