लोडसेडिंगको मार

                                                                        -हेमा बराल , लाजिम्पाट, काठमाडौं                                   
अहिले फेरि लोडसेडिंगको मारमा शहरबजार र ग्रामीण क्षेत्र अन्धकारमय बनेको छ। दैनिक २१ घन्टासम्मको लोडसेडिंग पनि हुन सक्ने समाचारले अरु चिन्तित बनाएको छ। यसभन्दा अघिका ऊर्जामन्त्री गोकर्ण विष्टले यस्तै बेलामा पनि जनतालाई मनग्य बिजुली दिएर खुशी बनाएकै हो।

अहिलेका मन्त्रीहरुले मात्र किन त्यसो गर्न नसकेका हुन् हामीले त केही बुझ्न सकेका छैनौं। यसै बीच उनै पूर्व मन्त्री गोकण विष्टले अहिलेकै विद्युत् प्रणालीलाई सुधार गरेर जनतालाई लोडसेडिंगको मारबाट बचाउन सकिने बताउनुभएको तपाईंकै लोकपि्रय नेपाल समाचारपत्रमा खबर पढ्न पाउंदा खुशीको अनुभूति भएको छ। तर खै उनी अहिले मन्त्री पदमा छैननन् कसरी त्यो प्रणालीलाई सुधार गर्न सक्लान् पूर्वमन्त्री विष्टको भनाइमा अहिले भइरहेको चुहावटमा १० प्रतिशत मात्र नियन्त्रण गर्न सक्ने हो भने पनि ७५ मेगाबाटसम्म विद्युत् थप्न सकिने समाचार बाहिर आएको छ।

चुहावटलाई पूर्णरुपमा नियन्त्रण गर्न सक्ने हो भने त ७ सय ५० मेगाबाट बिजुली नै थप हुने रहेछ। त्यसै गरी पूर्वमन्त्रीले सुझाएका अन्य बुँदाहरुको समेत कार्यान्वन गर्ने हो भने त नेपालमा खासै लोडसेिडंग गरिरहनुपर्ने अवस्था नै नहुने हो कि भन्ने लाग्दछ। हुन पनि पूर्वमन्त्री विष्टको पालामा जनताले खासै लोडसेिडंगको मार खेप्न परेको थिएन। त्यसैले हिजोआज उनको सम्झना खूब भइरहेको छ।

विभिन्न राजनीतिक दाउपेचका लागि बाहिरका अराजनीतिक मान्छेलाई पनि सदन र सरकारमा लान सक्ने दलहरुले गोकर्ण विष्टजस्ता जनसेवी व्यक्तिलाई किन सरकारमा छिराएर जनताको सेवामा लाग्नदिन नसकेको होला पपुलर प्रधानमन्त्री डा. बाबुराम भट्टराई यसमा विशेष दृष्टि पुर्याएर काम गर्न सक्ने हो भने आफ्नो पनि जनतामा वाहवाही बढ्ने र जनताले पनि लोडसेडिंगजस्तो अन्धकारमय हबिगत भोग्नु नपर्ने हुँदा यसतर्फ ध्यान दिन हाम्रो आग्रह छ। यति मात्र काम गर्न सक्ने हो भने पनि कहिले माथि कहिले तल हुने गरेको डा. भट्टराईको छवि फेरि ह्वात्तै माथि बढ्ने पक्का छ।