श्याम श्रेष्ठ,
चीन अहिले विश्वकै सबैभन्दा ज्यादा धनीमध्ये एकमा गणना हुने मुलुकमा बदलिएको छ । यतिखेर संसारकै सबैभन्दा ज्यादा विदेशी विनिमय र सुनको सञ्चिती चीनसित छ । गत डिसेम्बरको अन्तसम्ममा उसको विदेशी विनिमय र सुनको संचिति ३,५४९ अर्ब अमेरिकी डलर थियो । यति ज्यादा विदेशी विनिमयको भण्डार विश्वको सबैभन्दा धनी मुलुक अमेरिकासित पनि भएको देखिँदैन । अब अमेरिकालाई आपत पर्दा समेत ऋण दिनसक्ने मुलुक चीन भएको छ । अमेरिकी अर्थतन्त्र डुब्दा आफू पनि डुबिन्छ भनेर भर्खरै केही वर्षअघि शुरु भएको महामन्दीमा चीनले नै ठूलो मात्रामा ऋण दिएर अमेरिकालाई धराशयी हुनबाट बचाएको हो । अहिले अमेरिकी सरकारको ट्रेजरी सेक्युरिटीमध्ये पाँचमा एक भाग चीन एक्लैले किनिदिएको छ र यो थैली एकहजार अर्ब अमेरिकी डलरभन्दा पनि ज्यादा रकमको छ ।
चीनसित यति धेरै पैसा हुनुको मुख्य कारण तीन दशक भन्दा पनि ज्यादा समयसम्म उसको आर्थिक वृद्धि दर दुई अंकका दरले वृद्धि भइरहनु, औद्योगिक र कृषि उत्पादन वृद्धि दर पनि उच्च हुनु र आयात भन्दा निर्यात ज्यादा भइरहनु हो ।
सन् १९७८ देखि २०१० सम्मको तीन दशकको अवधिमा चीनको औसत आर्थिक वृद्धि दर १० प्रतिशत रह्यो । यो आर्थिक वृद्धि दर यही समयावधिको विश्वको औसत आर्थिक वृद्धि दरभन्दा तीन गुणाभन्दा पनि ज्यादा हो । सन् १९७८ मा उसको कुल घरेलु उत्पादन ३६४.४ अर्ब युआन बरोबरको थियो भने सन् २०११ मा यो ४७,३०० अर्ब युआन बरोबरको हुन पुगेको छ । यो भनेको तीन दशकको अवधिमा चीनको अर्थतन्त्र पहिले भन्दा एक शय तीस गुणा ठूलो हुनु हो । अमेरिका, जापान र युरोपमा महामन्दी छाइरहेको अहिलेको समयमा पनि उसको आर्थिक वृद्धि दर सन् २०१२ मा ७.८ प्रतिशत छ । चीनको औद्योगिक उत्पादन वृद्धि दर गतः वर्ष पनि १०.३ प्रतिशत रहेको देखिन्छ तर यही अवधिमा अमेरिकाको वृद्धि दर केवल २.१ प्रतिशत मात्र रहेको छ, युरो क्षेत्रको माइनस २ प्रतिशत रहेको छ र जापानको माइनस ७.९ प्रतिशत । कृषि उत्पादन, औद्योगिक उत्पादन र खनिज पदार्थको उत्पादन तीनवटैमा चीन अहिले विश्वकै नम्बर एक मुलुक भएको छ ।
अन्तर्राष्ट्रिय व्यापारमा चीन अहिले पनि व्यापार नाफामा छ जब कि अमेरिका व्यापार घाटामा देखिन्छ । चीनले गएको वर्ष २०२१ अर्ब अमेरिकी डलर बरोबरको सामान निर्यात ग¥यो भने आयात १७८० अर्ब डलरको मात्र ग¥यो । आयात भन्दा निर्यात ज्यादा भएकाले चीनको चालू खाता गतः वर्ष पनि १७०.८ अर्ब डलरको बचतमा देखिन्छ जब कि अमेरिका ४८७ अर्ब डलरको चालू खाता घाटामा देखिन्छ । अमेरिकाले गएको वर्ष १६१२ अर्ब डलरको सामान निर्यात ग¥यो भने आयात २३५७ अर्ब डलर बरोबरको ग¥यो । यिनै कारणले चीन अहिले विश्वकै पहिलो ठूलो निर्यातकर्ता मुलुक भएको छ । आयातमा ऊ दोश्रो स्थानमा छ । माल निर्माताको क्षेत्रमा पनि चीनले अमेरिकालाई समेत उछिनेर विश्वको नम्बर एक मुलुक बनेको छ । चीन अहिले संसारकै सबैभन्दा विशाल अटोमोबाइल बजार समेत हो ।
यिनै सब कारणले चीनले अहिले जापानलाई समेत पछि पारेर विश्वको दोश्रो ठूलो अर्थतन्त्र भएको मुुलुक हुन पुगेको छ । अहिले जस्तै राजनीतिक स्थिरता र यही आर्थिक वृद्धि दर कायम रहेमा सन् २०१८ मै चीनले अमेरिकालाई अर्थतन्त्रको आकारका हिसाबले उछिनीसक्ने विश्व प्रसिद्ध आर्थिक पत्रिका द इकोनोमिस्टले सन् २०१२ को शुरुको आफ्नो अंकमा बताएको छ । यो भविष्यवाणी पूरापुर सत्य होला नहोला हेर्न बाँकी छ तर के कुरामा दुविधा छैन भने आगामी १५ देखि १७ वर्षभित्र चीनभन्दा ठूलो आर्थिक महाशक्ति विश्वमा अर्को कुनै हुनेछैन । २१ सौँ शताब्दी विश्वभरि चीनको आर्थिक र राजनीतिक दबदबा कायम भएको शताब्दी हुनेछ ।
गरीबी न्यूनीकरणको नयाँ रणनीति
चीनको यो धनाढ्यताभित्र पनि गरीबी छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर यो तथ्य अरु कसैले नभएर चीन सरकार आफैले भनिरहेको छ । चीन सरकारले बताए अनुसार अहिले १ अर्ब ३४ करोड जनसंख्या भएको चीनमा सन् १९७८ मा तत्कालीन जनसंख्याको एक चौथाइ अर्थात् २५ करोड जनता गरीबीको रेखामुनि थिए । अहिले आएर २ करोड ६२ लाख मानिस गरीबीको रेखामुनि छन् । यसको मतलब चीनमा गरीबी घट्दै त छ तर छ । झण्डै सिंगो नेपाल बरोबरको जनसंख्या त्यहाँ गरीबीले ग्रस्त छ ।
चीनमा शहरको तुलनामा गाउँमा अत्यधिक गरीबी छ । पूर्वी समुद्र तटीय क्षेत्रभन्दा पश्चिमी, मध्य र भित्री भागमा ज्यादा गरीबी छ । मजदुरहरूभन्दा त्यहाँ किसानहरू ज्यादा गरिब छन् । पुरुषहरूभन्दा महिला ज्यादा गरिब छन् । शिक्षित भन्दा अशिक्षित मानिसहरूमा ज्यादा गरीबीले छाएको छ ।
गरीबी घटाउन चीनले अपनाएका उपायहरू नितान्त नौला र आफ्नै मौलिक चरित्र बोकेका छन् । नेपालको लागि पनि यो धेरै शिक्षाप्रद हुनसक्छ । त्यसैले यसमा छलफल चल्नु जरुरी छ ।
चीनले क्रान्तिपछि मूलतः समाजवादी बाटोबाट क्रान्तिकारी भूमिसुधार, कृषिमा व्यापक समाजवादी सहकारीकरण र सामूहीकीकरण र शहर र गाउँमा औद्योगिक र प्राविधिक क्रान्ति गर्ने उपायमार्फत गरीबी उन्मूलन गर्ने मोडेल अपनाएको थियो । यो शहर र गाउँ दुबैमा समाजवादी क्रान्तिलाई विस्तार गर्ने मोडेलको बाटो थियो ।
यसले शहर र गाउँका बीचको महिला र पुरुषबीचको र समुद्र तट र भित्री भागबीचको खाडल धेरै कम ग¥यो, गाउँहरूमा किसानहरूको र शहरमा मजदुरको जीवन कायापलट नै हुने गरी विकास पु¥यायो, आधारभूत शिक्षा, स्वास्थ्य र विकासका अवसरहरूलाई सम्पूर्ण जनतामा धेरै सन्तुलित ढंगले वितरण ग¥यो । चीनको यो गरीबी उन्मूलन गर्ने बाटोले संसारलाई नै चकित बनाएको जगजाहेर छ ।
तर चीनमा खुला बजार अर्थतन्त्र अपनाएपछि शहरहरू त औधी नै विकसित भए तर गाउँहरू धेरै पछि परे र उपेक्षित भए । पूर्वी तटीय क्षेत्रमा विशेष आर्थिक क्षेत्र कार्यक्रम लागू भएपछि तिनीहरूको विकास र परिवर्तन जिभ्रो नै टोक्नुपर्ने हदको भयो तर उत्तरपूर्वी, पश्चिम र मध्य चीन विकासका हिसाबले धेरै पछौटे र उपेक्षित रहे । गुणस्तरीय शिक्षा र स्वास्थ्य धनीको लागि मात्र उपलब्ध हुन थाल्यो । महिला र पुरुषबीचको खाडल, शहर गाउँबीचको खाडल निकै बढ्यो । संसारकै सबैभन्दा न्यून ज्याला भएको देशमध्ये एकका रूपमा चीनमा मजदुरहरू निकै प्रताडित भए । यसले चीनमा गाउँहरूमा किसानहरूको विद्रोह जन्मायो भने शहरहरूमा मजदुरहरूको दबाइ नसक्नुको आन्दोलन । गाउँहरूको असन्तोष र आन्दोलन यति धेरै बढ्यो कि त्यसको भुँइचाल तरंग शहर र राजधानीसम्म आइपुग्यो ।
यही परिप्रेक्ष्यमा चीन सरकारले गरीबी न्यूनीकरण गर्ने नयाँ रणनीति अपनाएको छ र यो बाटो र मोडेल पहिलेभन्दा धेरै भिन्न छ । अहिले मूलतः निजी स्वामित्वमा आधारित पुँजीवादी बाटोमा यथावत कायम रहेर स्क्याण्डिनेभियन मुलुकहरूमा झैँ सामाजिक सुरक्षाको जालो र औद्योगिक विकास देशका तमाम गाउँहरूमा र भित्री तथा उपेक्षित भागमा पु¥याउने उपायमार्फत चीनको नयाँ नेतृत्वले गरीबी न्यूनीकरण गर्ने नयाँ रणनीति अपनाएको छ । यसलाई उसले सन्तुलित विकास र सामाजिक सुरक्षामार्फत गरीबी न्यूनीकरण भनेको छ ।
सन् २०१० को ताजा आँकडा अनुसार चीनमा ७१ करोड जनसंख्या गाउँमा बस्छन् र त्यो कुल जनसंख्याको ५३ प्रतिशत हो । अहिले चीनको गाउँमा बस्ने मानिसको आय र शहरमा बस्ने मानिसको आयमा त्यहाँ निकै गहिरो खाडल देखापरेको छ । अहिले चीनियाँ शहर र गाउँबीचको आम्दानीको खाडल ३.० ः १ रहेको छ र पूर्वी, मध्य र पश्चिमी प्रदेशका मानिसको प्रतिव्यक्ति आयमा ठूलो अन्तर छ । अर्थात् शहरमा बस्ने मानिसको आय रु.३०० हुँदा गाउँमा बस्ने मानिसको आय केवल १०० युआन मात्र छ । गएको तीन दशकमा शहरमा बसोबास गर्ने मानिसको प्रति व्यक्ति आय ३४३ युआनबाट १९,१०१ युआन पुगेको छ जब कि यही अवधिमा गाउँमा बस्ने किसानको प्रति व्यक्ति आय १३४ युआनबाट ५,९१९ युआन मात्र हुन सकेको छ ।
यो समस्यालाई सम्बोधन गर्नका लागि चीनको सरकारले अब आफ्नो आर्थिक विकासको रणनीति नै परिवर्तन गर्न लागेको छ । चीनले यसअघि अन्तर्राष्ट्रिय निर्यातमुखी आर्थिक विकासको रणनीति अपनाएको थियो । तर अब गाउँकेन्द्रित घरेलु बजार र घरेलु मागको व्यापक विस्तारमा जोड दिने नयाँ रणनीति चीनियाँ नेतृत्वले अख्तियार गरेको छ । अब चीनका गाउँहरूमा, विशेषतः सबैभन्दा ज्यादा पछौटेपन र गरीबी भएको चीनको मध्य, पश्चिम र उत्तरपूर्वी प्रान्तहरूमा उच्च प्रविधि, सरकारी लगानी, उद्योग व्यवसाय, र सामाजिक सुरक्षा सञ्जाल बढाएर गाउँका मानिसलाई धनी बनाउनमा र उनीहरूको क्रेय शक्ति बढाउनमा चीनियाँ नेतृत्व केन्द्रित हुनेछ ।
यस क्रममा चीनियाँ सरकारले गाउँमा लामो समयदेखि लागि रहेको कृषि कर सन् २००५ देखि नै पूरापुर हटाएको छ । धेरै ठूलो परिमाणमा नयाँ उद्योग र लगानी गाउँहरूमा केन्द्रित गर्न थालेको छ । गाउँमा यथाशक्य ज्यादा मध्यम वर्ग पैदा गर्ने चीन सरकारको घोषित लक्ष्य छ । उत्पादन वृद्धि गर्न शहरहरूले गाउँहरूलाई सहयोग गर्ने, उद्योगले कृषिलाई सहयोग गर्ने नयाँ नीति चीनमा अख्तियार गरिएको छ ।
केही वर्ष यता क्रमबद्ध रूपमा चीनभरिका गाउँहरूमा सामाजिक सुरक्षा प्रणाली स्थापित गर्र्दै हरेक गरिब नागरिकलाई कम्तीमा औसत ११७ युआनको आधारभूत मासिक जीवन निर्वाह भत्ता दिन थालेको छ । त्यसमाथि थप, गाउँका हरेक वृद्धवृद्धा, कमजोर, अपांग, एकल महिला र टुहुराहरूलाई राज्यले पाँचवटा वस्तुको सहयोग सिधै दिन थालेको छ ः ती हुन् ः खाना, लुगाफाटो, आवास, ओखती र मर्दाका बखत मृत्यु संस्कारलाई चाहिने खर्च ।
गरीबी निवारणका लागि चीनले लागू गरेको अर्को कार्यक्रम स्वास्थ्य बीमा हो । शहर मात्र होइन अब समस्त गाउँहरूमा पनि सरकारले स्वास्थ्य बीमा कार्यक्रममार्फत स्वास्थ्य सुरक्षा प्रणाली लागू गर्न थालेको छ । सन् २००९ को अन्तसम्ममा शहरका कामदार र बासिन्दाहरूमध्ये ४० करोडले स्वास्थ्य बीमा गराएका छन् भने र गाउँबासी किसानहरूमध्ये ८३.३ करोड मानिस ग्रामीण सहकारी स्वास्थ्य सेवामार्फत यो प्रणालीभित्र छिरिसकेका छन् । अब चीनमा स्वास्थ्य बीमाले नछोएका मानिस निकै थोरै बाँकी छन् । के चीनले थालेको गरीबी निवारण कार्यक्रम नेपालको लागि पनि सिक्न योग्य छ ?
गोरखा पत्र