पाँच नदी बग्ने विश्व चर्चित शहर काठमाडौं

                                                                     -टीआर शिवाकोटी
 पाँच नदीहरु बग्ने शहरको नाम के हो र ती नदीहरुका नाम के के हुन् भनेर विश्व हाजिरी जवाफ प्रतियोगितामा सोधिएको प्रश्नको सही जबाफ दक्षिण भारतको एक जना ११ वर्षका बालकले दिएको थियो। पाँच नदीको शहर हो काठमाडौं र यस शहरबाट बग्ने नदीहरु हुन्- वागमती विष्णुमती रुद्रमती ईक्षामती र बुंमती।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा विश्वको सर्वोच्च शिखर सगरमाथा भएको अति सुन्दर देश नेपाललाई अवलोकन गर्न आउने हरेक विदेशी पर्यटक नेपालको राजधानी काठमाडौंको गौशाला अन्तर्राष्ट्रिय विमानस्थल भएरै प्रवेश गर्नुपर्ने हुन्छ। नेपालका विभिन्न सुन्दर स्थानहरुमा प्रवेश गर्नुअघि केही समयसम्म काठमाडौंका विभिन्न होटलहरुमा बस्नुपर्ने हुन्छ। कुनै पनि पर्यटकको इच्छा हुन्छ सबै भन्दा पहिला राजधानीलाई अवलोकन गरौं भन्ने।

विभिन्न मुलुकका स्वच्छ शहरबाट नेपाल आउने पर्यटकहरुले काठमाडौंलाई कस्तो मान्लान् छि…।शहरको फोहोरमाथि राजनीति गर्ने फोहोरी राजनीतिक खेलाडीहरुको गन्हाउने प्रवृत्तिले काठमाडौंका पाँचै वटा पूर्वनिर्मल नदीहरुलाई पाइखानाको दुर्गन्धे विषैलो लेदोमा रुपान्तरण गरिदिएको छ। निर्मल पानी बग्ने ठाउँमा मानव मलमूत्र बग्ने गन्हाउने कालो लेदो बगिरहेको नदीकिनारमा पुग्दा दुर्गन्ध खप्नै नसकेर मास्कले नाक-मुख थुन्न बाध्य पर्यटकहरुले काठमाडौंलाई कस्तो ठहराउलान् ठाउँठाउँमा फोहोरका दंगुरहरु सडकमा गाडीले उडाउने व्यापक धूलो म्याद गुज्रिएका गाडीले फाल्ने धूवाँ आदिले गर्दा हरदम मास्क लगाउने बाध्यता छ। सर्वत्र प्रदूषित वातावरण देखेका पर्यटकहरु खुसी भएर फेरि दोहोर्याएर नेपाल आउलान् र यिनीहरुले नेपालको बारेमा आ-आफ्नो देश फर्किएर राम्रो प्रचारप्रसार गर्लान् त ?





गणतान्त्रिक नेपालको सरकारको राजधानी शहरलाई सफा सुग्घर स्वच्छ तथा मनमोहक बनाउन राजधानी शहरबाट बग्ने सबै नदीका दुवै किनारमा कोरिडर रोड निर्माण गर्ने योजना रहे पनि नदीका एकदम किनारैमा सुकुमबासीहरुले घना झुप्राहरु बनाएर बसोबास गरिरहेकाले त्यो सम्भव भैरहेको छैन। यहाँ सुकुमबासीलाई अचाडु देखाउन खोजिएको होइन। उपत्यकाका नदी किनारहरुमा नदीको प्राकृतिक भाग भनेर छोडिएका जमिनहरुमा नेपालका विभिन्न भागबाट अवसरका खोजीमा राजधानी पसेका अति कमजोर आर्थिक अवस्था भएका मानिसहरु नदीका किनारमा झुप्रा बनाएर बस्न थालेको पाइन्छ। नदीकिनारमा झुप्रा-टहरा बनाएर बस्नेहरुको खाइजीविकाको बन्दोबस्तचाहिँ नदीको बालुवा बेच्नु नै थियो। यसरी बालुवा बेच्ने र टहरा थप्नेहरुको संख्या बढ्दै गयो। यसरी बालुवा निकाल्दा मुख्य दुइटा कुरामा प्रत्यक्ष नकारात्मक असर परेको पाइयो। पहिलो असर नदी भासिँदै जाने र दोस्रो असर नदीका दुई किनारा भत्किँदै जाने हुन्छ। महानगरपालिकाले यो कुरा थाहा पाएपछि शहरका नदीहरुबाट बालुवा निकाल्ने कार्य बन्द गर्ने प्रयास गरे पनि बालुवा चोरीनिकासी कार्य अझै बन्द भैसकेको छैन।

यस देशका शासकहरुको व्यक्तिवादी सोच विचार र तदनुरुपको व्यवहार अनि कार्यशैलीले गर्दा अव्यवस्थित तथा अस्तव्यस्ततामा गुज्रँदै आएकोले नेपालले सुव्यवस्था र सभ्यताप्रति खासै ध्यान दिन नसकेकै पाइयो। त्यसैको परिणाम हो आज शहरका नदी किनारहरुमा ढाकिएका सुक्रमबासी बस्तीहरु। पछिल्लो चरणमा आएर वागमती सभ्यता बचाऊ अभियान त शुरु भएको छ तर यसले खासै प्रगति पनि देखाउन सकेको छैन।

यसरी हेर्दा अत्यन्तै विवश केही मानिसहरु वुद्धनगरस्थित शंखमूलमा टहरा बनाएर बसी वागमतीको बालुवा बेचेर बाँचेको पाइन्छ र यही नै काठमाडौं शहरको पवित्र नदी वागमती किनारको सबै भन्दा पुरानो सुकुमबासी बस्ती हो। सबैभन्दा पछिल्लो सुकुम्बासी बस्ती वागमतीको किनार थापाथलीमा खडा भयो। यो जनआन्दोलन दोस्रो सफल भएपछि बसेको बस्ती हो।

सुकुमबासी बस्तीभित्र तीन किसिमका मानिसहरु छन्। क नेपालै भरि अन्यत्र केही नभएका ख नेपालको अन्य भागमा सामान्य केही भएका सरकारी तथा गैरसरकारी शहरीया जागिरेहरु ग महंगो जग्गा सुकुमबासीको रुपमा ओगटेर व्यवसाय बढाउने तर आफ्नो अन्यत्रको जग्गा सम्पत्ति सार्वजनिक नगर्ने। जहाँसम्म महानगरपालिकालाई सफा सुन्दर स्वच्छ सभ्य शहर बनाउने विषय छ त्यसमा ध्यान पुर्याउनुपर्ने निम्न कुराहरु छन्। १ शहरमा यतिका धेरै सुकुम्बासी बस्तीहरु कसरी बसे को को सुकुमबासी हुन् र को को बनावटी सुकुमबासी हुन् सही कुरा पत्ता लगाउन निष्पक्ष छानबिन गर्न तुरुन्तै एउटा आयोग बनाउनु आवश्यक छ।

२ वर्गीकृत गरिएका मानिसहरुमध्ये जो जो वास्तवमै सुकुमबासी होइनन् तिनीहरुलाई सुकुमबासीबाट अलग्याई हाल्नुपर्छ। ३ सुकुम्बासीलाई बसोबासको व्यवस्था तुरुन्तै गरिहाल्नुपर्छ। सरकारले बसोबासको बन्दोबस्त गरेको ठाउँमा जान नमान्ने सुकुम्बासीले आफ्नो व्यवस्था आफैले गर्ने गरी तोकिएको समयभित्र बस्ती खाली गर्नुपर्नेछ। राजधानी शहरबाट बग्ने पाँचै वटा नदी किनारका सुकुम्बासी बस्तीहरु उठाएर नदीका दुवै किनारमा कोरिडर रोड निर्माण सम्पन्न गर्दैमा शहर सुन्दर भैहाल्ने होइन। दुर्गन्धे लेदो बग्ने नदी किनारको यात्रा गर्न कोही चाहँदैन। नदी भनेपछि त्यसमा बग्ने पानी निर्मल हुनुपर्दछ। त्यसका लागि निम्न उपाय अवलम्बन नगरी नदीले आफ्नो वास्तविक स्वरुप धारण गर्नै सक्दैन।

१ विगत १०।१२ वर्षयता काठमाडौंको जनसंख्या ह्वात्तै बढेको छ। त्यही अनुपातमा विल्डिंगहरुको निर्माण भएको छ। हरेक टोलबाट ह्युमपाइपभरि मानव मलमूत्र बोकेका ठूलाठूला ढल पाइपहरु राजधानी शहरका नदीहरुमा लगेर जेाडिएका छन्। यो कार्य सरासरी नदीहरुको हत्या हो। घरका सबै सदस्यहरुले आफ्नै घरको बरण्डावरिपरि दैनिक रुपमा दिशा पिसाब गरेर सुवासनाको आशा गरे सरह हो नदीहरुमा प्रत्येक घरबाट उत्पादित मलमूत्र र अन्य सबै प्रकारका फोहोरका ढलहरु जोडेर नदीहरुलाई बृहत् ढलमा रुपान्तरित गरी स्वच्छ सुन्दर सभ्य काठमाडौंको अपेक्षा राख्नु।

२ बाघको शिकार गर्न श्यालको बन्दोबस्तीका सामानले काम दिँदैन। महानगरपालिकाका नदीहरुमा निर्मल पानी बगाउन ठूलै योजना चाहिन्छ। सबै भन्दा पहिला नदीका स्रोतहरुमा सबै प्रकारका जल शोषण र जल प्रदूषण बन्द गर्न सक्नुपर्दछ। त्यसको लागि कुनै पनि फोहोरको ढल नदीमा मिसाइनु हुँदैन। नदीमा फोहोरका पोकाहरु फाल्न र नदी किनारमा दिसा पिसाब गर्न दण्डनीय अपराध घोषित गरिनुपर्दछ। सबै ढलको निकास यसरी गरिनुपर्दछ कि एकै चोटि सिंगो शहरको सम्पूर्ण फोहोर ढल चोभार पार भएपछि मात्र बल्ल वागमतीमा मिसिने प्रबन्ध गरियोस्।

३ नदीहरुका दुवै किनारामा जत्रोसुकै भलबाढी थपिए पनि सहजै अटाउने गरी जगैदेखि पक्की तथा उच्च पर्खाल निर्माण गरिनुपर्दछ। पर्खालका बाहिरपट्टि जमिन पट्टिबाट ढल निकासको लागि भीमकाय पक्की डे्रइन नाला निर्माण गरी शहरभरिको ढल निकासको व्यवस्था गरिनुपर्दछ। यस प्रकार निर्मित ढलका पक्की नाला माथिबाट मजबुत ढंगले सिमेन्टेड ढलान गरी कोरिडोर रोड निर्माण गरिनुपर्दछ।

४ अहिले शहरभित्र निर्मित सबै सडकहरु अति अवैज्ञानिक नितान्त काम चलाउ तथा ज्यादै भद्दा शैलीका छन्। सामान्य पानी पर्ने बित्तिकै सडक बाहिरबाट बग्ने सानातिना भलले पनि सडक बाहिरको माटो सडकमा ल्याउँछ। पानी रहेपछि अनगिन्ती गाडीहरुको अनवरत गुडाइले सर्वत्र असह्य फोहोर धूलो उडाउँछन्। सडक यसरी निर्माण गरिनुपर्दछ जसले गर्दा बाहिरको पानी बगेर कुनै हालतमा सडकमा नआओस्। शहरभित्रका कुनै गल्लीहरुसम्म पनि धुलौटे कच्ची अवस्थामा त्यत्तिकै छाडिनु हुन्न। हरेक सडकको बीच भाग केही अग्लो र त्यसपछि क्रमशः होचो हुँदै दुबै साइडका सडक नालासम्म पुग्नु पर्छ। तब मात्र पानी पर्दा सडक आफैं सफा हुने गर्दछ। हरेक सडक किनारमा सडकबाट किनारीकृत पानी बग्ने वैज्ञानिक नालाहरुको अनिवार्य व्यवस्था गरिनुपर्दछ।

५ सडक पेटीहरुमा खुद्रा व्यापारीहरुले बाटैभरि पसल फिजाएर पैदल यात्रीहरुलाई हिँडीनसक्नु पारिरहेको अवस्था छ। यस्ता सडक पेटी पसलेहरु जो आ७३टछछघघसनो परिवार पाल्नका लागि यसो गर्न बाध्य छन् यिनीहरुलाई गुजारा सजिलै चल्ने वैकल्पिक ठाउँ वा वैकल्पिक व्यवस्था तुरुन्तै गरिदिनुपर्दछ। ६ कोटेश्वर चोक कलंकी चोक नारायण गोपाल चोक चाबहिल चोक गौशाला चोक नयाँ वानेश्वर चोक पुरानो वानेश्वर चोक माइतीघर चोक त्रिपुरेश्वर चोकजस्ता चौराह क्रसरोड भएका स्थानहरुमा गाडी गुड्ने स्काई रोड र ग्राउन्ड रोड निर्माण गरिनुपर्दछ।

७ काठमाडौं महानगरपालिकाका सडक गल्लीहरु सफा गर्ने कर्मचारीहरुले सडकका कागज पतकरहरु झाडुले भेला गर्ने तथा झाडुले यताको धूलो उता उडाएर बिहानैपिच्छे शहरी वातावरणलाई फोहोरी धूलोमय बनाउने गर्दछन्। मर्निंग वाक गर्न निस्किएका प्रेसर र डाइबेटिस्का विमारीहरुले बिहानैपिच्छे फोक्सोभरि शहरको फोहोरी धूलो भरेर घर फर्किने बाध्यता छ। यस अवस्थामा आमूल फेरबदल नगरी स्थितिमा सुधार आउने लक्षण देखिँदैन।

८ राजधानीका शौचालयहरु महंगा भए। एक पटक पिसाब गर्दा तीन रुपियाँ तिर्नुपर्छ। सर्वसाधारण मानिसहरु यस कारण शहरका अलगढलक ठाउँहरुमा पिसाब गरेर शहरमा दुर्गन्ध बढाउँदछन्। एक पटक पिसाब गरेको रु। १ भए सबैले शौचालय प्रयोग गर्ने थिए र साधारण जनतालाई राहत मात्र होइन शहर सफा राख्न पनि यस राहतले मद्दत गर्ने थियो। सडक र शौचालयको सरसफाइको भरपर्दो निरीक्षणको व्यवस्था महानगरपालिककाले सशक्त ढंगले निरन्तर गर्नुपर्छ। शौचालय तथा सडक सरसफाइ ठेकापट्टामा दिएर होइन कामपाले प्रत्यक्ष आफ्नै कर्मचारीद्वारा गराउनुपर्छ।

१० शहरबाट उत्पादित सम्पूर्ण फोहोरको रिसाइक्लिंग व्यवस्था महानगरपालिकाले आफ्नै योजनामा संचालन गर्नु राम्रो हुन्छ। शहरको फोहोरको निकास गर्न उपत्यकाबाहिर बस्तीरहित ठाउँको छनोट गर्नुपर्छ जहाँ धेरै अग्लो ठाउँबाट डाइरेक्ट टि्रपरले फोहोर खसाउने व्यवस्था हुनुपर्दछ। फोहोर फाल्न जाने नगरपालिकाका गाडीहरु आवतजावत गर्ने सडक छुट्टै नगरपालिकाको आफ्नै हुनुपर्दछ।

यी कार्यहरु पूरा गरेर जहाँसम्म नेपालको राजधानीलाई सुन्दर सभ्य शहर बनाउने सवाल छ सबै कुराको तगारोको रुपमा आर्थिक समस्या उभिन्छ। कामपाले आफ्नो बजेट मजबुत बनाउन धेरै कसरत पनि गर्यो होला। तर उल्लिखित कार्यहरु पूरा गर्न अन्य उपायहरुमध्येको सबै भन्दा भरपर्दो तथा शहरसँग घनिष्ट सरोकार राख्ने निकाय भनेका शहरका गृहस्वामीहरु नै हुन्। काठमाडौं महानगरभित्र एक र दुईतल्ले घरहरु थोरै मात्र पाइन्छन्। अधिकाश घरहरु तीन-चार तल्ले छन्। अब निजी आठ-दश तल्ले भवनहरु पनि प्रशस्तै निर्माण भएका छन्।

एउटै मानिसका कैयौं तीन-चार तल्ले घरहरु पनि छन्। यस प्रकार शहरका घरमालिकहरु सिरान तल्लामा बसेर अरु सबै तल्लाहरु महंगो दरमा भाडामा लगाउँछन्। आजका मितिसम्म काठमाडौंमा एउटा फ्ल्याटको भाडादर कम्तीमा १० हजारदेखि लिएर २० हजारसम्म छ। एक जना घरमालिकले कम्तीमा महिनाको २० हजारदेखि लिएर २० लाखसम्म भाडा उठाउँछन्। यस्ता प्रत्येक घरमालिकले कम्तीमा वर्षको १० हजार सरकारलाई कर तिर्ने हो भने वर्षको २० करोडभन्दा माथि राजस्व उठ्छ। मनपरी घरभाडा बढाउन घरमालिकहरुलाई छूट छ तर जब सरकारलाई राजस्व बुझाउने सवाल आउँछ घरमालिकहरुको टाउको दुख्न शुरु भैहाल्छ। सफा सुन्दर शहरको त्यहीँ स्थायी रहनेहरुलाई अरुलाईभन्दा ज्यादा आवश्यक परेको हुनुपर्छ। महान् कार्य हासिल गर्न केही त्याग गर्नुपर्छ भन्ने कुरा काठमाडौंका स्थायी बासिन्दाले महसुस नगरी महानगर सफा सुन्दर र सभ्य बन्न सक्दैन। महानगरपालिकाको नियमित बजेटमाथि शहरलाई सफा सुन्दर राख्न विभिन्न विदेशी संघसंस्थाहरुले पनि थप लगानीको लागि इच्छा गरिरहेका छन्।