बाहुन कुलमा जन्मिनु नै अभिशाप?

-अमृता लम्साल

अय्क भ्रष्टाचारमा चुर्लुम्म डुबेको यो सरकारले एकपछि अर्को अपराध गर्दै अझ २५ वर्षसम्म एकलौटी राज्यसत्ता हाँक्ने सपना देखिरहेको छ, नेपाली कांग्रेस, नेकपा एमालेलगायत सत्ता विपमा उभिएका विभिन्न नौ दलले माघ २५ गते बुधबार जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरेको संयुक्त विरोध सभाको सम्बोधन गर्दै गौतमले भने तर, जनताको नजरमा पुरै खुलस्त भइसकेकाले २५ दिनभित्र प्रधानमन्त्री भट्टराईको टुप्पी समातेर कुर्सीबाट झारेर देखाइदिन्छौं। 
माथि उल्लेखित भनाईहरू धरोधर्म आफूले बनाएर लेखेको होइन, पत्रिकामा प्रकाशित समाचारबाट 
साभार गरेको मात्रै हो। 
साभार गर्नुको कारण चाहिं, माथिल्ला तहमा पुग्ने नेताहरूले सार्वजनिक स्तरमै पनि यस्ता भाषण दिन पछि पर्दैनन् भने त्यस्तै नेतागिरी गरेर हिंडन चाहनेले फोनमा वा इमेलमा वा सामाजिक सन्जाल मार्फत यस्तै/त्यस्तै आशयका धम्की पठाउनु कुन ठूलो कुरो भयो र? 
धेरै पनि उधृत नगरौं होला! धम्की सुन्दा सुन्दा अघाई सकियो। चाहे सरकारको कुर्सीमा बस्ने हुन या सडक चाहारेर दिन बिताउने, उनीहरूको सबैभन्दा प्रिय गरिखाने/मागिखाने भाँडो धम्की नै भएको छ। यो पंक्तिकारले पनि गत हप्ता गोडा आधा दर्जन जति धम्कीको सामना गर्नुपर्‍यो। त्यो पनि हुँदो–न–खाँदोसंग! जन–आस्थाका सम्पादक किशोर श्रेष्ठले लेखे जस्तै,''एउटाले बिराउने शाखा पिराउने:....'' 
यसको मतलव कसैले बिराएको भन्न खोजेको पनि होइन, तर बित्थामा एउटासंग उठेको रीस अर्कालाई पोखेर धम्की दिने परम्परा कहिलेसम्म चल्दै जाने हो? 


यति धेरै भूमिका बाँधेको बिषय चाहिं यसै पत्रिकामा छापिएको आङ्गकाजी शेर्पाको बारेको समाचारले तताएको वातावरण नै हो। गत हप्ता समाचार छापिएपछि सम्पादकज्यूले सामाजिक सन्जाल फेसबुकमा लेख्नुभयो,''६०११२११५४९३२ बाट फोन गरी आङ्गकाजी शेर्पाको बारेमा किन समाचार लेखिस् भन्दै तथानाम र फोहोरी शब्द प्रयोग गर्दै गालीगलोज, अहिले ४ बजेर आठ मिनेट जाँदा ७ दिन भित्र मार्ने धम्की''। यो पढेपछि चूप लागेर बस्न सकिएन। किनकि, यदि कसैको बारेमा छापिएको समाचार साँचो होइन भने प्रेस–काउन्सिलमा उजुरी गर्न सकिन्छ, अदालतमा मुद्दा हाल्न सकिन्छ तर सभ्य समाजमा बसेर कसैलाई ज्यान मार्ने धम्की दिनु त सरासर गुण्डागर्दी नै होइन र? त्यसैले यो पंक्तिकारले आफ्नो फेसबुक भित्तोमा लेखें,''साँच्चै अराजकताले हदै नाघेको होईन त? समाचार लेखेकै आधारमा कसैको ज्यान मार्ने धम्की दिन पाइन्छ? सरकार आफैँ कतिपय अपराधीको बचाव गर्दै हिँडने समयमा त्यस्ता आपराधिक कृत्य गर्नेहरुलाई के कार्वाही गर्ला र खै? तर सम्बन्धित पेशागत सँघ/महा–सँघहरूको ध्यान गम्भिरतापूर्वक खिचियोस भनेर आव्हान गर्दछु र त्यस्ता कृत्यको भर्त्सना गर्दछु।'' 
त्यसपछि सुरुभयो चेतावनी, सुझाव, धम्की के के हो के के! हुन त, यो पंक्तिकार न त साँघु साप्ताहिकको सम्पादकीय मण्डलमा सामेल छु, न कुनै प्रकारले त्यहाँ छाप्ने र नछाप्ने कुराको निर्णय गर्ने ब्यक्ति नै हुँ। कतिपय बेला आफ्नै लेखमा राखिएको शीर्षक चित्त नबुझेर या लेख माथिको काँट–छाँट मन नपरेर खुलेआम सम्पादक समय बिरोध जनाएकी छु र त्यस्ता बिरोधलाई सकारात्मक रुपमा लिइएको महसस पनि गरेकी छु। 
 तर कुरो के भने आफू प्रत्यअप्रत्य रुपले रुचाएको र कुनै समय सक्रिय रुपले लागेको पेशासँग सम्बन्धित ब्यक्ति वा समूहलाई मर्दा/पर्दा भने आफ्नो बुद्धि, विवेक र समयले भ्याएसम्म साथ दिने कोशिश गर्दछु। कुनै बेला भारतकी प्रसिद्ध साहित्यकार अमृता प्रितमले कतै भनेको पढेकी थिएँ, जसको सार थियो: बाँचुन्जेल कसैको साथ नपाए पनि मलामीमा मान्छे आउन। तात्पर्य यति मात्रै हो कि, साथी–भाई, नाता–कुटुम्ब वा पेशागत संगठनहरूको जरुरत त्यति बेला धेरै पर्दछ जति बेला मानिसले अप्ठेरो परिस्थितिको सामना गर्दछ।। मानवीय धर्म पनि त्यही हो, बरु सुख पर्दा त्यस्ता आधारहरूको जरुरत नपर्न सक्दछ तर दुःख र अप्ठ्यारो परेको समयमा बाटोमा भेटेको अपरिचित ब्यक्तिले पनि थोरै मात्रै ढाढस दियो भने ठूलो सकुन मिल्दछ। त्यस्तै मानवीय र पेशागत धर्म निभाउँदै 
समर्थनमा लेखिएका केही हरफहरूकै कारण यो हप्ता भरिनै मीठामीठा गालीहरूको बर्षा भयो। त्यसमा पनि सबैभन्दा ठूलो गालीको बर्षा त ''बाहुन कूल''मा जन्मिएको कारणले पाइयो। तर अहिलेसम्म बुझ्न नसकेको कुरा त के भने जो कसैले पनि ''म आदिवासी भएर जन्मन्छु, म बाहुन – त्री भएर जन्मन्छु या म मधेशी, नेवार, वा अन्य जात जातिको भएर जन्मन्छु'' भन्ने निर्णय लिएर जन्मिएको ब्यक्ति भेटेको पनि छैन र सुनेको पनि छैन, फेरि यो जातमै जन्मिएकै कारणले आजसम्म आफ्नो दश नंग्रा नखियाइकन एक छाक खान पनि पाएको छैन। त्यसैले एक अर्काको ''तातो रगत'' पिउने धम्कीको फाईदा के होला? 
त्यो पनि आफ्नो असली नाममा होइन, अनेक छद्म नाममा पठाएका तर्क न वर्कका कुराले अर्काको दिमाग तताएर के फाईदा हुनेहो खै? त्यस्ता मानिसहरूले लेखेका कुराहरू यहाँ साभार गरेर न त पत्रिकाको पाना भर्न चाहन्छु, न उनीहरूसंग बहश नै गर्न चाहन्छु। तर यत्ति चाहिं उल्लेख गर्न चाहन्छु कि ''आदिवासी राजनीति''को नाममा कति धेरै असहिष्णुहरूको राज रहेछ त एउटा स्टेटस लेखेको भरमा त यति धेरै धम्की आउँछन भने साँघु साप्ताहिकका सम्पादकले त समाचारनै लेखेको, त्यसैले कथित राजनीति गर्नेहरूले त्यस्तो धम्की दिनु आश्चर्य नठहर्ला! किन कि, बिहानको सुर्योदयले, दिउँसोको मौसमको हाल बताउन सक्छ भने जस्तै ''रगत पिउने र मार्ने'' धम्कीबाट राजनीतिमा पाइला टेक्न खोज्नेहरूले आफ्नो परिचय आफैं दिदैं हिंडेका छन, अरुले धेरै उधिन्नै पर्दैन। 
यस बारेमा अरु कति गन्थन लेखौं? बरु मुढेबल देखाएर ''बाहुन–त्री''लाई तर्साउने र धम्काउने गर्नुभन्दा शि र आर्थिक आत्मनिर्भरतालाई जोड दिएर जनजातिहरूको बिकासमा अग्रसरता देखाउन सके कसो होला? बाहुन– त्री भएकै नाताले आम जनताले गोडा पसारेर खान पाएको उदाहरण कतै भेटिएको छ र? रह्यो, कसैको बारेमा गलत र भ्रामक समाचार लेखिएको कुरा त्यो पनि मुढेबल र धम्कीले सल्टेला जस्तो चाहिँ पटक्कै लाग्दैन। आगे यहाँहरू कै मर्जी.

साँघु