सार्क (SAARC)

शिखर सम्मेलन
  • पहिलो ७-८ डिसेम्बर १९८५, ढाका, बङ्गलादेश
  • दोस्रो १६-१७ नोभेम्बर १९८६, बङ्गलोर, भारत
  • तेस्रो २-४ नोभेम्बर १९८७, काठमाडौँं, नेपाल
  • २९-३१ डिसेम्बर १९८८, इस्लामावाद, पाकिस्तान
  • पाँचौं २१-२३ डिसेम्बर १९९०, माले, माल्दिभ्स
  • छैठौं २१ डिसेम्बर १९९१, कोलम्बो, श्रीलङ्का
  • सातौं १०-११ अपि्रल १९९३, ढाका, बङ्गलादेश
  • आठौं २-४ मे १९९५ नयाँदिल्ली, भारत
  • नवौंं १२-१४ मे १९९७, माले, माल्दिभ्स
  • दसौं २९-३१ १९९८, जुलाई, कोलम्बो, श्रीलङ्का
  • एघारौं ५-६ जनवरी २००२, काठमाडौंँ, नेपाल
  • बाह्रौं ४-६ जनवरी २००४, इस्लामावाद, पाकिस्तान
  • तेह्रौं १२-१३ नोभेम्बर २००५, ढाका, बङ्गलादेश
  • चौधौं ३-४ अपि्रल २००७, नयाँ दिल्ली, भारत
  • पन्ध्रौं २-३ अगस्ट २००८, कोलम्बो, श्रीलङ्का
  • सोह्रौं २८-२९ अपि्रल, २०१०, थिम्पु, भुटान
  • सत्रौं १०-११ नोभेम्बर, २०११, अड्डु एटोल, माल्दिभ्स


दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -सार्क) स्थापना सन् १९८५ डिसेम्बर ८ मा भएको हो । नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स र श्रीलङ्का मिलेर स्थापित सार्कको पछिल्लो राष्ट्रको रूपमा अफगानिस्तान रहेको छ । सन् २००७ अपि्रलमा भारतमा सम्पन्न १४ औं शिखर सम्मेलनले अफगानिस्तानलाई सदस्यता प्रदान गरेको हो ।
सार्क स्थापनामा बङ्गलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमानको योगदान महìवपूर्ण रहेको छ । रहमानले सन् १९७० को दशकमा दक्षिण एसियाली राष्ट्रहरूको एउटा व्यापारिक समूह गठनको प्रस्ताव राख्नुभएको थियो । उहाँले सन् १९८० मे २ मा 'दक्षिण एसियाली क्षेत्रीय सहयोग' को अवधारणालाई अगाडि सार्दै दक्षिण एसियाली राष्ट्रहरूका राष्ट्र/सरकार प्रमुखहरूको शिखर बैठकको आहृवान गरी पत्राचार गर्नुभयो । सन् १९८१ मा सात देशका विदेश सचिवहरूको पहिलो बैठक श्रीलङ्काको कोलम्बोमा बस्यो । शृङ्खलावद्ध बैठकहरूको आयोजनापछि सन् सन् १९८५ डिसेम्बर ७-८ मा बङ्गलादेशमा आयोजित शिखर भेलाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको बडापत्रलाई औपचारिक रूपमा स्वीकार गरेको हो ।
 
उद्देश्य
सार्कको बडापत्र अनुसार यसका उद्देश्यहरू निम्न अनुसार रहेका छन् ः
उ दक्षिण एसियाका जनताहरूको हित अभिवृद्धि गर्नु र उनीहरूको जीवनस्तरमा सुधार ल्याउनु,
उ यस क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति तथा सांस्कृतिक विकासमा तीब्रता ल्याउनु र सबै मानिसलाई स्वाभिमानसाथ रहने र उनीहरूलाई आˆनो पूर्ण क्षमताको महसुस गराउने अवसर प्रदान गर्नु,
दक्षिण एसियालीका देशहरूबीच सामूहिक आत्मनिर्भरतालाई अभिवृद्धि र सुदृढ गर्नु,
आपसी विश्वास, एक अर्काका समस्याहरूप्रति समझदारी बढाउन,ु
आर्थिक, सांस्कृतिक, प्राविधिक, सामाजिक तथा वैज्ञानिक क्षेत्रहरूमा सक्रिय सहयोग र आपसी सहायता प्रबर्द्धन गर्नु,
अन्य विकासोन्मुख देशहरूसँगको सहयोगलाई मजबुत तुल्याउनु
आपसी साझा हितका मामिलामा अन्तर्राष्ट्रिय मञ्चहरू सहयोग सुदृढ गर्नु, र
समान लक्ष्य र उद्देश्य भएका अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूलाई सहयोग पुर्‍याउनु ।
 
सार्क सचिवालय :
सार्क सचिवालय नेपालको काठमाडौंँमा रहेको छ । यसको उद्घाटन नेपालका तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहबाट सन् १९८७ जनवरी १६ मा भएको हो ।
सार्क सदस्य राष्ट्र :
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -सार्क) का सदस्य राष्ट्रहरूको सङ्ख्या आठ रहेको छ । ती हुन् अफगानिस्तान, नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स र श्रीलङ्का । सार्कको सदस्यताका लागि चीनले चासो देखाएको छ । नेपाल र बङ्गलादेश चीनलाई सदस्यता दिने पक्षमा छन् भने भारत विपक्षमा रहेको छ । सार्कको चौधौं शिखर सम्मेलनमा नेपाल, पाकिस्तान र बङ्गलादेशले चीनको सदस्यताको समर्थन गरेका थिए । साथै, इरानले पनि सार्कको सदस्य हुने इच्छा व्यक्त गरिसकेको छ । सार्कको सदस्य हुन रुचि देखाएको अर्को मुलुक हो म्यान्मा । भारत म्यान्माको सदस्यताको पक्षमा रहेको छ ।
पर्यवेक्षक हरू :

सार्कका पर्यवेक्षक राष्ट्रहरूमा अस्ट्रेलिया, चीन, युरोपेली संघ, इरान, जापान, मौरिसस, म्यान्मा, दक्षिण कोरिया र अमेरिका रहेका छन् । इन्डोनेसिया र रसियाले पनि पर्यवेक्षक हुन चासो देखाएका छन् ।
महासचिवहरू :

सार्कमा अहिलेसम्म १० जना महासचिव भइसकेका छन् । सार्कका प्रथम महासचिव हुन् बङ्गलादेशका अबुल अहसन । अहसन सन् १९८७ जनवरी १६ देखि १९८९ अक्टोबर १५ महासचिव हुनुभयो । त्यसपछि भारतका कान्त किशोर भार्गव -१९८९ अक्टोबर १७ - १९९१ डिसेम्बर ३१), मालदिभ्सका इब्राहिम हुसैन जाकी -१९९२ जनवरी १ देखि १९९३ डिसेम्बर ३१), नेपालका यादव कान्त सिलवाल -१९९४ जनवरी १ देखि १९९५ डिसेम्बर ३१), पाकिस्तानका नइम यु हसन - १९९६ जनवरी १ देखि १९९८ डिसेम्बर ३१), श्रीलंकाका निहाल रोडि्रगो -१९९९ जनवरी १ देखि २००२ जनवरी १०), बङ्गलादेशका क्यू. ए.एम.ए. रहिम -२००२ जनवरी ११ देखि २००५ फेब्रुअरी २८), भुटानका चेन्क्याब दोर्जी -२००५ मार्च १ देखि २००८ फेब्रुअरी २९) र भारतका शील कान्त शर्मा -सन् २००८ मार्च १ देखि २०११ फेब्रुअरी २८) महासचिव हुनुभयो । २०११ मार्च १ देखि माल्दिभ्सका फतिमाथ धियाना साइद महासचिव हुनुहुन्छ । साइद सार्कको प्रथम महिला महासचिव हुनुहुन्छ ।
शिखर सम्मेलन :
अहिलेसम्मको सार्कको कुल १७ वटा शिखर सम्मेलन सम्पन्न भइसकेका छन् ।
सार्कका सामान्य नियम :
सार्क बडापत्रको धारा १० मा सामान्य नियमहरूको व्यवस्था गरिएको छ । सार्कको गतिशीलतामा यही नियम सबैभन्दा ठूलो बाधकको रूपमा रहेको विश्लेषकहरूको धारणा छ ।
यी नियमहरू हुन् :
सार्कका सबै स्तरका निर्णयहरू सर्वसम्मतिका आधारमा लिइने छ ।
द्वीपक्षीय र विवादास्पद विषयहरू छलफलमा राखिने छैन
-युवा मंच