ब्यान्डहरुको बिजोग


लामालामा कपाल पालेका, च्यात्तिएका जिन्स प्यान्ट लगाएका, ठूलाठूला बुट बजार्दै हिँड्ने गोराहरूको समूह काठमाडौँमा देखिन थाल्यो । वसन्तपुर वरपर गाँजा र चरेसको नशामा देखिने हिप्पीहरू हेर्न नेपाली युवाको लामै लाग्थ्यो । नेपालीका लागि दुर्लभ मानिने पाश्चात्य बाजा 'गिटार' पनि उनीहरूको साथमै देखिन्थे । विश्व पाश्चात्य सङ्गीतमा बिटल्सको एकछत्र कब्जा थियो । यो वि.सं. २०२० दशकको प्रारम्भिक समयको कुरा हो ।
तान्यो ओमविक्रमलाई
हिप्पीहरूको 'विन्दास' जीवनशैलीप्रति सहरीया युवाको आकर्षण बढ्दै गयो । लामा कपाल पालेका, हातमा गिटार बोकेका, च्यातिएका पाइन्ट लगाएका हिप्पीहरूको नेपालमा प्रवेशसँगै नेपाली सहरीया युवामा उनीहरूको प्रभाव पर्‍यो । प्रभावित हुनेमा थिए, ओमविक्रम विष्ट
"हिप्पीहरूले बेचेका जिन्स पाइन्ट किनेर लाइयो नि," वसन्तपुरमा हिप्पीहरूको चर्तिकला हेर्दै हल्लिएका दिन सम्झँदै ओमविक्रम भन्छन्- "हिप्पीहरूको स्वर्ग नै थियो, नेपाल । गाँजा, चरेस त खुला बिक्री हुन्थ्यो वसन्तपुरमा । गिटार बेचेरै गाँजा खान्थे ।"
त्यही समय बर्मामा रहेका नेपालीको समूह नेपाल छिरेको थियो । गुच्चाटोलमा बस्थ्यो, गिटारिस्ट रोवर्ट शर्माको समूह । ओमविक्रम भन्छन्- "२०२२ सालतिर मैले गिटार पहिलोपटक रोबर्टले बजाएको देखेँ । उनीहरूको समूह थियो, 'दि पाखेज' ।"
त्यही सेरोफेरोमा भारतमा तहल्कै मच्चाएको समूह नेपाल छिर्‍यो । ड्रमर देव राना, भोकलिस्ट सुवर्ण लिम्बू, पेम्बा लेप्चाहरूको समूहले काठमाडौँमा पश्चिमा वाद्ययन्त्रको जादु नै देखाउन थाल्यो । उनीहरूको ब्यान्ड थियो, 'डायमण्ड' । त्यही ब्यान्ड पछि 'पि्रजम' को नामले प्रख्यात बन्यो । दार्जिलिङबाट आएका पिटर जे कार्थकको 'दि हिलियन्स', रोबर्ट शर्माको 'दि पाखेज', वीरेन वाङ्देल र मणि सुब्बाका 'मायालु भाइ' त्यतिबेला सक्रिय थिए । उनीहरू ज्यादाजसो अङ्ग्रेजी र कमजसो नेपाली गीत गाउँथे । त्यति नै बेला रेडियो नेपालको रवैयाबाट वाक्क भएका युवाले निराशावादी आवाज निकाल्न थाले, 'राल्फा' समूहको नाममा । राज्यको आँखामा द्रोही सचेत युवाको समूह थियो, राल्फा । उनीहरू पनि 'बिटल्स' समूहबाट सायद प्रभावित थिए । उनीहरू नेपाली गाउँथे तर विना अर्थका । यथास्थितिप्रतिको विद्रोहका रूपमा । पछि 'राल्फा' ले विद्रोह नै ओकल्न थाल्यो । र, राज्यको आँखामा द्रोही पनि ठानिए । उनीहरू गद्यलाई गीत बनाउँथे । कवितालाई गीत बनाउँथे ।
त्यसकै आसपासमा हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, गणेश रसिकहरूको 'लेकाली समूह' देखापर्‍यो । लेकालीले पनि गद्यलाई गीत बनायो । लोकभाकालाई टिपेर गाउन थाल्यो । 'राल्फा' र 'लेकाली' नेपाली गीत गाउने समूहका रूपमा चिनिन थालियो । त्यसपछिका दिनमा कम्युनिष्ट पार्टीको विचार प्रवाहका लागि 'आस्था', 'इन्द्रेणी सांस्कृतिक समाज', 'सङ्कल्प', 'रक्तिम' लगायत थुप्रै समूह देखापरे ।
वि.सं. २०३० तिर ओमविक्रमले पनि 'गि्रन स्लिभस्' ब्यान्डमा रिदम गिटारिस्ट र भोकलका रूपमा काम गरे । सौखको लागि सङ्गीतमा लागेका विष्टले अन्जानमै पप गाएका थिए । उनी भन्छन्- "वेस्टर्न म्युजिक भन्ने थाहा थियो तर पप भन्ने थाहा थिएन । तैपनि गाइयो । त्यसलाई अत्याधुनिक गीत पनि भनियो ।"
त्यसपछिका दिनमा 'ब्रदरहुड', 'द रोड' जस्ता ब्यान्ड आए । गायिका सुकमित गुरुङलाई ३२ वर्षअघि पहिलोपटक स्टेजमा उतार्ने 'ब्रदरहुड' नै थियो । 'ओ मेरो पि्रयतम ...', 'रेलीमाई ..." जस्ता दर्जनौं लोकपि्रय गीतकी गायिका सुकमित भन्छिन्- "ब्रदरहुड' ले नै मलाई ब्याकिङ दिए । त्यो बेला ब्यान्डहरूको आकर्षण नै अर्कै थियो नि हो ।"


सुन्नेभन्दा हेर्ने बढी


आˆनो जमानामा आम्दानी र ब्यान्डको आकर्षण नै लोभलाग्दो रहेको स्मरण गर्दै गायिका सुकमित भन्छिन्- "त्यो बेला गीत राम्रा थिए । गीत बुझ्ने श्रोता थिए । अहिले गीत सुन्नेभन्दा हेर्ने बढ्ता भएको छ ।"
त्यो बेला आफूहरूले गाउने गीतलाई फास्ट नम्बर भन्ने गरेको स्मरण गर्दै उनी भन्छिन्-"पछि पो पप भन्न थाले ।" आफू कुनै ब्यान्डको सदस्य नबने पनि 'ब्रदरहुड' र 'पि्रजम' ले स्टेज दिने गरेको उनी बताउँछिन् ।


ब्यान्डहरू व्यावसायिकरूपले निर्बल


नेपाली पपसम्राट मानिने ओमविक्रम विष्ट पनि व्यावसायिकताको हिसाबले आˆनो जमानामा ब्यान्डहरू निकै फस्टाएको बताउँछन् । अहिले नेपाली ब्यान्डहरू धेरै भए पनि व्यावसायिक हिसावले सबल छन् जस्तो विष्टलाई लाग्दैन ।
'जब सन्ध्या हुन्छ......', 'क्या क्या बोर भो ...' का गायक योगेश्वर अमात्यको पनि 'रक योगिस' ब्यान्ड थियो । ब्यान्डका सदस्य कामका लागि बाहिर गएकाले ब्यान्ड अहिले सक्रिय छैन । 'म्युजिक लभर' हरू बढेकाले ब्यान्डको सङ्ख्या पनि बढे पनि व्यावसायिकता भने पटक्कै नभएको अनुभव उनको छ । 'एल्वेट्रस', 'कनेक्सन' जस्ता उत्कृष्ट ब्यान्डहरूले पनि व्यावसायिक सफलता लिन नसकेको उनी बताउँछन् ।


अण्डरग्राउन्ड ब्यान्ड


अन्डरग्राउन्ड ब्यान्डहरू पनि छन् । आˆनै आनन्दका लागि गाउने र बाहिर निस्कन नचाहने यस्ता समूहहरू पनि राजधानीमा धेरै भएको बताउँछन् गायक योगेश्वर अमात्य । गाउनु, बजाउनुको दोहोरो आनन्द रहेको ठान्ने अमात्य भन्छन्- "आˆनै आनन्दका लागि मात्र पनि गाइन्छ, बजाइन्छ । अरूका लागि व्यावसायिकरूपमा पनि गाइन्छ, बजाइन्छ तर यहाँ आˆनै आनन्दका लागि गाउनेहरू धेरै छन् ।"
'रापाज् युनियन' का निर्णय श्रेष्ठ अहिले ब्यान्डविहीन छन् । १२ वर्षअघि स्थापना गरेको ब्यान्डका दुईजना सदस्य अहिले देशबाहिर छन् । 'म्याकजोन', 'र्‍याप कनेक', 'नेशन' जस्ता ब्यान्डहरूले राम्रो काम गरिरहेको बताउने निर्णय भन्छन्- "धेरै ब्यान्डहरू खुला छैनन्, अन्डरग्राउन्ड छन् । व्यावसायिक कम छन् तर सङ्ख्याको हिसाबले ब्यान्ड बढेका छन् ।" विशेषगरी प्लस टु पढ्दै गरेकाले ब्यान्ड बनाउने र अध्ययन वा रोजगारीको सिलसिलामा विदेशिने क्रमसँगै ब्यान्डहरू बन्द हुने अनुभव उनको छ ।


पश्चिमी सङ्गीत र प्लस टु को पुस्ता


पश्चिमा शैलीको खानपिन, रहनसहन, संस्कृति र सङ्गीत मन पराउने ठूलो समूह प्लस टु पुस्तामा छ । हामीले स्वीकार गर्न नचाहँदा नचाहँदै पनि युवा पुस्ता त्यतैतिर आकषिर्त भइरहेका छन् । पप, र्‍याप, हिपहप, रक, मेटल, ब्लुज, ज्याज सङ्गीतमा पछिल्लो पुस्ताको आकर्षण झ्याङ्िगदो छ । राजधानीका पाँचतारे होटलदेखि डिस्को, डान्सबार, पबबारमा अङ्ग्रेजी र हिन्दी गीतकै कब्जा छ ।
खासगरी नेपालमा 'म्युजिक ब्यान्ड' ले पप, रक, हिपहप म्युजिकलाई बजारीकरण गरे । यद्यपि त्यसअघि नै ओमविक्रम विष्टदेखि वरिष्ठ नेपाली लोकगायक कुमार बस्नेतले पप, रक एन्ड रोल शैलीका गीत गाइसकेका थिए । 'म मौनतामा अल्भिmरहेको एउटा जीवन ...' जस्ता गीत ओमविक्रमले २०३७ सालमा गाएका थिए । रक एन्ड रोल शैलीको गीत कुमार बस्नेतले २०२५ सालमा 'यो जोवन तिमीलाई दिउँला ...' गाएका थिए तर त्यो बेला यी गीतलाई पपगीत भनिएको थिएन । पाश्चात्य शैलीका यी गीतमध्ये ओमविक्रमको गीतलाई पप भनिदिए, कुमार बस्नेतले जति गाए सबैलाई लोक भनिदिए । यसले के देखाउँछ भने नेपाली सङ्गीतको सैद्धान्तिक एवं व्याकरणका हिसाबले विश्लेषण नै हुनसकेको छैन । ओमविक्रमले जे गाए पनि पप हुने र कुमार बस्नेतले जे गाए पनि लोक हुने विश्लेषणबाट नेपाली सङ्गीत गुजि्रएको छ ।


वि.सं. २०४७ तिर एउटा साङ्गीतिक समूह जन्मियो 'क्रसरोड' । यद्यपि यसअघि पनि 'टोले' समूह नभएका होइनन् तर 'क्रसरोड' ले नेपाली पपसङ्गीतको बजारलाई केही व्यापक बनाइदियो । 'माया मेरी माया हाम्रो मिलन कहिले हुन्छ ...' जस्ता लोकपि्रय गीत दिने संजय श्रेष्ठको त्यो समूह धेरै दिन अघि बढ्न सकेन । अवसरको खोजीमा विदेशिने क्रमसँगै 'क्रसरोड' जस्तै सयौं 'पपब्यान्ड' इतिहासमा मात्र अङ्कित हुन पुगे । अङ्ग्रेजीको कोरा नक्कल गरेको, नेपाली सङ्गीतको बजारलाई कुरूप बनाएको आरोपसमेत लागे त्यस्ता ब्यान्डहरूलाई । त्यस्ता आरोपबाट बच्नकै लागि पनि कपितय पपब्यान्डहरूले पश्चिमा वाद्ययन्त्रका साथमा नेपाली लोकशैलीका गीत गाए । त्यसलाई कतिपयले लोकपपको नामसमेत दिए । पोखराका 'परिवेश', 'नेपथ्य', 'कन्दरा' लगायत समूहले लोकलयलाई प्राथमिकतासाथ गाए । त्यस्ता शैली लोकपि्रय पनि बने । 'छेक्यो छेक्यो देउराली डाँडा ...', 'लेककी हे माया ...', 'उडायो रेलैले ...', 'डाँडैमा मेला लागेछ ...', 'सरकार जागिर ...', 'नखानु पानी तोङ्वाको ...' जस्ता सयौं पपगीतहरू तिनै ब्यान्डका सिर्जना हुन् । यद्यपि अहिले कतिपय ब्यान्डहरू अस्तित्वमा छैनन् ।


'कन्दरा', 'परिवेश', 'मंगोलियन हर्ट', 'एक्स', 'र्‍यापिज युनियन', '१९७४ एडी', 'नेपथ्य', 'कर्मा', 'अभया एन्ड स्टिम इन्जिन', 'रविन एन्ड लूजा' मात्र होइन ˆयुजन, क्लासिक गाउने ब्यान्डहरू पनि छन् । 'कुटुम्ब', 'त्रिकाल', 'सुरसुधा', 'चेली', 'सुकर्म' जस्ता ˆयुजन र शास्त्रीय ब्यान्डहरूले पनि आफूलाई निरन्तता दिइरहेका छन् ।


पाश्चात्य सङ्गीतका विविध विधा भित्रिरहेको छ । पाश्चात्य सङ्गीतको नेपालीकरण पनि भई नै रहेको छ । यद्यपि नेपाली लोकसङ्गीतका श्रोता पनि बढेकै छन् । नेपाली लोकसङ्गीतको उन्नतिका लागि पनि थ्ुप्रै समूह सक्रिय छन् । पप, र्‍याप, रक, ज्याज, ब्लूज गाउनेहरूका पनि ब्यान्डहरू सक्रिय नै छन् । कतिपय समूह अन्डरग्राउन्ड बस्न नै रुचि राख्छन् ।
नेपालभित्र मात्र होइन, बाहिर पनि ब्यान्ड खोल्ने क्रम सुरू भएको छ । केही समयअघि दक्षिण कोरियामा पूर्ण राई, सहदेव सुब्बा, फुर्बु छिरिङ लामा आदि समाविष्ट 'हिमालय ब्यान्ड' खडा गरिएको छ । नेपाली अमेरिकी रक ब्यान्ड 'द भाइब्ज' अमेरिकास्थित नेपाली र गैरनेपाली समुदायमा स्थापित भइसकेको छ । युनाइटेड अरब इमिरेट्समा 'डीजे फरे' सक्रिय छ
दीपक विहीन , युबा मन्च