६ लेनबाट नेपालीले सिकेको पाठ

सतहमा भएको माटोमा गुणस्तरीय सडक बन्न नसक्ने भएपछि अन्यत्रबाट ल्याएर पनि बलियो बनाएको सुन्दा अचम्म लाग्छ । तपाई हामी सरर गुड्ने मुलुककै फराकिलो तीनकुने-भक्तपुर सूर्यविनायक ६ लेनमा गुणस्तरीयता झल्काउने यो एउटा उदाहरण हो । जापानले करिब २ अर्ब खर्च गरी बनाएको यस सडकको सतहमा नदेखिने यस्ता बाक्लै अनुभव नेपाली कर्मचारीसँग छन् । सडक विस्तारको क्रममा ३० जना इन्जिनियर, ६० जना सुपरभाइजर र पाँच सय कामदारले जापानीसँग व्यावहारिक ज्ञान सिकेका छन् । ९ दशमलव १ किलोमिटर लम्बाइको सडक विस्तारमा नेपालीले सिकेका ज्ञान र अनुभव काठमाडौं-भक्तपुर सडक विस्तार आयोजना प्रमुख सरोज प्रधानको शब्दमा-
सडक विस्तारको क्रममा बढीमा ६ जना मात्रै जापानी उच्च प्राविधिक थिए । बाँकी सबै नेपाली । जतिसुकै अप्ठेरोमा पनि निर्धारित समयमा गुणस्तरीय काम गर्न सकिने सम्भावना यस आयोजनाले देखाएको छ । काम गर्न साता र महिना दिनको कार्यतालिका बनाइएको हुन्थ्यो । कुन दिन कहाँ काम गर्ने ? अलकत्रा कहाँ बनाउने ? निर्माण सामग्री कहाँ तयार गर्ने ? कुन बेला कति सामान ढुवानी गर्ने ? पहिले नै योजना बनाइएको हुन्थ्यो ।


योजना प्रक्रिया
नेपालमा कसरी गर्ने ? कुन ठाउँमा कति समयमा लगाउनेे  ? एक ठाउँमा अवरोध आयो भने के गर्ने ? भन्ने छैन । जापनीसँग काम गर्दा पहिलो चरणमा अवरोध आएपछि अर्को चरणमा काम सुरु गरेको थियो । त्यसपछि काम गर्नलाई के-के सामान चाहिन्छ  ? कति समान ल्याउने ? जस्ता ज्ञान सिकें । सडकको पिच गर्ने काम तोकिएकै समयसीमामा सकिएको छ । जापानी ठेकेदारले योजनाअनुसार काम गरेकाले तोकिएकै बेलामा सकिएको हो । योजनाको दुरुस्त विवरण राखिएको हुन्थ्यो र चाहिएको बेला सजिलै उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

उपकरण
आयोजना सुरु हुनुभन्दा पहिले कुनकुन उपकरण चाहिन्छ भन्ने  योजना नबनाई काम सुरु गर्ने हाम्रो बानी छ । तर ६ लेन सडकबाट के काम गर्न कुन उपकरण चाहिन्छ ? त्यसमा आवश्यक इन्धन कसरी पुर्‍याउने ? उपकरण मर्मत सम्भार कति समयमा गर्ने ? यस्ता विषयमा नेपालीले ज्ञान लिएका छन् ।

निर्माण सामग्री व्यवस्थान जुन बेला आवश्यक पर्छ त्यही बेला निर्माण सामग्री संकलन गर्ने हाम्रो बानी छ । तर यहाँ काम सुरु हुनुअघि नै गिट्टी, सिमेन्ट, बालुवा ढुंगा, छड, बिटुमिनलाई ल्याउने स्थान, भण्डारण गर्ने योजना बन्थ्यो । बन्द हुने भयो भने पनि काम नरोकिने गरी स्टक व्यवस्थापन हुन्थ्यो ।

कसरी गुणस्तरीय बनाउने ?
सडकलाई गुणुस्तरीय बनाउन ठेकेदारको मुख्य जिम्मेवारी हुन्छ । यस बाटोलाई गुणस्तरीय बनाउन जमिन मुनिको माटो स्तरीय नहुने भएपछि अन्यत्रबाट परीक्षण गरी ल्याइएको छ । सामान निकाल्ने ठाउँ, स्टोर गरेको ठाउँ र आवश्यक सामान मिसाएर प्रयोगमा ल्याउनुअघि परीक्षण भएको छ । पीच गर्न गिट्टी टिकाभैरवबाट ल्याइएको हो । हामीले त्यहाँ पनि परीक्षण गर्‍यौं । आफूलाई चाहिने आकारको गिट्टी मात्रै लियौं । त्यति गर्दा पनि सडकमा गुणस्तरमा कमी आएर बिगि्रयो भने पिच गरेको ठाउँमा भत्काइएको थियो । डिजाइनभन्दा गलत भएको ठाउँमा पुनः मर्मत गरिएको छ । जोखिम व्यवस्थापन गर्नुपर्छ । हाम्रो देशमा बिगि्रयो भने बनाउने/भत्काउने चलन छैन ।

सडकलाई कसरी गुणस्तरीय बनाउने भन्नेबारे टेक्निकल र जेनरल मिटिङ हुन्थ्यो । टेक्निकल बैठकमा नक्सा परिवर्तन, सामानको गुणस्तरमा छलफल गथ्र्यौं । परामर्शदाता र ठेकेदारको दैनिक मिटिङ हुन्थ्यो । सडक स्तरीय बनाउन चालेको माटो पनि राखिएको छ ।  त्यसलाई स्वाइल इन्प्रुभमेन्ट भनिन्छ ।

निर्माणाधीन सडकमा पानी हाल्यो फुल्ने र घाम लाग्दा सुकेर साह्रो हुने माटो हटाएर गुणस्तरीय माटो हालेका छौं । ढुंगेधारा नसुकाउन भनेर माटो नहटाई ढलान गरिएको छ । बस स्टपमा सवारीको भार बढी हुने भएपछि ढलान गरिएको छ । यसले खाल्डाखुल्डी नहोस् भनेर कङक्रिड गरिएको हो ।

कामदार सुरक्षासडकमा खटिने कामदारको बिमा गरिएको थियो । दुर्घटनाबाट बच्ने उपाय सिकाउने गरिएको थियो । सुरक्षाका लागि ठेकेदार, परामर्शदाता र आयोजनाबीच बारम्बार छलफल गर्ने र स्थलगत निरीक्षण गर्ने गरिन्थ्यो । ठेकेदारले कामदारलाई दैनिक काममा जानुअघि सुरक्षाबारे जानकारी गराउने गथ्र्यो ।
६ लेन विस्तारका क्रममा नेपालमै पहिलो पटक अर्थ रिनफेर्स वाल -कङक्रिट प्यानल) प्रयोग भएको छ । धेरै गहिरो ठाउँलाई उचालेर समथर बनाउन यसको प्रयोग गरिन्छ । यसको ग्यारेन्टी ५० वर्ष हुन्छ । पुरानो प्रविधि र प्यानल लगाउने खर्च उस्तै हो । यसका लागि ठाउँ थोरै भए

पुग्छ । यो प्रविधि नेपाली कामदारले उत्पादन गर्ने र जडान गर्न सक्ने मौका पाएका छन् । सर्वसाधारणले रेलिङ नाघेर जेब्रा क्रसिङभन्दा अन्यत्रबाट बाटो काट्न थालेपछि सडकको बीचमा बार लगाइएको छ । जसलाई मिडिन फेन्च भनिन्छ ।