प्राविधिक उथल–पुथलको वर्ष–२०११

सन् २०११ मा प्रविधि क्षेत्रको विश्वकै एक महान् आविष्कारको निधन भयो । साइबर–सुरक्षाका लागि कम्पनीहरूलाई अर्बौ डलर खर्च गर्नुप¥यो । यस्तै, विद्युतीय र वेब प्रवृत्तिले नयाँ औजार प्रदान गर्नुका साथै नयाँ चुनौतीहरू पनि सिर्जना ग¥यो । विश्वभर आन्दोलन चर्काउन फेसबुकजस्तो सामाजिक संजालको व्यापक प्रयोग भयो ।
यो वर्ष नै स्मार्टफोन र ट्याबलेट कम्प्युटरको अत्यधिक बिक्री विस्तार भयो । ह्यलेट–प्याकर्ड (एचपी) को मोबाइल रणनीतिको सुरुवात, मोटरोलाका लागि गुुगलको योजना, इन्टेलको थ्री–डी सिलिकन ट्रान्जिटर्स र मोबाइल भुक्तानी प्रणालीलगायतको आविष्कार पनि यहीँ वर्ष भयो । तर, कतिपय प्राविधिक घटनाक्रमहरू ठूला बजारमा प्रभाव जमाउन नसकेकाले चर्चाको विषय बन्न सकेनन् । यहाँ सन् २०११ मा प्रविधि जगत्मा घटेका सर्वाधिक ठूला घटनाक्रमहरूबारे संक्षेप्त चर्चा गरिएको छ, जसको प्रभाव सयौं वर्षसम्म पनि जीवन्त रहिरहने अपेक्षा छ ः
१. स्टिभ जब्सको मृत्यु ः एप्पल इंकलाई मध्यम–वर्गीय तहबाट विश्वकै सर्वाधिक मूल्यवान प्रविधि कम्पनीको स्थानसम्म पु¥याउने शक्तिशाली तथा सम्मानित यसका सह–संस्थापक स्टिभ जब्सको निधन भयो । लामो समयदेखि क्यान्सर रोगले पीडित रहँदै आएका जब्सले अन्ततोगत्वा गत अक्टोबर ५ तारिखका दिन यो संसार छाडे ।
उनको निधनपश्चात् विश्वभर रहेका एप्पल स्टोरहरूमा हजारौं संख्यामा सर्वसाधारणहरू उनको श्रद्धाञ्जलीमा सहभागी बनेको देख्न सकिन्थ्यो । पर्सनल कम्प्युटर उद्योगको सिर्जना गर्ने श्रेय मूलतः जब्सलाई नै जान्छ । उनकै नेतृत्वमा विश्व प्रविधि जगत्का अत्यन्त लोकप्रिय डिभाइसहरू ः आइम्याक, आइपड, आइफोन र आइप्याडको उत्पादन सम्भव भयो ।
तीव्र–गतिमा विस्तार भइरहेको प्रविधि उद्योग जब्सको निधनले केही समयका लागि भए पनि स्तब्ध बन्यो र विश्वका व्यावसायिक एवं अन्य नेतृत्वकर्ताहरूले उनको प्रभावबारे सार्वजनिक रूपमा बहस गर्न थाले ।


२. आन्दोलनका लागि सामाजिक सञ्जालको व्यापक प्रयोग ः वसन्त क्रान्तिले चिनिने अरब विद्रोहमा फेसबुक, ट्वीटर र युट्युबलगायतको उल्लेख्य भूमिकाले यी सामाजिक मिडियाको महत्व अझ बढायो । सन् २०१० को अन्त्यताका सुरु भएका मध्यपूर्वका अधिकांश आन्दोलन सामाजिक सञ्जालको व्यापक प्रयोगले सन् २०११ मा आएर सफल भए ।
सामाजिक सञ्जालहरूको माध्यमद्वारा नै आन्दोलनकारीहरूले व्यापक जनसमर्थन जुटाए, जसको ज्वलन्त उदाहरण इजिप्टमा देखियो । आन्दोलनको रूप भयानक भएपछि लामो समयदेखि निरंकुश शासन गर्दै आएका इजिप्टेली राष्ट्रपति होस्नी मुबारकको शासन अन्त्य भयो । यसैगरी, अमेरिकाबाट सुरु भएको ‘वालस्ट्रिट कब्जा गरौं’ नामक अभियानले पनि ट्वीटरकै सहारा लिएको देखिन्छ ।


३. साइबर अपराध ः सन् २०११ साइबर अपराधबाट पनि अछुतो रहन सकेन । चर्च, ई–कमर्स र बैंक लगायतका क्षेत्रहरूमा राजनीतिक तथा आर्थिक रूपले प्रेरित सयौं कम्प्युटरमाथि हमला भयो । जापानी प्रविधि कम्पनी सोनीको अनलाइन नेटवर्क आक्रमण भयो । जसले कम्पनीको अनलाइन नेटवर्क विश्वभर नै प्रभावित भयो र ठूलो धनराशि गुमाउनुप¥यो ।
४. ट्याबलेट बजारको बृहत् विस्तार ः एप्पलको ट्याबलेट कम्प्युटर ‘आइप्याड’को विशाल सफलतापश्चात् यो वर्ष विगत दशकौंदेखिको पुरानो पर्सनल कम्प्युटर (पीसी) बजारले ठूलो झट्काको सामना गर्नुप¥यो । एप्पलको सफलता यसका अन्य प्रतिद्वन्द्वीहरूलाई पनि ट्याबलेट उत्पादन गर्न प्रेरित ग¥यो र विश्व कम्प्युटर बजारमा ट्याबलेटको माग उल्लेख्य बढ्यो ।
५. पेटेन्ट लडाइँ ः सन् २०११ पेटेन्ट लडाइँको दृष्टिकोणले पनि अत्यन्त चाखलाग्दो वर्ष रह्यो । विश्व मोबाइल उद्योगका एप्पल, गुगल, एचटीसी, माइक्रोसफ्ट, रिम र सामसुङजस्ता ठूला नाम अत्यन्त जोखिमपूर्ण मानिने पेटेन्ट लडाइँमा होमिए ।
यी कम्पनीहरूले अनुमति प्राप्ति तथा प्रतिद्वन्द्वीको उत्पादनको बिक्री प्रतिबन्ध लगाउन विश्वभर नै पेटेन्ट चोरीको अभियोगमा एक–अर्काको विरूद्धमा मुद्दा दायर गरे ।
६. गुगल प्लस ः आजभोलि अधिकांश मानिस वेबमा नयाँ विषयवस्तुका बारेमा खोज गर्नुभन्दा पनि धेरै समय सामाजिक सञ्जालमा बिताउँछन् । अर्को शब्दमा भन्नुपर्दा आममानिस गुगलको तुलनामा फेसबुकमा बढी समय खर्चिने गर्छन् । यसर्थ, पनि विश्वकै सर्वाधिक ठूलो ‘सर्च इन्जिन’ गुगलले फेसबुकजस्तै स्वरूप भएको आफ्नो छुट्टै सामाजिक सञ्जाल ‘गुगल प्लस’ सिर्जना ग¥यो, जसले छोटो समयमै सामाजिक मिडिया प्रयोगकर्ताहरू सामु लोकप्रियता पायो ।
७. एप्पल विश्वकै सर्वाधिक मूल्यवान कम्पनी ः झन्डै १४ वर्षको अन्तरालपश्चात् सन् १९९७ मा एप्पल इंकमा स्टिभ जब्सको पुनर्प्रवेश हुँदा उनले कम्पनी टाट पल्टिने अवस्थामा थियो । तर, सन् २०११ मा आएर उनले टाट पल्टिने अवस्थामा पुगेको त्यहीँ कम्पनी ‘एप्पल इंक’लाई विश्वकै सर्वाधिक मूल्यवान प्रविधि कम्पनीको स्थान दिलाउन सफल भए ।
कारोबारदैनिक