टेलिकमको विगत र वर्तमान


लक्ष्मण अधिकारी, नेपालका ३७ वटा सार्वजनिक संस्था र छवटा दूरसञ्चार सेवाप्रदायकमध्ये मुलुकलाई सबैभन्दा बढी आर्थिक योगदान दिने संस्था नेपाल टेलिकम यही माघ २२ गतेदेखि दशौं वर्षमा प्रवेश गरेको छ । ८४ लाखभन्दा बढी ग्राहक आधार भएको यस कम्पनीले आर्थिकरूपमा मात्र नभएर सेवा विस्तारका दृष्टिले पनि उल्लेख्य योगदान दिइरहेकोे छ । देशको सुगम क्षेत्रदेखि अति दुर्गम क्षेत्रमा समेत दूरसञ्चार सेवा विस्तार गरेर डिजिटल डिभाइडलाई कम गरी मुलुकलाई सूचना तथा सञ्चार प्रविधिको युगमा प्रवेश गराउन यस कम्पनीले विगतदेखि नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । तीव्र सेवा विस्तार, समयानुकूलका प्रविधियुक्त सेवा, मजबुत आर्थिक स्थिति, प्रतिस्पर्धात्मक र पारदर्शी महसुल दर जस्ता विशेषताले यस कम्पनीलाई मुलुकको एउटा गौरव गर्न लायक संस्थाका रूपमा स्थापित गरिदिएको छ ।
२०६० सालमा कम्पनीमा रूपान्तरण भएको यस संस्थाको नौ वर्ष अगाडि (२०६० असार) कम्पनीको ग्राहक आधार चार लाख २२ हजार रहेकोमा गत मङ्सिरसम्ममा ग्राहक आधार ८४ लाख १० हजार नाघिसकेको छ । अर्कोतर्पm आर्थिक तथ्यांक हेर्दा नौ वर्ष अगाडि (आ.व.०५९र०६०) को कुल आम्दानी रु. सात अर्ब ६६ करोड ९२ लाख रहेकोमा आर्थिक वर्ष २०६८ र ०६९ मा रु. ३६ अर्ब ७९ करोड १८ लाख पुगेको देखिन्छ । त्यस्तै नौ वर्ष अगाडि कम्पनीको कुल नाफा रु तीन अर्ब १३ करोड ७२ लाख रहेकोमा आर्थिक वर्ष २०६८ र ०६९ मा यो मुनाफा ११ अर्ब ६० करोड ५२ लाख पुगेको छ ।

यस्तै हरेक वर्ष ठूलो धनराशी मुलुकको राष्ट्रिय ढुकुटीमा दाखिला गर्ने कार्यमा पनि नेपाल टेलिकम अग्रस्थानमा नै छ । यस कम्पनीले आ.व.२०६८÷०६९ मा नेपाल सरकारको ढुकुटीमा विभिन्न शीर्षकमा गरी जम्मा १८ अर्ब सात करोड ९३ लाख रुपियाँ दाखिला गरेको छ । साथै चालु आर्थिक वर्षमा पनि १९ अर्ब छ करोड १५ लाख रुपियाँ राजस्वस्वरूप सरकारलाई बुझाउने प्रक्षेपण गरेको छ ।
यसरी विभिन्न शीर्षकमा ठूलो धनराशी राष्ट्रिय ढुकुटीमा दाखिला गर्ने विगत लामो समयदेखि पटक पटक सरकारलाई सबैभन्दा बढी आयकर बुझाउने संस्थाका रूपमा सम्मानित भइरहेको छ । मुलुकमा सञ्चालित छवटा दूरसञ्चार सेवाप्रदायकमध्ये नेपाल टेलिकम मात्रै त्यस्तो संस्था हो जसमा बाह्य लगानीकर्ताको स्वामित्व रहेको छैन । यसले गर्दा कम्पनीले प्राप्त गरेको लाभांश विदेश पलायन नभई मुलुककै आर्थिक गतिविधिमा प्रयोग हुने गरेको छ । सम्पूर्णरूपमा राष्ट्रिय पुँजीबाट सञ्चालित यो कम्पनीको अर्को महŒवपूर्ण विशेषता भनेको हरेक वर्ष लेखापरीक्षण गरी पारदर्शीरूपमा आर्थिक हिसाब राख्नु पनि हो । सार्वजनिक संस्थामध्ये आर्थिक वर्ष २०६७ र ६८ मा उत्कृष्ट वित्तीय विवरण प्रकाशित गरेकोमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट नेपाल टेलिकम यस वर्ष पुरस्कृत पनि भएको छ । मुलुकका कतिपय संस्थाको नियमित लेखापरीक्षण हुन नसकिरहेको सन्दर्भमा लेखापरीक्षण गरेर हरेक वर्ष कम्पनीको साधारणसभा गर्नु नेपाल टेलिकम आर्थिक रूपमा पनि समृद्ध हुँदै जानुको एउटा महŒवपूर्ण कारण रहेको सम्बद्ध विज्ञको भनाइ छ ।
सामाजिक उत्तरदायित्व बहन गर्न, नयाँ प्रविधि भिœयाउन र देश विकासको प्रारम्भिक चरणमा निजी क्षेत्रमा हुने पुँजी तथा उद्यमशीलताको अभावलाई पूरा गर्ने उद्देश्यले सरकारले स्थापन गरेका ३७ वटा सार्वजनिक संस्थामा नेपाल टेलिकमको योगदान गत आर्थिक वर्षमा पनि उत्कृष्ट रहेको नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक संस्थामध्ये आर्थिक वर्र्ष २०६७/६८ मा २१ वटा नाफामा छन् जसमा नेपाल टेलिकम सबैभन्दा अग्रपंक्तिमा छ । सरकारले नेपाल टेलिकमलाई जनोपयोगी क्षेत्रका संस्थाको रूपमा वर्गीकरण गरेको छ । यस क्षेत्रका संस्थानमध्ये आर्थिक वर्र्ष २०६७/६८ मा नेपाल टेलिकमले रु. २६ अर्ब ४० करोड ९५ लाखको कारोबार गरेको छ । नेपाल खानेपानी संस्थानले सबभन्दा न्यून रु. २७ करोड १८ लाखको कारोबार गरेको उल्लेख छ । सो अवधिमा नेपाल विद्युत् प्राधिकरणले रु. छ अर्ब आठ करोड ९२ लाख नोक्सानी ब्यहोरेको छ भने नेपाल खानेपानी संस्थानले रु. तीन करोड ३२ लाख नोक्सानी ब्यहोरेको छ । नेपाल दूरसञ्चार कम्पनीको रु. १२ अर्ब १२ करोड तीन लाख मुनाफाको कारणले यो क्षेत्रलाई नाफामा पु¥याएको अर्थ मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस क्षेत्रका संस्थानहरूले तिर्नुपर्ने कुल ऋण रकम रु. ६३ अर्ब ५९ करोड ६२ लाख छ, जसमध्ये नेपाल विद्युत् प्राधिकरणको रु. ६२ अर्व ६३ करोड १९ लाख र नेपाल खानेपानी संस्थानको रु. ९६ करोड ४३ लाख छ तर नेपाल टेलिकमको यस किसिमको दायित्व रहेको उल्लेख छैन ।
कतिपय आलोचकले नेपाल टेलिकमले ग्राहकको सुविधालाई भन्दा नाफामुखी कार्यमा बढी केन्द्रित भएको कारण बढी मुनाफा गर्न सकेको भनेर टिप्पणी गर्ने गरेका छन् । यस सम्बन्धमा अध्ययन गर्दा यो त्यति यथार्थपरक लाग्दैन । सरकारले जनपयोगी भनेर वर्गीकरण गरेका तीनवटा संस्थामा नेपाल टेलिकम मात्र यस्तो संस्था हो जसले विगत दुई दशकदेखि आप्mना कुनै पनि सेवाको मूल्यवृद्धि गरेको छैन बरु हरेक वर्ष कुनै न कुनै सेवाको महसुल घटाएर उभोक्तालाई सहुलियतपूर्ण सेवा उपलब्ध गराइरहेको देखिन्छ ।
मुलुकमा सञ्चालित छवटा दूरसञ्चार सेवा प्रदायकहरुमा नेपाल टेलिकम मात्र त्यस्तो संस्था हो जसले लागत अनुरूप प्रतिफल नआउने अति दुर्गम ग्रामीण क्षेत्रमा समेत विभिन्न प्रविधि मार्फत फिक्स्ड लाइन, मोबाइल तथा दु्रतगतिको इन्टरनेट सेवा विस्तार गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दूरसञ्चार सञ्जालमा त्यस क्षेत्रका बासिन्दालाई पनि आबद्ध गरिरहेको छ । स्थानीय जनताको जीवनस्तर उकास्न दूरसञ्चार सेवाको विस्तारले महŒवपूर्ण भूमिका निर्वाह गर्नेे भएकोले सेवा विस्तारका आयोजनालाई गाउँकेन्द्रित गर्दै लगेको कम्पनीको भनाइ छ ।
 यस आर्थिक वर्षमा सञ्चालनको क्रममा रहेका एक करोड जिएसएम र २० लाख लाइनको आइपिसिडिएमए सेवालाई नेपाल टेलिकमले विशेष गरी सेवाको पहुँचमा नआएका ग्रामीण जनता बढी लाभान्वित हुने गरी विस्तार गर्न लागेको छ । सिडिएमए प्रविधिको दु्रतगतिको इन्टरनेट सेवा इभिडिओसमेत रहेको आईपिसिडिएमए आगामी डेढ वर्षभित्रमा ग्रामीण क्षेत्रका सबै प्रमुख व्यापारिक केन्द्रमा वितरण गरिसक्ने कार्यक्रम तय गरी अघि बढिरहेको छ । मुलुकका विकट गा.वि.स.हरुमा ब्रोडब्याण्ड सेवा विस्तार गर्ने सरकारको उद्देश्य अनुरूप यस कम्पनीले दुई लाख लाइन वाइम्याक्स सेवा भिœयाई हाल वितरणका क्रममा छ । नेपालमा उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा उच्च गतिको यो इन्टरनेट सेवालाई ग्रामीणतहसम्म विस्तार गर्ने नेपाल टेलिकम मुलुककै एक मात्र दूरसञ्चार सेवाप्रदायक हो । यस्तै नेपाल टेलिकमले दूरसञ्चार सेवा नपुगेका र निकै कम जनसंख्या भएका मुलुकका दुर्गम पहाडी तथा हिमाली क्षेत्रमा टेलिसेन्टरमार्फत टेलिफोन, मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।
इभिडिओे र चौथो पुस्ताको मानिने वाइम्याक्स जस्ता दु्रतगतिका इन्टरनेट सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्दा त्यस क्षेत्रको व्यापार, पर्यटन, स्वास्थ्य, शिक्षा, कृषिलगायतका क्षेत्रको विकासमा ठूलो योगदान पुग्न गई स्थानीय बासिन्दाको समग्र जीवनस्तर उकास्न मद्दत पुग्नेछ । विश्वका जुनसुकै मुलुकमा पनि जुन क्षेत्रमा दूरसञ्चार सेवाको विकास भएको छ अपेक्षाकृत त्यस क्षेत्रका मानिसको आर्थिक उन्नति पनि छिटो भएको देखिन्छ । विश्व बंैकको एक प्रतिवेदनमा टेलिघनत्व १० प्रतिशत बढ्दा गार्हस्थ उत्पादन पनि बढ्ने गरेको उल्लेख छ । विश्व दूरसञ्चार संघको दूरसञ्चार र विकाससम्बन्धी एक अध्ययनको निष्कर्ष अनुसार दूरसञ्चार सेवाले आर्थिक, प्रशासनिक, व्यापारिक गतिविधिको प्रभावकारितामा वृद्धि गर्दछ । यस तथ्यलाई मनन गर्दा ग्रामीण क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाको विस्तारले निश्चय नै त्यस क्षेत्रका बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास गर्न सकिन्छ ।
    नेपाल टेलिकमले आप्mनो सेवाको गुणस्तरलाई अझ सुधार गर्नुपर्ने, ग्राहक सेवालाई प्रभावकारी बनाउनुपर्ने, मागअनुरूप सेवा उपलब्ध गराउनुपर्ने जस्ता विभिन्न किसिमका सुझाव उपभोक्ता वर्गबाट आउने गरेको पाइन्छ । त्यसैले कम्पनीले आप्mना कमीकमजोरीको  समीक्षा गरेर समयसापेक्ष सुधारको दिशातिर अग्रसर हुन सक्नुपर्छ । यसो गर्न सकेमा करीब १०० वर्षको इतिहास बोकेको नेपाल टेलिकम सधैं उत्कृष्ट संस्थाका रूपमा रहने आशा गर्न सकिन्छ ।
गोरखा पत्र