यसरी बन्यो नेपाल

प्रा.डा. राजाराम सुवेदी
नेपाल देश वाचक शब्द हो, जहाँको उखु खल्लो हुन्छ। नेपालमा कस्तूरी, ऊन, सङ्खियाविष, हरितालविष, किराततिक्त, पाँचऔँले, यार्सागोम्बोजस्ता अमूल्य चिज पाइन्छन्। नेपालमा हिमाल, लेक, पहाड, उपत्यका र तराईजस्ता प्राकृतिक भू-भाग छन्। यसलाई चिनाउने राजा जनक, बुद्ध, सीता, भृकुटी, अरनिको, मानदेव, मुकुन्दसेन, जयस्थिति मल्ल, राम शाह र पृथ्वीनारायण शाह जस्ता सपूतहरू हुन्। भूगोलअनुसार नेपालमा विभिन्न थरी पशु, पक्षी, मानिस र हावापानी रहेको छ। नेपालका शासकहरूले एक-अर्काको रीतिरिवाज र परम्परा, भेषभूषा र भाषा संरक्षण गरेकाले बाहिरबाट आˆनो संस्कृति खोज्न यात्रुहरू यस देशमा आउने गर्छन्।
नेपालको इतिहास गोपाल वा गाई पाल्ने जातिबाट सुरु भई महिषपाल, किरात, लिच्छवि, मल्ल, सिन्जामा मल्ल, सिमरौनगढका कणर्ाटक, बाइसी, चौबीसी, उपत्यकाका मल्ल ठकुरी र सेन ठकुरीपछि शाहवंशीय राज्य स्थापना भएको पाइन्छ। हिमालवारि, हिमालपारिबाट विभिन्न समयमा आएर बसोबास गरेकाले नेपाल विविध जातिको मिलन क्षेत्र मानिन्छ। खैवरघाँटीको बाटो किरातहरू भागीरथीको किनार भई काशी कामरूप हुँदै आए। लिच्छविहरू बृज्जिहरूले धपाउँदा वैशालीबाट नेपाल पसे। दक्षिण र पश्चिमतिरबाट कणर्ाटक र मल्लहरू पसे, उत्तर-पश्चिम तिब्बत, अङ्कराबाट खसहरू पसे, राजपुतनामा सभ्यता विकास गर्दै शाहहरू पसे भने अन्य जातिहरू उनीहरूकै साथमा समय-समयमा नेपाल पसेर यहीँ बसे। आज सबैले आˆनो रीतिरिवाज, परम्परा र आˆना पितापुर्खाको गौरव धान्न नेपाली पहिचान बोकेर बसेका छन्।
माथिका कुरालाई विचार गर्दा नेपाल एक पगाल्ने भाँडा जस्ता प्रतीत हुन्छ। पूर्ववर्ती शासकहरूका उदारताका कारणवश हामी आˆनो पहिचान राख्न समर्थ भएका हौँ। नेपालबाहिरका बासिन्दाले विभिन्न आक्रमण झेल्नुपर्दा आˆनो संस्कृति गुमाएकाले त्यस्ता धेरैजसो जातिले आˆनो पहिचान खोज्न नेपाल आउने गरेका तथ्यहरू छन्।


नेपालको लोकइतिहास किरातकालबाट सुरु भएको देखिन्छ। किरातको शासनपद्धति राजतन्त्रात्मक थियो। किरातले ३२ पुस्तासम्म नेपालमा राज्य गरे। त्यतिबेलाका किरातले जनै लगाउँथे भन्ने कुरा किरात राजाका शिलामूर्तिहरूबाट प्रमाणित हुन्छ। किरातले शैव धर्म र मुन्धुम परम्परा मान्थे। किरातलाई गणतन्त्रवादी लिच्छविहरूले विक्रमको सुरुदेखि विस्थापित गर्दा गणतन्त्रात्मक राज्य स्थापना गरे। तर, नेपाली जनताको त्यता अभ्यास नहुँदा किरातकालीन पद्धतिमा र्फकन बाध्य भए। लिच्छवि वंशका प्रख्यात राजा मानदेवले आफूलाई क्षेत्री भएको दावा गरे तापनि राँगो र बनेल खान्थे र राज्य सञ्चालन गर्थे। पछि उनीहरूले घरपाला बनेल/सुँगुर पनि चलाएकाले लिच्छवि जातिको अवशेष भुजेल/मगरमा रहेको अनुभूति गरिँदै छ।
लिच्छविकालबाटै शासनलाई सहजीकरण पार्न राज्यलाई विभिन्न विषय -जिल्ला)मा विभक्त गर्ने चलन चलाए। तदनुसार १३ विषयको नामसम्म हामीलाई जानकारीमा आएको छ। मल्लहरूले लिच्छवि वंशका राजाहरूलाई बलात हटाई आफू भारदारबाट राजा भएपछि पनि नेपालमण्डल र विषयको परम्परा कायम राखेका थिए। त्यतिबेला पनि केन्द्र र मोफसल गरी दुईप्रकारको शासन प्रणाली सञ्चालन हुन्थ्यो।
दक्षिण भारतका चालुक्यवंशीय राजा विक्रमादित्यले आˆनो सेना नायक नान्यदेवलाई उत्तरतिर विजय गर्न ससैन्य पठाए। उनले पहिले नान्यपुरम र पछि सिमरौनगढमा राजधानी गराएर मिथिला राज्यको सीमाक्षेत्र कायम गरे। तदनुसार गण्डकीदेखि कोसीबीचको भू-भाग पथ्र्याे। उनले चर्चेको भू-भाग प्राचीन नेपालकै थियो।
तिब्बतमा श्रङचङ गम्पोले पालवंशीय राज्य स्थापना गरेपछि बुद्ध धर्मले राजकीय संरक्षण पाउनुका साथै लिपि विकास गरिएको थियो। त्यसै परम्पराको विरोधमा बोन धर्मावलम्बी राजा ग्लाङदार्माले विद्रोह गरिदिँदा भागेका बुद्ध लामाहरू क्रमशः लछाख, मुस्ताङ, भुटान, बामियान, काजकिस्तानजस्ता क्षेत्रमा पुगी उतै गोम्बा, किल्ला, मूर्ति र दरबारहरू बनाई बस्न थाले। ग्लाङदार्माको विद्रोहले तिब्बत दुई ˆयाक भई पूर्व र पश्चिम क्षेत्रमा भाग लाग्यो र पूर्वमा दलाई लामाले प्रतिनिधित्व गरे भने पश्चिमको नेतृत्वमा नागराजका पुर्खाहरू आए। पश्चिमतिरका शासकहरू पालवंशीयका सन्तति नागराज पालले हिमाल दक्षिणमा पर्ने सिन्जालाई केन्द्र बनाई शासन गर्न थाले। त्यो क्षेत्र पनि नेपालकै भू-भागभित्र पथ्र्याे। नागराज र उनका सन्ततिलाई पछि खस मल्ल भनी सम्बोधन गरेका ताम्रपत्रहरूले प्रमाणित गरेका छन्।
काठमाडौँ उपत्यकालाई राजा जयस्थिति मल्लले लिच्छवि वंशको शासन हटाई बलियो राज्य काठमाडौँ उपत्यकाको प्राचीन रजस्थल भक्तपुरमा केन्द्र बनाई शासन गर्न थाले। उनले संयुक्त शासन गर्ने चलन चलाए।
ऐतिहासिक कालक्रमानुसार वि.सं. १३२६ मा सिमरौनगढ, १५३८ मा काठमाडौँ उपत्यकाको राज्य र १५५० मा कणर्ालीप्रदेशको सिन्जा राज्य टुक्रैटुक्रा हुन थाले। त्यसैबेला वि.सं. १५७५-१६१० बीचमा मुकुन्द सेनले एक विशाल तलहट्टी -तराई) पहाडको राज्य पाल्पाको जगेर्ना गरेपछि सन्ततिलाई विभाजन गर्दा नेपालमा बाइसी, चौबीसी, उपत्यका र पूर्वका सेन राज्यहरू गरी ६५-६९ वटा स-साना राज्य स्थापना हुन गयो। त्यतिबेला नेपाल साँघुरिएर काठमाडौँ उपत्यकाले मात्र प्रतिनिधित्व गर्ने स्थिति आयो।
वि.सं. १६६१ देखि बेलायतको इस्ट इन्डिया कम्पनीले पुँजी जम्मा गरी सेयरहोल्डरले भारतमा व्यापार गर्ने लाइसेन्स पाए। त्यस कम्पनीले पुँजी आर्जनका साथै इसाई धर्म प्रचारमा बल थपिदिँदा भारतीय पुँजी बेलायततिर ओइरिन थाल्यो। वि.सं. १८१४ मा त इस्ट इन्डिया कम्पनीले व्यापारमात्र नभई शासनसमेत गर्न थाल्यो। त्यो कुरा दिल्ली दरबारमार्फत पाल्पाली राजाले बुझेकाले राज्य जगेर्ना गरे पनि थामिखान सकेनन्। आˆनी फुपूको घर भएकी खाँचीकी राजकुमारी चन्द्रप्रभावतीले त्यो कुरा फुपूकहाँ जाँदा बुझी गोरखाका राजालाई प्रभाव पारिन्। गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको छिन्नभिन्न अवस्थालाई महसुस गरी एउटा हिमाल, पहाड, तराई सम्मिलित बलियो आड भएको राज्य जगेर्ना गर्ने सङ्कल्प उठाए। तदनुसार स-साना भुरेटाकुरे राज्यलाई नेपालको छत्रमुनि राख्न थाले।
गोरखाका राजा पृथ्वीनारायण शाहले आकाङ्क्षा गरेजति काम आˆनो परमायुकालमा पूरा गर्न भ्याएनन् र आˆनो इच्छा र अनुभवलाई उपदेशका रूपमा छाडेर गए। त्यसैलाई दिव्योपदेश भनिन्छ। नेपालका शाहवंशीय राजाहरूको नेतृत्वमा विशाल नेपालको सिर्जना भई ४५ भन्दा बढी हिमालीघाँटी -बाटा) कब्जा गर्न र बलियो राज्य गठन गर्न समर्थ भए। वर्तमान एकीकृत नेपालको निर्माणकर्ता पृथ्वीनारायण शाहको आहृवानमा हाम्रा पौरखी, पुरुषार्थी पुर्खाले सर्वस्व र आत्माबलिदानी क्रियाकलापको प्रतिफल हामीले हाम्रो भन्ने एउटा देश पाएका छौँ। यसको अस्तित्वलाई विलय पनि धेरैपटक वैरीहरूबाट प्रहार भइसकेको थियो र हाम्रा पूर्वजले त्यसको चोटिलो जवाफ दिई देशको धुकधुकी बचाएका थिए। अझसम्म पनि नेपालमाथि त्यस्ता प्रहार विभिन्न अभिनयसाथ परिरहेका छन्। त्यो कुरा हामीले बुझेर काम गरी अग्रगामी छलाङ मार्न परेको छ। हामीसँग अब चोखो राष्ट्रपे्रम, राष्ट्रभक्ति सजीव छ र त्यो नै हाम्रो मूल पहिचान हो। हामी नेपाली विकासपथमा पछि छौँ र प्रभावी मार्गचित्रअनुसार अग्रगामी हुन जरुरी छ। हामीले आˆनो परम्परालाई जीवन्त पारेका हुनाले नै नेपालीको गौरवसाथ विश्वमा पहिचान लिन समर्थ भएका हौँ।
नेपाललाई विगत २१०० वर्षको इतिहास चक्रमा समरेखा कोर्दा क्रमशः गोपालले ३०० वर्ष, महिषपालले १५० वर्ष, पूर्वकिरात वंशले ३०० वर्ष, उत्तरकिरात वंशले ३०० वर्ष, पूर्वलिच्छवि वंशले ३०० वर्ष, उत्तरलिच्छवि वंशले ३०० वर्ष, पूर्वमल्ल वंशले ३०० वर्ष -कणर्ालीको सिन्जा र सिमरौनगढ राज्यसहित) उत्तरमल्ल वंशले ३०० वर्ष -बाइसी, चौबीसी र पूर्वका सेन राज्यसहित) व्यतीत भएपछि शाह वंशको शासन आरम्भ भएको पाइन्छ। वि.सं. १८३० देखि २०३० सम्म २०० वर्ष र २०६८ सालमा ३८ वर्ष पुगेको छ। शाहवंशीय शासन २०६३ सालमा बहिर्गमनमा परेपछि २०३५ वर्षे शासन भोग रहेको पाइन्छ। बुद्धि पुर्‍याएका भए ३०० वर्ष शासन गर्न सक्ने इतिहास चक्रले पुष्टि गरेको हुन्छ। हाम्रो देश नेपाल आकारमा सानो भएर पनि यति लामो कालचक्रसम्म स्थिर रही अस्तित्वमा रहन सक्नु हामी सबै नेपालीका निम्ति गौरवको कुरा हो
  गोर् खा पत्र