मापसे नियन्त्रण अभियान आलोचना र हाम्रो द्धेध चरित्र


-दिनेश पाण्डे

पछिल्लो समय मादक पदार्थ सेवन गरेर सवारी नचलाउ अभियानलाई नेपाल प्रहरीले प्राथमीकतामा राखेको छ । जसका कारण नेपाल प्रहरीले अधिकासं समय कडा आलोचना खेप्नु परेको छ । हरेक समय हाम्रो मानसिकतामा आउने परिवर्तनका कारण नै प्रहरीले यो आलोचना सहनु परेकोहो भनेमा फरक नपर्ला । हरेक समय जुन सुकै ठाउ जुन सुकै बैठक

 जुन सुकै कोठे भेला वा समारोह होस अहिले प्रहरीको मादक पदार्थ सेवन गरि सवारी हाक्ने कार्य बिरुद्धको अभियानको आलोचना नै हुने गरेको छ । यसका नदेखीने समर्थक भन्दा देखिने आलोचक नै बढी हुने गरेका छन ।
प्रहरीको यो अभियानको खुल्ला दिलले समर्थन गर्ने गृहीणीहरु वाहेक अन्यको संख्या खोज्ने हो भने सायद औलामै गन्न सकिन्छ । समाजलाई सही दिशा निर्देश गर्ने मध्येमा गनिएका वा समाजको ऐना भनिएका वा जेसुकै उपनामले प्रशंसा पाउदै आएका पत्रकारहरु पनि नजानिदो ढंगले त्यसको बिरोधमा उत्रन थालेको संकेत देखिन थालेको छ । प्रहरीको मादक पदार्थ सेवन गरेर सवारी नहाकौ भन्ने अभियानको खुलेर प्रतिरोधमा कोही उत्रेको नदेखिएपनि पर्दा पछाडी बाट कैचि चलाउने काम ब्यवसायीहरु बाट मात्र होईन समाजका बिद्यत बर्गवर्ग बाट हुन थाले पछि यसले आगामी बाटो कुन ढंगले लेला सोचनीय बिषय बनेको छ ।
प्रहरीको यो अभियान बाट धेरैले प्रहरीको नियन्त्रणमा बस्नु परेको पिडालाई तत्कालीन आक्रोसको रुपमा मात्र लिन सकिन्छ । हामी झ्वाट्ट हेर्दा प्रहरीले ज्यादती गरेको पाउछौ आफुलाई गैरकानुनी ढंगले नियन्त्रणमा लिएको पाउछौ, आफ्नो हैसियत माथी धावा बोलेको पाउछौ तर आफनो हैसियत बिर्सेर मादक पदार्थ सेवन गरी नियन्त्रण नै गर्न नसक्ने गरी जिवन जोखिममा पारेर सवारी हाकेको हामी आफुलाई कहिल्यै पाउदैनौ समस्या यहि हो । 
मादक पदार्थ सेवन गरेर सवारी नहाकौ भन्ने अभियान बाट घर परिवार र समाजलाई कती मानविय फाईदा पुगेको छ भनेर हिसाव किताव गर्नुको साटो ब्यबसायीमा आर्थिक लाभ हुन पाएन ब्यवसाय चौपटै भयो भनेर बिभिन्न ढंगले बिरोध गर्नु उचित होला जस्तो लाग्दैन ।
हुनत हाम्रो मानबिय स्वभावनै यहि छ आफु अनुकुल हुदा सम्म सबै ठिक आफु प्रतिकुल हुदा सवै बेठिक यो स्वभावलाई परिवर्तन गर्न नसके सम्म प्रहरीको यो अभियानले मात्र होईन समाजमा हुने हरेक बिकास गतिबिधीले अवरोध र झेला झमेला सहनु पर्छ अवरुद्ध हने निश्चीत छ बिगतमा पनि यस्तै हुदै आएको छ ।
हो प्रहरीले पछिल्लो समय आफुले संकलन गरेको राजस्व मध्ये १५ प्रतिसत राजस्व आफैले प्रयोग गर्न पाउने भएपछि प्रहरीको ज्यादती बढेको होकी भन्ने बिश्लेषण गर्नेहरु पनी धेरै छन । सवारी तथा यातायात ब्यबस्था ऐन २०४९ ले सवारी चलाउदा मादक पदार्थ सेवन गर्न नपाईने ब्यबस्था गरेको छ तर त्यस यता दुर्घटना हुदाका बखत बाहेका मादक पदार्थ सेवन गरे या नगरेको चेकजाच गरिदैनथ्यो त्यस बेला देखिनै पाएको त्यो छुट अहिले उपभोग गर्न पाउनु पर्छ भन्ने कुतर्क उठेको जस्तो देखिन्छ ।
कतिपय सन्दर्भमा प्रहरीले आफुलाई पनि सच्याउनु जरुरि छ, उसले सडकमा गर्ने ब्यबहार जुन ढंगले प्रर्दशन गर्छ कतिपय अबस्थामा अपाच्य नै हुने गरेको पाईन्छ । कतिपयले अपमानबोध गर्ने अवस्थानै रहन्छ तसर्थ पनि प्रहरीले राम्रो कामको थालनी गरेको भएपनि मुक्तकण्ठले प्रशंसा र साथ पाउन सकेको छैन । तसर्थ पनी प्रहरी अधिकारीहरुले आफु मातहतका जवानहरुलाई नागरिकहरु संग गर्नुपर्ने बोली ब्यबहार र सिष्टता बारे प्रशिक्षीत गर्नु जरुरी छ । यदी प्रहरीले अहिले सडकमा देखाउने ब्यबहार लाई परिवर्तन नगर्ने हो भने प्रहरीको चर्चित मापसे अभियान धरापमा पर्नेमात्र होइन समाज र नागरिक संगको सहकार्य र सम्वन्ध टुटन पनि सक्छ ।
हामी हरेक दुर्घटनामा सकेसम्म अरुलाई दोष दिएर उम्कन खोज्छौ चालक र सवारी धनीले ले राज्यलाई दोष दिन्छौ , राज्यले सवारी धनी र चालकलाई दोष दिएर उम्कन खोज्छ । हामी सचेत नागरीक भनीएकाहरु घटना पछि भन्न थाल्छौ चालकले मादक पदार्थ सेवन गरेको थियो रे ,अत्याधीक यात्रु राखेका थियो रे तीव्र गतीमा हांकेको थियो रे, । यस्तै आलोचना संगै प्रहरी लाई दोष दिन्छौ के हेरेका थिए प्रहरीले प्रहरीकै अगाडी बाट कतिठाउ चेकिङ्क भएर गएको गाडी दुर्घटना भयो बास्तवमा यो प्रहरीको लार्पवाहीनै हो यहि आलोचना हुन्छ । हाम्रो प्रतिक्रिया सहित समाचार छापिन्छ । तर हामी आफै प्रहरीको मादक पदार्थ सेवन गरेर सवारी हाक्ने कार्यको नियन्त्रण अभियानको बिरोध गर्न पनी तम्सीन्छौ । प्रहरीले ज्यादती गरयो,थोरै पिएको थिए बाटोमा रोक्यो जरिवना लियो सारै दुख दियो हाम्रै मुख बाट निस्कने यी दुई थरि बाक्यांस हुन बनावटी कुरा होईन । यसले के देखाउछ भने हामी रुप रंग र ब्यबहार परिवर्तन गर्न खप्पिस छौ ।
हामी हरेक कुरा गर्दा कुन हैसियतमा कुन परिस्थीतमा गरेका छौ यी सबै बिर्सन्छौ आफुले मादक पदार्थ सेवन गरेर चलाउन पाउनु पर्छ भन्छौ कहि कतै दुर्घटना भयो भने चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाएको थियो प्रहरीले के हेरेको थियो भनेर आलोचना गर्छौ के यसरी दुईथरी कुरा गर्नु उपयुक्त हुन्छ ? ।

बुटवल भित्रको सामान्य तथ्याङ्गलाई हेर्ने हो भने प्रहरी ले गएको मंसिर २६ गते यता मादक पदार्थ सेवन गरेर सवारी हाक्ने मध्ये २१४९ जना लाई नियन्त्रणमा लिई कार्वाही गरेको देखिन्छ । आर्थिक वर्ष ०६६÷६७ को त्यही अवधीमा सवारी दुर्घटनाका कारण ४१ जनाले ज्यान गुमाएका थिए भने आर्थिक बर्ष ०६७÷०६८ को सोही अवधीमा दुर्घटनाबाट ज्यान जानेको संख्या ९०.२४ प्रतिसतले बढेर ७८ जनाको ज्यान गएको देखिन्छ । तर आथिक बर्ष ०६८÷६९ को त्यही अवधीमा घटेर ६२ मा आई पुगेको छ । अघिल्लो बर्षको तुलनामा दुर्घटना बढदै गएको भए यस बर्ष सवारी दुर्घटनाबाट मर्नेको संख्या १३० पुग्थ्यो । कतिजनाको ज्यान जोगीए छ अनुमान गरौं ।
त्यती मात्र होईन मापसे अभियान नाम दिईएको यो अभियानले धेरै गृहीणीहरुको हासो स्थापीत भएको छ श्रीमान श्रीमती भेट हुन रातै पर्नु पर्ने बाध्यता अन्त्य भएको छ, रात भर श्रीमान कतीबेला आई पुग्ला भनेर कुर्नु पर्ने अबस्थाको अन्त्य भएको छ । मेरो श्रीमान सकुसल घरमा आउलान या नआउलान भनेर मनमा त्रास पाल्नुपर्ने अवस्थामा कमी आएको छ । साझको खाना सपरिवार संगै नखाएका धेरै परिवारका सदस्यले संगै खुसिका साथ खाना खाने बातावरण तयार भएको छ । यस्तो अबस्थामा अव हामी प्रहरीको यो कदमलाई सही मान्ने या ज्यादती ? यसको जवाफ सचेत नागरीकले खोज्नै पर्छ । कसैको ब्यबसाय चलेन कसैको के........? चलेन भनेर अनाहकमा ज्यान जाने बातावरण तयार गर्नका लागी हाम्रो भुमिका केन्द्रित गर्नेकी मानवको ज्यान बचाउने अभियानमा लागेको प्रहरीको अभियानमा साथ समर्थन दिने हामी स्पष्ट हुन जरुरी छ ।

मेचिकाली राष्टिय दैनिक २०६९ भाद्र १६