विहार सम्मिट, नीतिश र नेपाल


-सीताराम अग्रहरि
 
मरिससका संस्कृतिमन्त्री मुक्तेश्वर चुन्नीद्वारा विहारबारे आयोजित त्रिदिवसीय ग्लोबल सम्मिटमा व्यक्त यो भावना सम्भवतः अपवादबाहेक प्रायःजसोको अनुभूति हो। विहार बदलिरहेछ र तेजगतिका साथ त्यहाँ परिवर्तन मन्थन पनि भइरहेको छ। विहारका मुख्यमन्त्री नीतिशकुमारद्वारा गत साता पटनामा आयोजित बिहार 'महामन्थन' भव्य मात्र होइन विचारोत्तेजक र सार्थक रहृयो। यो शिखर सम्मेलनका स्टार पाहुना थिए नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराई। एउटा प्रान्तका मुख्यमन्त्री र एउटा देशको प्रधानमन्त्रीबीच 'स्टाटस' को प्रश्न पनि होला तर विहार अहिले जसरी चम्किरहेछ र त्यसलाई चम्काउन नीतिशकुमारको जुन सीप देखियो, यो हिसाबमा यो प्रश्न गौण छ। प्रश्न छ, विहारको परिवर्तन नेपालका लागि के कुनै अर्थ राख्दछ वा राख्दैन ?
जहाँ विहार सम्मिट नेपालीहरूका लागि विहारको विकास प्रक्रियालाई नजिकबाट बुझ्ने महत्त्वपूर्ण अवसर थियो भने अर्कोतिर विहारवासीमा अझ विश्वास भर्ने मौका पनि थियो। यद्यपि विपक्षी नेता लालुप्रसाद यादवले निवेशका लागि यो सम्मिट थिएन भने यत्रो आयोजनाको अर्थ के छ भनी प्रश्न पनि गरेका छन्। विपक्षी दलका नेता भएका नाताले यो प्रश्न आˆनो ठाउँमा ठीक पनि होला तर यादवले भने झैँ यो शिखर सम्मेलन मात्र नीतिशकुमारका व्यक्तित्वको महिमागानमा केन्दि्रत भएको मान्न सकिन्न। विहारको मिडियाले खुलेआम नीतिशको यो पहलको प्रशंसा गरेबाट बुझ्न सकिन्छ, नीतिश कागजका डुंगाका नाविक होइनन्। भारतकै विविध क्षेत्रका ठूल्ठूला हस्ती र २४ देशका विशिष्ट पाहुनाहरूको उपस्थिति मात्र आत्मप्रचारको प्रयास मान्न सकिन्न। विहार, बंगालका १० स्थानबाट प्रकाशित प्रमुख अखबार प्रभात खबर लेख्दछ- "हिजोसम्म उपेक्षित राज्य आज देश-दुनियाका लागि कसरी उदाहरण बनिसकेको
छ ? पाँच वर्ष पहिलेको उदीयमान विहार अब कसरी बदलिँदो विहार बन्न पुग्यो ? यो सम्मेलन अन्य राज्यमा हुने प्रवासी सम्मेलन वा निवेशकहरूलाई आकषिर्त गर्ने समारोह जस्तो छैन। यो विचारहरू र विचारकहरूको जमघट हो, जहाँ अझ बढी परिवर्तन र विकासका बाटा निस्कनेछन्।"१६ फेबु्रवरी २०१२)
भारतका ११ राज्यबाट प्रकाशित दैनिक जागरण आˆनो सम्पादकीयमा लेख्छ, "विशेष चर्चामा विशेषज्ञहरूले माने कि राज्यमा विकास भएको छ र यसका लागि मानिसमा तिर्खा बढेको छ। परिदृश्य तेजीका साथ बदलेको छ। केन्द्र सरकारको योजनालाई जसरी विहारमा लागु गरिएको छ त्यो प्रशंसायोग्य छ।" -१९ फेब्रुवरी २०१२) १८ फेब्रुवरीमा 'हिन्दुस्तान दैनिक यो सम्मेलनलाई विकासको नयाँ बाटो' को संज्ञा दिंदै लेख्दछ, अहिले त सुरुवात मात्र हो, अबको दुई दिनमा परिणामसम्म पुग्ने विश्वास छ।

वस्तुतः आजभन्दा केही वर्ष पहिले अथवा नीतिशकुमार मुख्यमन्त्री बन्नुभन्दा अगाडि बाहिरमात्र होइन विहार र विहारीहरू भारतभित्र पनि एक किसिमले गालीसरह भैसकेको थिए तर आज समस्याबाट पूर्णतः मुक्त नभए पनि हरेक विहारीको 'बडी ल्याङ्ग्वेज' नै बदलिसकेकोे छ। कुनै बेला अपराध, अव्यवस्था र अराजकताको पर्याय झैं बनिसकेको विहारलाई भारतभित्र र बाहिर पनि बडो चासो र गम्भीरतापूर्वक हेर्न थालिएको छ। यो महापरिवर्तनको महापात्र हुन् विहारका मुख्यमन्त्री नीतिशकुमार। एउटा इमानदार मान्छेको अभ्युदयले के के सम्भव हुँदोरहेछ यो नीतिश सत्तामा आएपछि सावित हुँदैछ। यही सम्मिटमा नीतिशले बोले र सही नै बोले, "निराशामा डुबेका यहाँका मानिसले विकासका बारेमा सोच्न बन्द गरिदिएका थिए।" तर अब उनकै शब्दमा "विहारले विकासको नयाँ मोडेल तयार गरेको छ।" नीतिशको सबभन्दा ठूलो खुबी उनी सहज छन्, काम बढी गर्छन्, गफ कम हाँक्छन्। आˆनो उपलब्धिमा को प्रसन्न हुँदैन तर अहंकारको भाषामा उनी आत्मबखान गर्दैनन्। आˆना अभिव्यक्तिमा जति उनी इमानदार छन् कार्यान्वयनमा उत्तिकै दृढ पनि। उनी स्वीकार्छन्, "मात्र जीडीपी बढाउनु विकास होइन, जबसम्म आम जनताको आम्दानी बढ्दैन, सामाजिक, शैक्षिक परिवर्तन हुँदैन त्यसलाई हामी विकास मान्दैनौं।" नीतिश पुरानो धारणा सम्झदै भन्छन्, झारखण्डमा तपाईं आˆनो गाडीमा सुत्नुस् जहाँ उफि्रएर निद्रा भङ्ग हुन्छ त्यो विहार हुनेछ। अब समय बदलिसकेको छ।
वास्तवमै समय बदलिसकेको छ। गत वर्ष यो पङ्क्तिकार विहारको राजधानी पटनामा हुँदा केही जनसाधारणसँग जिज्ञासा राखेको थियो, के बदलिएको छ अहिले ? तिनको जवाफ थियो- पहिले साँझ पर्नासाथ घर र्फकने चिन्ता हुन्थ्यो, पसल चाँडै बन्द हुन्थ्यो अहिले राति अबेरसम्म निर्धक्क घुमफिर गर्न सकिन्छ। अर्थात् शान्तिसुरक्षाको कुरामा नीतिशले ठूलो परिवर्तन ल्याइदिएका छन्। दोस्रो, उनको कार्यकालमा सडकको जाल बिछिइसकेको छ। यो सडक निर्माण पुरानो विहारी शैली अथवा नेपाली शैलीको छैन। कुनै बेला राजीव गान्धीले काँग्रेस सम्मेलनमा भनेका थिए, केन्द्रबाट एक रुपियाँ हिंड्दा सत्ताका दलालहरूले ८५ पैसा खाइदिन्छन् र जनतासम्म मात्र १५ पैसा पुग्छ। तर नीतिशले यसमा कमाल गरिदिए उनले केन्द्रबाट आएको पैसाको सक्दो र अधिकतम जनविकासमा खर्च गरे। जब नेताले लोभ छोड्छ, त्याग र सेवालाई प्राथमिकता दिन्छ र दृढता अपनाउँछ विकास सुरु हुन बेर लाग्दैन। नीतिशले यो सावित गरे। उदाहरण बने। मृत्यु शैयामा पनि जीवन सम्भव छ भनी विहारबासीका विश्वासका जीवन्त प्रतिमूर्ति बने। इमानदारीका साथ विहार बदल्ने अभियानमा लागे र सफल भए पनि। त्यो सफलतामा कठोर गृहकार्य, इमानदारी, दूरदर्शिता, दृढताको ठूलो भूमिका छ। जातिवादी, अपहरण, हत्या, लुट, डकैती, दादागिरी, कलह धेरै प्रश्न थिए जब उनी सत्तामा आए। एउटा सकारात्मक कुरा के थियो भने विहारबासी पुराना राज शैलीबाट दिक्क भइसकेका थिए। जातिवाद अझ त्यहाँ कायमै छ तर उनीहरू विकासको मूल्यमा कोरा भाषण मात्र सहन तयार थिएनन्। लालु यादव पनि गरिब किसानका छोरा थिए। विहारका जनताले उनलाई र उनकी श्रीमतीलाई समेत पटक-पटक मौका दिए तर असहृय भई जनताले अन्ततः उनलाई ˆयाँकिदिए। यसको सोझो अर्थ थियो, लालु यादव राम्रा नेता भए पनि राम्रो विकास अभियन्ता बन्न सकेनन्। उता, नीतिशले सावित गरे, विकासको विकल्प छैन। रोचक के छ भने नीतिश र लालु दुवै जेपी आन्दोलनका उत्पादन हुन्। लालु मौका पाएर पनि चुके, नीतिशले मौकाको सदुपयोग रूपान्तरणमा खर्च गरे। दोस्रो निर्वाचनमा बीजेपीसँग मोर्चाबन्दी भए पनि नीतिशले गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई विहारमा प्रचार गर्नबाट रोके। बीजेपीसँग मिल्दा पनि लोकतान्त्रिक समाजवादी धर्म निरपेक्षतावादी छवि उनले कायमै राखे।
भारतमा मात्र होइन नेपाली परिप्रेक्ष्यमा नीतिश रोल मोडल हुनसक्छन्। जब घोर निराशा, घोर अराजकता र अन्योलबीच विहार विकासपथमा अगाडि बढ्नसक्छ भने हामी किन बढ्न सक्दैनाँै ? यसको अर्थ नेपालमा नीतिश चाहिन्छ भन्ने होइन नीतिशझैँ विकासलाई एजेन्डा बनाएर शान्तिपूर्ण ढङ्गले समाज रूपान्तरण गरिदिने इमानदार र दृष्टिवान् नेताको खाँचो छ। अर्को कुरा समाज परिवर्तनमा हिंसा अनिवार्य तìव होइन। शान्तिपूर्ण रूपमा पनि प्रगतिशील, समाजबादी रूपान्तरण सम्भव छ, यो नीतिशबाट सिक्न जरुरी छ। हो, अहिले पनि विहारमा अनेकौं चुनौती छन्, यो नीतिशलाई र विहारलाई नजिकबाट नियाल्ने सबैलाई थाहा छ तर विहार 'ट्रयाक'मा आइसकेको छ। अफसोच, विहार धेरै अगाडि बढिसक्यो, हामी धेरै पछाडि। बदल्ने आखिर नेताले नै हो। नीतिशले सत्ताबाहिर बस्दा धेरै कुरे, धेरै सोचे र मौका गुमाएनन्। हाम्रा नेताहरू चाहे सत्ता बाहिर हुन् वा भित्र तिनमा नीतिश हुने लालसा नै देखिन्न। जुन छन् पनि केही ती पार्टीभित्रका भ्रष्ट, अवसरवादीहरूबाट थिच्चिएका छन्।
गोरखा पत्र